Nepal Times
Nepal Times
3
Shares

तनहुँको व्यासमा मेयरका लागि भएको चुनावको मतगणना पुनः स्थगित

तनहुँको व्यासमा मेयरका लागि भएको चुनावको मतगणना पुनः स्थगित

३२ जेठ, काठमाडौँ ।

तनहुँको व्यास नगरपालिकामा मेयरका लागि भएको चुनावको मतगणना पुनः स्थगित भएको छ । मतगणना पर्सि असार २ गतेका लागि तय भएको थियो ।

मेयर वैकुण्ठ न्यौपानेले मतदान रोक्न दिएको रिटअनुसार मतदान स्थगित गरेको उच्च अदालत पोखराका सह–रजिस्ट्रार विश्व पौडेलले जानकारी दिए ।

मेयरमा पराजित दीपकराज जोशीको रिटमा उच्च अदालतले गएको जेठ १ गते व्यासको मतगणना पुनः गर्ने आदेश गरेको थियो । त्यसविरुद्ध मेयर न्यौपाने सर्वाेच्च अदालत गएका थिए ।

उनको रिट सर्वाेच्चमा हेर्न नभ्याइनेमा परेपछि मेयर न्यौपानेले पुनः मतदान रोक्न माग गर्दै उच्च अदालत पोखरामै निवेदन दिएका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.