NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कुवेतमा ३ दिनमा ९ नेपालीको मृत्यु, कारण मदिरा शुक्रबार साउन ३० , २०८२
सञ्चालनमा आयो पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज शुक्रबार साउन ३० , २०८२
जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु बिहिबार साउन २९ , २०८२
६ वार्तामा पुटिन भारीः अलास्कामा जम्ला ’मिस्टर सिजफायर’को सेटिंग ? बिहिबार साउन २९ , २०८२
नेपाली चलचित्र ‘मोहर’ कस्तो  छ? बिहिबार साउन २९ , २०८२
Next
Prev

समाचार

कोपा अमेरिका भोलिदेखि, कुन टिम कुन समूहमा ?

बिहिबार असार ६ , २०८१
Reading Time: 1 min read
A A
कोपा अमेरिका भोलिदेखि, कुन टिम कुन समूहमा ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

६ असार, विराटनगर ।

टी २० विश्वकप क्रिकेटसँगै युरोकप फुटबल जारी रहदा खेलकुदमा फुटबलको अर्काे कुम्भ मेला कोपा अमेरिका सुुरु हुँदैछ ।

दक्षिण अमेरिकी महादेशको फुटबल प्रतियोगिता कोपा अमेरिका २०२४ को ४८ औं संस्करण भोलि शुक्रबारदेखि अमेरिकामा सुरु हुँदैछ ।

पहिलो पटक १६ टोलीले खेल्न लागेको उक्त प्रतियोगिताको उद्घाटन खेल शुक्रबार विहान ५ः४५ बजे अर्जेन्टिना र क्यानडाबीच एटलान्टामा हुनेछ ।

अर्जेन्टिनाले सन् २०२१ मा ब्राजिलमा भएको पछिल्लो संस्करणको उपाधि जित्दै सर्वाधिक १५ पटक उपाधि जित्ने उरुग्वेको कीर्तिमान बराबरी गरेको थियो ।

अर्जेन्टिना यसपटक पनि उपाधि रक्षा गर्दै कोपा अमेरिकाको सर्वाधिक सफल टोली बन्ने लक्ष्यमा छ ।

दक्षिण अमेरिकी फुटबल संघ (कन्मेबोल) बाट १० सदस्य राष्ट्र तथा उत्तर, मध्य अमेरिका र क्यारेबियन फुटबल संघ (कोनकाकाफ) बाट ६ गरी कूल १६ टोली कोपा अमेरिकामा सहभागी हुँदैछन् ।

यसअघि यो प्रतियोगितामा १२ टोली सहभागी हुँदै आएका थिए ।

सन् २०२४ को कोपा अमेरिका, महिला फुटबल र क्लब प्रतियोगिता आयोजनाका लागि कन्मेबोल र कोनकाकाफबीच सहमति भएपछि यस संस्करणमा कोपा अमेरिकाको टिम संख्या बढाएर १६ पु¥याइएको हो ।

जसमा दक्षिण अमेरिकी १० राष्ट्र स्वत छनोट भएका हुन् भने कोनकाकाफ नेसन्स लिगबाट ६ टोली टुङ्गो लागेको थियो ।

सन् २०२४ को कोपा अमेरिका आयोजना गर्ने पालो इक्वेडरको थियो । तर त्यहाँको सरकारले आयोजना गर्न नसक्ने जनाएपछि दक्षिण अमेरिकी फुटबल संघ (कन्मेबोल)ले अमेरिकामा प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ।

यस संस्करणको कोपा अमेरिका आयोजना सन् २०२६ मा फिफा विश्वकप आयोजनाको तयारीको रुपमा समेत रहनेछ । किनभने २०२६ को विश्वकप पनि अमेरिकासहित क्यानडा र मेक्सिकोमा आयोजना हुनेछ ।

कोपा अमेरिका २०२४ को उद्घाटन खेल अमेरिकाको जर्जिया राज्यस्थित एटलान्टा शहरको मर्सिडिज बेन्ज स्टेडियममा हुनेछ । यस्तै फाइनल खेल जुलाई १४ मा फ्लोरिडास्थित हार्ड रक स्टेडिय, मायामीमा हुनेछ ।

प्रतियोगिता अन्तर्गतका खेलहरु अमेरिकाको १० राज्यको विभिन्न १४ स्टेडियममा खेलाइनेछ । जसमा टेक्ससको तीन, फ्लोरिडा र क्यालिफोर्नियाको २–२ तथा जर्जिया, न्यूजर्सी, नर्थ कारोलिना, अरिजोना, नेभदा, मिसौरी र कान्सास राज्यको एक-एक स्टेडियममा खेल हुनेछ ।

कोपा अमेरिका २०२४ को उपाधि दाबेदारका रुपमा साविक विजेता अर्जेन्टिना र ब्राजिल रहेका छन् । अर्जेन्टिना बराबर १५ पटक उपाधि जितेको उरुग्वेलाई पनि उपाधि दाबेदार मानिएको छ ।

२०२२ मा फिफा विश्वकप जित्ने टोलीका अधिकांश खेलाडी अर्जेन्टिनाको टोलीमा अहिले पनि छन् । कप्तान लियोनेल मेसी, एन्जेल डि मारिया गोलकिपर एमिलियानो मार्टिनेज, मिडफिल्डर रोड्रिगो डे पउल म्याक एलिस्टरजस्ता खेलाडी अर्जेन्टाइन टिममा छन् ।

३६ वर्षीय मेसीले २०२४ को कोपा अमेरिका नै अन्तिम प्रतियोगिता हुने संकेत गरिसकेका छन् । हाल अमेरिकन क्लब इन्टर मायमीबाट खेलिरहेका मेसी अर्को विश्वकपमा ३९ वर्षका हुनेछन् ।

कोपा अमेरिका

समूह ए: अर्जेन्टिना, पेरु, चिली, क्यानडा
समूह बी: मेक्सिको, इक्वेडर, भेनेजुएला, जमैका
समूह सी: अमेरिका, उरुग्वे, पानामा, बोलिभिया
समूह डी: ब्राजिल, कोलम्बिया, पाराग्वे, कोस्टारिका

रहेका छन् । उपाधि दाबेदार मानिएको ब्राजिलले पछिल्लो पटक २०१९ मा कोपा अमेरिका जितेको थियो । ब्राजिलले अहिलेसम्म ९ पटक यो प्रतियोगिताको उपाधि जितेको छ ।

यस्तै अर्जेन्टिनासँगै सर्वाधिक १५ पटक उपाधि जितेको उरुग्वेले २०११ यता कोपा अमेरिका जित्न सकेको छैन ।

पराग्वे, चिली, पेरुले समान २ पटक तथा बोलिभिया र कोलम्बियाले एक एक पटक कोपाको उपाधि उचालेका छन् ।

Tags: #४८ औं संस्करण#अर्जेन्टिना भर्सेस क्यानडा#कोपा अमेरिका २०२४#फुटबलको अर्काे कुम्भ

लोकप्रीय

राष्ट्रिय सभा सदस्य चयनका लागि कुवेतमा मतदान शुरु

कुवेतमा ३ दिनमा ९ नेपालीको मृत्यु, कारण मदिरा

शुक्रबार साउन ३० , २०८२
सञ्चालनमा आयो पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज

सञ्चालनमा आयो पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज

शुक्रबार साउन ३० , २०८२
जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु

जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु

बिहिबार साउन २९ , २०८२

विचार

थप समाचार

राष्ट्रिय सभा सदस्य चयनका लागि कुवेतमा मतदान शुरु
अन्तर्राष्ट्रिय

कुवेतमा ३ दिनमा ९ नेपालीको मृत्यु, कारण मदिरा

शुक्रबार साउन ३० , २०८२
सञ्चालनमा आयो पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज
ताजा समाचार

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन अर्को साता इरान जाने तय
अन्तर्राष्ट्रिय

६ वार्तामा पुटिन भारीः अलास्कामा जम्ला ’मिस्टर सिजफायर’को सेटिंग ?

बिहिबार साउन २९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Gremanyमा नाच्दा पनि जरिवाना, Sudanमा हैजाको प्रकोप || Nepal Times

World News: Gremanyमा नाच्दा पनि जरिवाना, Sudanमा हैजाको प्रकोप || Nepal Times

00:16:26

World News: भेटअघि पुटिनलाई ट्रम्पको ध*म्की, भारतलक्षित पाकिस्तानी ‘आर्मी रकेट फोर्स कमान्ड’

00:21:29

World News: Trump कुख्यात अपराधी, मोदीको हात पुर्पुरोमा पुर्याइदिने सरिफको ध*म्की || Nepal Times

00:17:58

World News:चिनियाँ यु*द्धपोत आफ्नै जहाजसँग ठोक्कियो,वाशिंगटनमा आपत्तकाल || Nepal Times

00:24:20

World News: Chinaमा उथलपुथल, सी निकट नेता प*क्राउ, भारतमाथि आणविक आ*क्र*मणको ध*म्की || Nepal Times

00:24:15

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

बुधबार साउन २८ , २०८२
डा. रामेशको राजीनामा पछाडि आरजुको हात? राजनीतिले खायो अर्को प्रतिभा।

डा. रामेशको राजीनामा पछाडि आरजुको हात? राजनीतिले खायो अर्को प्रतिभा।

बिहिबार साउन २९ , २०८२
सौर्य एयर दुर्घटनाको प्रतिवेदनमाथि उठ्यो प्रश्न

सौर्य एयर दुर्घटनाको प्रतिवेदनमाथि उठ्यो प्रश्न

बिहिबार साउन २९ , २०८२

हालका पोस्टहरू

राष्ट्रिय सभा सदस्य चयनका लागि कुवेतमा मतदान शुरु

कुवेतमा ३ दिनमा ९ नेपालीको मृत्यु, कारण मदिरा

शुक्रबार साउन ३० , २०८२
सञ्चालनमा आयो पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज

सञ्चालनमा आयो पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज

शुक्रबार साउन ३० , २०८२
जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु

जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु

बिहिबार साउन २९ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.