×

NEPAL TIMES UPDATES

Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026

गाजामा खाना र पानीको अभावले बालबालिकाको स्वास्थ्यमा गम्भीर समस्या

१० असार २०८१

९ असार, एजेन्सी ।

इजरायलले आक्रमण गरिरहेको गाजामा खाना र पानीको अभावले बालबालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ ।

Advertisement
Advertisement

४० डिग्री सेल्सियस आसपासको गर्मी, सीमित खानेकुरा र पानीको चरम अभावले बालबालिकामा कुपोषणसहित विभिन्न समस्या देखिएका बीबीसीले जनाएको छ ।

बीबीसीले प्रकाशन गरेको रिपोर्टमा एक जना बालककी आमा गनिमा जुमाले यसअघि आफ्नो छोराको स्वास्थ्य अवस्था निकै राम्रो रहेकोमा खाना र पानीको अभावसँगै अहिले अस्पतालमा भर्ना गर्नुपर्ने अवस्थामा पुगेको बताएका छन् ।

उनका अनुसार बालबालिका पानीकै लागि टाढा–टाढासम्म यात्रा गर्छन् । कतै भेटिए पनि खुला भाँडामा टाढादेखि ल्याउँदा पानी फोहोर हुन्छ ।

इजारयल–गाजा युद्धमा घर ध्वस्त भएका कारण लाखौँ मानिस विस्थापित भएका छन् । उनीहरू अस्थायी शिविरमा बसिरहेका छन् । जहाँ तातो घामबाट उनीहरूलाई खासै सुरक्षा छैन ।

सफा वा प्रदूषित पानी पाउन गाजामा निकै सङ्घर्ष गर्नुपर्छ । वितरण केन्द्रमा लामो लाइन हुने गर्छ । ढल प्रणालीमा नराम्रो क्षति भएपछि र थोरै मात्र शौचालयका कारण त्यहाँको पानी सहजै प्रदूषित हुने गर्छ ।

गाजामा हरेक व्यक्तिको आन्द्रामा सङ्क्रमण देखिन थालेको र त्यो प्रदूषित पानीका कारण रहेको नासेर अस्पतालका बालबालिका विभागका प्रमुख डाक्टर अहमद अल–फारीले बताएको बीबीसीले जनाएको छ ।

Advertisement
Advertisement

]इजरायलले भने बालबालिकाले खाना र पानी नपाएको कुरालाई अस्वीकार गरेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top