दुई महिनामा १४५ जनामा स्क्रब टाइफस

३१ भदौ ७५, सोमबार

चितवन,असोज १
जिल्लामा चालू आर्थिक वर्षको साउन र भदौ महिनामा १४५ जनामा स्क्रब टाइफसको सङ्क्रमण भेटिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार ८०२ जनाको रगत परीक्षण गरिएकामा सो सङ्ख्यामा स्क्रब टाइफसको सङ्क्रमण भेटिएको हो ।

कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार भेटिएका सङ्क्रमितमध्ये चितवनका ५०, नवलपरासीका ३७, गोर्खाका २२ र अन्य जिल्लाका ३६ जना रहेका छन् । चितवनमा शहरी क्षेत्रका सङ्क्रमित बढिरहेको उनले बताए ।

Advertisement

गत आर्थिक वर्षको साउन र भदौमा जिल्लामा १८४ जनामा सो रोगको सङ्क्रमण भएको थियो । गत आवमा दुई हजार २३७ जनाको रगत परीक्षण गरिएकामा ४१० जनामा सङ्क्रमण भेटिएको थियो ।

आँखाले देख्न नसकिने मुसाको कानमा हुने ‘माइट’ नामक जीवाणुको टोकाइबाट यसको सङ्क्रमण हुने गर्दछ । जिल्लामा नौ जनामा डेंगुको सङ्क्रमण भेटिएको छ । पाँच सय ६१ जनाको रगत परीक्षण गरिएकोमा सो सङ्ख्यामा डेंगु भेटिएको हो ।

Advertisement

केसीका अनुसार चितवनका चार, नवलपरासी र गोर्खाका दुई/दुई तथा रुपन्देहीका एक जना सङ्क्रमित भएका छन् । डेंगुको सङ्क्रमण हुनेमा भरतपुर महानगरपालिकाका तीन र माडीका एक रहेको उनले बताए ।

गत आवमा जिल्लामा एक हजार ४५३ को रगत परीक्षण गरिएकामा ५९ जनामा डेंगुको सङ्क्रमण भेटिएको थियो । उनीहरुमध्ये ३३ चितवनका थिए । सो वर्ष भदौ मसान्तसम्ममा आठ जनामा डेंगु भेटिएको थियो । डेंगु रोज सङ्क्रमित ‘एडिस’ नामक लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ ।
रासस

Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top