१० असार , काठमाण्डौ ।
नेपाल राष्ट्रिय परीक्षा बोर्डले यही असार १४ भित्र माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशन गर्ने तयारी गरेको छ । यसका लागि परीक्षा बोर्डले परीक्षा परिणामहरू विभिन्न माध्यमहरूबाट सजिलै हेर्न सकिने व्यवस्था मिलाएको छ । वेबसाइट, एसएमएस र आइभीआर मार्फत नतिजा तत्कालै हेर्न सकिने परीक्षा बोर्डले जनाएको छ ।
यसका लागि नेपाल टेलिकमको १६०० मा आफ्नो सिम्बोल नम्बर पठाएर तथा १६०० डायल गरेर नतिजा थाहा पाउन सकिनेछ । स्विफ्ट टेक्नोलोजी प्रा. लि.मा ३४४५५ मा आफ्नो नम्बर पठाएर नतिजा थाहा पाउन सकिन्छ । जानकी टेक्नोलोजी प्रा. लि.को ३५००१ मा आफ्नो नम्बर पठाएर नतिजा थाहा पाउन सकिन्छ ।
यसैगरी इजी सर्भिस प्रा. लि.को ३४९४९ तथा आकाश टेक प्रा. लि.को ३१००३ मा नम्बर पठाएर पनि नतिजा थाहा पाउन सकिन् छ । एसईईको नतिजा विभिन्न वेबसाइटहरू मार्फत पनि हेर्न सकिनेछ ।
यसका लागि :
परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमी,वेबसाइटः www.ee.gov.np
राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी ,वेबसाइटः www.neb.gov.np
नेपाल टेलिकम, वेबसाइटः www.see.ntc.net.np
स्विफ्ट टेक्नोलोजी प्रालि,वेबसाइटः httpsM //blog.imepay.com.np/see–result
एडुसञ्जल,वेबसाइटःwww.see.edusanjal.com
कान्तिपुर पब्लिकेशन्स लि.,वेबसाइटः www.ekantipur.com
खल्ती प्रा ,वेबसाइटः https M //khalti.com.app
ईसेवा लिमिटेड,वेबसाइटःsee.esewa.com.np
फोनिक्स शिक्षा फाउन्डेशन,वेबसाइटः see.esewa.com.np
एनसेल एशियाटा लिमिटेड,वेबसाइटःhttps M //bit.ly/GetNcellApp
को वेभसाइटबाट समेत नतिजा हेर्न सकिनेछ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई २०८०) को नतिजा यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार सार्वजनिक गर्नेछ । जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रुपमा गर्ने व्यवस्था छ । विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्छ ।
७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अंक ल्याउनुपर्छ । त्यसमा आन्तरिकतर्फ २५ पूर्णांकको परीक्षामा भने ४० प्रतिशत अर्थात् १० अंक ल्याउनुपर्छ । लेटर ग्रेडिङ निर्देशिका अनुसार सैद्धान्तिक र आन्तरिकतर्फ प्राप्त अंकलाई ग्रेडमा रुपान्तरण गरिनेछ । तर विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ पूर्णांकको परीक्षा हुने विषयमा ३५ प्रतिशत अर्थात् २६.२५ अंक पाएको छैन भने प्रमाणपत्रमा एनजी (नन ग्रेडेड) उल्लेख हुनेछ ।
र, ग्रेड वृद्धि परीक्षा नदिई कक्षा ११ मा पढ्न पाउने छैनन् । साथै कुनै एक विषयमा आन्तरिकतर्फ १० र सैद्धान्तिकतर्फ न्यूनतम २६.२५ अंक ल्याएको छैन भने मूल प्रमाणपत्र नै नपाउने निर्देशिकामा व्यवस्था छ । यद्यपि दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन् । दुईभन्दा बढी विषयमा न्यूनतम ३५ प्रतिशत अंक नपाएका र ग्रेड वृद्धि परीक्षा दिंदा पनि ३५ प्रतिशत अंक ल्याउन नसकेका परीक्षार्थीले अर्को वर्ष एनजी लागेको विषयमा मात्र परीक्षा दिन पाउनेछन् ।
यसअघि पुरानो ग्रेडिङ प्रणालीमा चाहिं सैद्धान्तिक र प्रयोगात्मक परीक्षामा पाएको अंकलाई जोडिन्थ्यो र ईसम्म ग्रेड निर्धारण गरेर विद्यार्थीलाई प्रमाणपत्र दिइन्थ्यो । सैद्धान्तिक विषयतर्फ सी (३२ अंक) वा त्यसभन्दा तल्लो ग्रेड प्राप्त गरेका परीक्षार्थीले चाहेमा ग्रेड वृद्धिको परीक्षा दिन पाउँछन् । तर उनीहरुले ल्याउने अंकको आधारमा के विषय पढ्न पाउने र के नपाउने भन्ने सरकारले तोकिदिएको थियो ।
ग्रेडिङ (अक्षरांकन) प्रणालीले सिकाइको गुणस्तर खस्किएको आवाज उठेपछि सरकारले विद्यालय शिक्षामा अक्षराङ्कन पद्धतिसम्बन्धी अध्ययन गर्न कार्यदल गठन गरेको थियो । कार्यदलको सुझावका आधारमा विद्यालय तहमा उत्तीर्ण हुन सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्ने व्यवस्था गरिएको छ ।नयाँ निर्देशिका लागू भएसँगै यो वर्ष एसईईमा अनुत्तीर्ण हुने विद्यार्थीको संख्या बढ्ने अनुमान गरिएको छ ।