×

NEPAL TIMES UPDATES

Playing
जेठदेखि असारसम्म विश्वयु द्ध हुन् सक्ने सनसनीपूर्ण भविष्यवाणी || Nepal Times
Apr 13, 2026
Playing
World News: Iranमा अमेरिकी जासुसहरु प*क्राउ, होर्मुजमा नाकाबन्दी, इरान नझुक्ने अडानमै || Nepal Times
Apr 13, 2026
Playing
नयाँ वर्ष सन्देशमा Former king Gyanendra Shah: युवा राजनीतिमा आउनु देशका लागि फाइदाजनक
Apr 13, 2026
Playing
बालेनका करोडपति मन्त्री,राष्ट्र बैंकका हाकिमका छोरा, ५ ठाउँमा जग्गा,२५ तोला सुन || Nepal Times
Apr 13, 2026
Playing
इरान यु द्ध ले विश्वभर हाहाकार, तेलको मूल्य बृद्धि, पुनः शान्ति वार्ताको आह्वान || Nepal Times
Apr 13, 2026
Playing
Top 15 Afternoon News || April-13-2026 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसले गगनका ससुराका कारण दलको नेता छान्न सकेन ? || Nepal Times
Apr 13, 2026
Playing
विश्वका कुन जलमार्गहरूमा लाग्छ टोल ट्याक्स ? होर्मुजदेखि पानामासम्म || Nepal Times
Apr 13, 2026
Playing
Netanyahuवि रुद्ध टर्कीको अदालतमा मु द्दा, ४६०० वर्षको जे ल स जाय माग || Nepal Times
Apr 13, 2026
Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026

बालेनलाई सुनिताको सुझाव, पदको मर्यादा राख्नु, उपमा दिँदै नहिड्नु

११ असार २०८१

१० असार , काठमाण्डौ।

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पहिलो पटक मेयर बालेन शाह सार्वजनिक रुपमा संयमित र मर्यादित भएर आफ्ना अभिव्यक्ति दिन आग्रह गरेकी छन् ।

Advertisement
Advertisement

महानगरपालिकाको आगमाी आर्थिक वर्षको बजेट सार्वजनिक कार्यक्रम अघिको छलफल कार्यक्रममा महानगरपालिकाको नगर सभालाई सम्बोधन गर्ने क्रममा वडाध्यक्ष र सदस्यहरुले मेयरको तीव्र आलोचना गरेपछि उपमेयरले दुवै पक्षलाई संयमित हुन आग्रह गरेकी हुन् ।

उनले मेयरलाई सम्बोधन गर्दै पदको गरिमा कायम राख्न र फरक मतको सम्मान गर्न सुझाव दिएकी छन् । मेयर बालेन र आफू दुवैजना राजनीतिमा नयाँ युवा पुस्तालाई मानक बनाउन आएको भन्दै आफूहरुलाई संसारले हेरेको बताइन् ।

उनले मेयरलाई विशेष अनुरोध गर्दै आफूले बोल्ने कुरा संसारको युवालाई प्रभावित पार्ने हुनुपर्ने बताइन् । उनले अभिव्यक्तिलाई मर्यादित र संस्थागत छवि बिगार्न भन्दा पनि पदको मर्यादामा रहेर बोल्न आग्रह गरिन् । उनले भनेकी छन् ,फरक मत सबैतिर हुन्छ । फरक मतलाई पनि हामीले सम्मान गर्नुपर्छ । राजनीतिमा युवा आउनुपर्ने उदाहरण दिइरहेका छौं । यो उदाहरण दिने सँगसँगै हाम्रो काँधमा जिम्मेवारी पनि रहेको कुरा सम्झनुपर्छ । प्रमुख ज्युलाई पनि म विशेष अनुरोध गर्न चाहन्छु । तपाई म जस्ता राजनीतिमा आउने व्यक्तिहरूले व्यक्तिभन्दा माथि उठेर पनि सोच्नुपर्छ । हामीले काम गरिरहँदा संस्थागत छविलाई कदापि बिगार्नु हुँदैन । पदमा बसिसकेपछि पदको मयार्दलाई अभिव्यक्ति राख्नुपर्छ । त्यो उदाहरण कसैले होइन तपाइ म र हामी सबैले बनाउनुपर्छ । हामीले आफैले नै उदाहरण बनाउन नसक्ने हो, मनमा जे जे आयो बोल्ने हो भने कपो कल्पित कुरालाई आफ्नो अभिव्यक्तिका रूपमा ल्याउने हो भने त्यसले समाजमा अराजकता निम्त्याउँछ । त्यसैले हामीले पदको मर्म बुझेर अभिव्यक्ति दिनुपर्छ । सिंहदरबार जलाउनु ठिक हैन भने, काठमाडौंको दरबार जलाउनु भनेर बोलिनु पनि ठिक होइन । यस्ता अभिव्यक्तिहरू कदापि राख्नु हुँदैन ।

उनले फरक मत र विचार राख्नेलाई उपमा दिँदै नहिड्न समेत सुझाव दिएकी छन् । यसअघि काठमाडौं महानगरपालिकाको नगरसभामा तीन दलका जनप्रतिनिधिले मेयर बालेन शाहप्रति असन्तुष्टि जनाएका छन् ।

राष्ट्रिय सभागृहमा भइरहेको नगर सभामा नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत समाजवादीका जनप्रतिनिधिले मेयरको फेसबुक स्टाटसप्रति असन्तुष्टि जनाएका हुन् ।

नगरको नीति तथा कार्यक्रममाथि छलफल गर्न बोलाएको अघिल्लो बैठकमा तीन दलका नेताहरुले संयुक्त रुपमा संशोधन हाल्न खोजेका थिए । त्यसका लागि एक घन्टा समय माग्दा अस्वीकार गरेका मेयर बालेनले बैठक स्थगित गरे ।

लगतै उनले ती नेताले १६० जनप्रतिनिधिको बोल्ने अधिकार हनन् भएको भन्दै फेसबुकमा लेखेका थिए, ‘काठमाडौं महानगरको कुनै पनि नीति योजनाबारे छलफल बन्द कोठामा हुँदैन, जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुछ ।’

मेयर बालेनको त्यही स्टाटसमा तीन दलका जनप्रतिनिधिले असन्तुष्टि जनाएका हुन् । नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष नविन मानन्धर, एमालेबाट निर्वाचित वडाध्यक्ष नवराज पराजुली र एकीकृत समाजवादीबाट निर्वाचित वडाध्यक्ष ईश्वरमान डंगोलले दुई वर्षसम्म मिलेर काम गर्दा पनि आरोपित गरेको गुनासो गरे ।

Advertisement

उनीहरुले आफूहरुले साझा रुपमा संशोधन प्रस्ताव तयार पारेको भन्दै पेश गरेका छन् ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top