Nepal Times
Nepal Times
3
Shares

अमेरिकामा सुपुर्दगी हुनबाट कसरी बचे जुलिअन असान्ज ?

अमेरिकामा सुपुर्दगी हुनबाट कसरी बचे जुलिअन असान्ज ?

११ असार , एजेन्सी ।

पाँच वर्षदेखि बेलायती जेलमा रहेका विकिलिक्सका संस्थापक जुलिअन असान्ज रिहा भएका छन् । एक वर्ष लामो कानुनी लडाइँपछि असान्ज सोमबार बेलायती जेलबाट छुटेका हुन् । अमेरिकी प्रशासनसँगको सम्झौतापछि उनी लन्डन उच्च अदालतबाट धरौटीमा रिहा भएका हुन् ।

५२ वर्षीय असान्जले राष्ट्रिय सुरक्षासँग सम्बन्धित कागजात चोरेको र सार्वजनिक गरेको अभियोग लागेको थियो । अमेरिकी प्रशासनले विकिलिक्सले सार्वजनिक गरेका इराक र अफगानिस्तानसँग सम्बन्धित फाइलका कारण धेरैको ज्यान खतरामा परेको आरोप लगाएको थियो । अदालतको पत्रअनुसार जुलिअन अस्ट्रेलिया फर्किनेछन् ।

‘जुलिअन असान्ज स्वतन्त्र छन’, विकिलिक्सले सोसल मिडिया प्लेटफर्म एक्समा भनेको छ, ‘१९०१ दिनको कारावास पछि उनी जुन २४ (सोमबार) बिहान बेलमार्स जेलबाट बाहिर निस्कएका छन् । उनले लन्डन उच्च अदालतबाट जमानत पाए।’ विश्वव्यापी अभियान र राष्ट्रसंघमा आवाज उठाउने नेताहरूको प्रयासका कारण जुलिअन असान्ज रिहा हुन सफल भएको विकिलिक्सले उल्लेख गरेको छ ।

असान्जले कानुनी प्रक्रिया पूरा गरी बेलायत छाडेका हुन् । उनी निजी विमानमार्फत त्यहाँबाट उडेका थिए । उनी कता जाँदैछन् भन्ने केही खुलाइएको थिएन । उनको विमान कता जान्छ भनेर संसारभरिबाट ‘ट्रयाकिङ’ भइरहेको थियो । यसैबीच असान्ज चढेको विमान रिफ्युलका लागि बैंककस्थित डोन मुइन्ग विमानस्थलमा रोकिने थाइ अधिकारीहरूलाई उद्धृत गर्दै एएफपीले मंगलबार जनायो ।

त्यसक्रममा यसमा रिफ्युल गर्ने र पानी पनि रिसप्लाइ गरेर राति ९ बजे साइपान आइल्यान्डतर्फ लाग्ने” बताइएको छ । उनी बुधबार बिहान नोर्थन मेरियाना आइल्यान्डको साउथ प्यासिफिकमा भएको अमेरिकी भूभागस्थित अदालतमा हाजिर हुने कार्यक्रम छ । असान्ज पाँच वर्षयता बेलायतको जेलमा थिए । जेलबाटै उनले अमेरिकामा सुपुर्दगी नहुन मुद्दा लडिरहेका थिए ।

अब असान्ज अमेरिकामा हिरासतमा बस्नुपर्ने छैन । उनी अब अस्ट्रेलिया जान पाउनेछन् । यद्यपी अमेरिकी प्रशासनसँगको सहमतिअनुसार अब असान्जले एक अमेरिकी अदालतमा गएर आफूले गरेका कामको गल्ती महसुस गर्नुपर्नेछ । तर उनले अमेरिकामा जेलजीवन भने बिताउनुपर्ने छैन । उनको जेलजीवनको गणना ‘क्रेडिट’का रूपमा लन्डनमा पाँच वर्ष बिताएको कैदलाई नै मानिनेछ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.