×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

विराटनगरमा खुल्यो एक्स्क्लुसिभ होटल म्यानेजमेन्ट कलेज

१२ असार २०८१

११ असार , विराटनगर ।

होटल म्यानेजमेन्ट कलेज भनेको विशुद्ध खाना पकाउन सिकाउने मात्र हैन । यो प्राविधिक विषय हो । पर्यटकलाई आतिथ्य सत्कार गर्ने, खुवाउने, बसोबासको बन्दोबस्त मिलाउन सिकाइने शिक्षा हो । पर्यटकलाई मुस्कानसहित सत्कार गरेर रमाइलो वातावरणमा बिदाई गर्नेसम्म सिकाउने शिक्षा होटल म्यानेजमेन्ट हो ।

Advertisement
Advertisement

यही लक्ष्य बोकेर कोशी प्रदेशको राजधानी विराटनगरको मुटु तीनपैनीमा बीएसएन स्कुल अफ होटल म्यानेजमेन्टको स्थापना भएको छ । यसै शैक्षिक सत्रदेखि विद्यार्थीहरुलाई प्लस टु मै दक्ष बनाउने गरी स्कुलले पठनपाठन सुरु गर्ने तयारी गरेको छ। कलेजका कार्यक्रम निर्देशक मनोज राजबंशी भन्छन्, नपढेकाले पनि होटल चलाउन सक्छन् ।तर जसले पढेर होटल क्षेत्रमा काम गर्छ उसले दिने सेवामा धेरै फरक हुन्छ ।

विद्यार्थीमा त्यही निपूणता ल्याउनका लागि विराटनगरमा होटल म्यानेजमेन्ट मात्रै अध्ययन हुने एक्स्क्लुसिभ बीएसएन होटल म्यानेजमेन्टको स्थापना गरिएको उनले बताएका छन्।प्रोग्राम डाइरेक्टर, बीएसएन स्कुल अफ होटल म्यानेजमेन्ट, विराटनगरका मनोज  राजवंशीले विपन्न र जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृत्तिसहितको सुविधा सहित सहज यातायात र विराटनगर बाहिरका विद्यार्थीहरुका लागि सुविधा सम्पन्न र सुरक्षित छात्रबासको समेत व्यवस्था रहेको बताएका छन् ।

गुणस्तरीय खाना बनाउने क्षमता पनि पढेकासँग हुन्छ । त्यसैले होटल र हस्पिटालिटी क्षेत्रमा काम गर्न चाहिने दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षा होटल म्यानेजमेन्ट हो । यसलाई आतिथ्य सत्कार शिक्षा पनि भनिन्छ । यही शिक्षा प्रदान गर्न बिएसएनमा ११ वर्षभन्दा बढी समयदेखि यसै क्षेत्रमा अनुभव हासिल गरेका प्राध्यापकहरु रहेका छन् ।

विराटनगरमा होटल म्यानेजमेन्टका शिक्षण संस्था नभएका होइनन् । तर अन्य शिक्षण संस्था भन्दा बीएसएनमा धेरै फरक रहेको बताउँछन् एचओडी÷ होटल म्यानेजमेन्ट, बीएसएन स्कुल अफ होटल म्यानेजमेन्टका फुड प्रोडक्सन प्रमुख अजय चौधरी। नेपाल पर्यटनको हब हो । सरकारले समेत आगामी वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्दो छ ।

बर्सेनि लाखौं विदेशी पर्यटक घुम्न, अध्ययन अनुसन्धानको लागि आउँछन् । पर्यटक बस्ने भनेको होटल, लज, रिसोर्टमा हो । पर्यटकले राम्रोे खाना, बस्न र मनोरञ्जन खोजेका हुन्छ । पर्यटक आउँदा र बिदाइमा गरिने सत्कार महत्वपूर्ण हुन्छ । यसले विश्वसामू नेपाललाई चिनाउने काम गर्छ । यी सबै विषयको व्यवस्थापन नै होटल म्यानेजमेन्ट पढेकाले गर्ने हो ।

Advertisement

होटल म्यानेजमेन्टले विदेशमा मात्रै होइन स्वदेशमा पनि स्वरोजगार बनाउँछ भने हासिल गरेको सिपले रोजगारको सुनिश्चित गर्दछ । यसैले त होटल म्यानेजमेन्ट पढाईपनि हुने अनि कमाईपनि हुने शिक्षा हो ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top