×

NEPAL TIMES UPDATES

Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026
Playing
चीनले कसरी इरानलाई बलियो बनायो ? ट्रम्पले दिए चेतावनी || Nepal Times
Apr 16, 2026

क्रिमिया आक्रमणपछि अमेरिकालाई क्रेमलिनको चेतावनी

१२ असार २०८१

११ असार , विराटनगर ।

युक्रेनले रुसद्वारा नियन्त्रित क्रिमियामा अमेरिकी मिसाइल खसाएको छ । जसमा परि ४ जनाको मृत्यु भएको छ । यो घटनापछि क्रेमलिनले सोमबार संयुक्त राज्य अमेरिकालाई ‘परिणाम’ भोग्नुपर्ने चेतावनी दिँदै अमेरिकी राजदूतलाई बोलाएको छ । मस्कोले रुसी लक्ष्यहरूमा प्रहार गरिएको हतियारको आपूर्तिका लागि वासिङ्टन र किभका पश्चिमी समर्थकहरूको आलोचना गरेको छ र उनीहरूलाई दुई वर्षको द्वन्द्वमा प्रत्यक्ष सहभागी भएको बताएको छ ।

Advertisement
Advertisement

क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले सेवस्तोपोलमा आइतबारको आक्रमणलाई ‘बर्बर’ भन्दै वासिङ्टनमाथि ‘रुसी बालबालिकाको हत्या गरेको’ आरोप लगाए । सेवस्तोपोलका गभर्नर मिखाइल रजभो झायेभले टेलिग्राममा मर्नेहरूमा दुई नाबालिग रहेको बताएका छन् ।
पेसकोभले यसै महिनाको प्रारम्भमा पश्चिमी लक्ष्यहरूमा सम्भावित आक्रमणका लागि पश्चिमी मुलुकहरूलाई हतियार दिनेबारे राष्ट्रपति भ्लादिमिर पुटिनको टिप्पणीहरूतर्फ सङ्केत गरे । “संयुक्त राज्य अमेरिकाको सहभागिता, प्रत्यक्ष संलग्नताले रुसी नागरिक मारिएका छन्, परिणामबिना हुन सक्तैन”, उनले भने, “के हुन्छ भन्ने समयले बताउने छ ।”

“युरोपमा र त्यसभन्दा माथि वासिङ्टनमा मेरा सहयोगीहरूसँग सोध्नुहोस्, त्यहाँका प्रेस सचिवहरूसँग सोध्नुहोस् कि तिनीहरूको सरकारले किन रुसी बालबालिका मारिरहेका छन”, उनले भने । रुसी विदेश मन्त्रालयले अमेरिकी राजदूत लिन ट्रेसीलाई बोलाएको बताएको छ । पछि मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै वासिङ्टनले ‘यो अत्याचारका लागि किभ शासनसँगै समान जिम्मेबारी लिन्छ’ र आक्रमण ‘दण्डविहीन हुने छैन’ भनेको छ ।

रुसले आइतबार भएको आक्रमण अमेरिकाले आपूर्ति गरेको एटि.एसि.एम.एस मिसाइल क्लस्टर वारहेडले भरिएको बताएको छ । मस्कोद्वारा स्थापित स्थानीय अधिकारीहरूले मिसाइलले बलौटे सामुद्रिक तट र होटलहरू भएको बन्दरगाह सहरको एक क्षेत्रमा प्रहार गरेको बताएका छन् । आक्रमणमा घाइते भएका २७ बालबालिकासहित ८२ जनालाई अस्पतालमा भर्ती गरिएको छ ।

तास समाचार एजेन्सीले सोमबार स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोलाई उद्धृत गर्दै घाइतेमध्ये १४ जनाको अवस्था गम्भीर रहेको बताएको छ । यसै महिना एएफपीलगायत अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूको एक बैठकमा पुटिनले पश्चिमद्वारा युक्रेनलाई लामो दूरीको हतियार प्रदान गरेकामा आलोचना गरेका थिए ।

“हामीलाई विश्वका ती (पश्चिमी) मुलुकहरूको संवेदनशील संरचनाहरूमा हमला हुने क्षेत्रहरूमा एउटै वर्गको हतियारहरूको आपूर्ति गर्ने अधिकार हामीसँग किन छैन ?”, पुटिनले भने, “अर्थात प्रतिक्रिया समरूप नहुनसक्छ, यसका बारेमा हामी सोच्नेछौँ ।”पेसकोभले युक्रेनी आक्रमणका लागि लक्षित डाटा पश्चिमी मुलुकहरूले प्रदान गराएको पुटिनको भनाइ उद्धृत गरे ।

रुसले सन् २०१४ मा क्रिमियामाथि एकपक्षीय कब्जा गरेको थियो । यता युक्रेनी राष्ट्रपति कार्यालयका प्रमुख एन्ड्री यरमकले सोमबार भने, “क्रिमिया युक्रेन हो ।” उनले सामाजिक सञ्जालमा भने, “रुसले क्रिमिया प्रायद्वीप छाड्नुपर्छ, त्यहाँ उनीहरूको सेना र सैन्य वस्तुहरूको अस्तित्व समाप्त हुनुपर्छ ।” युक्रेनी राष्ट्रपतिका वरिष्ठ सहयोगी मिखाइलो पोडोल्याकले पनि क्रिमियालाई वैध लक्ष्य भएको बताए ।

“सयौँ प्रत्यक्ष लक्ष्यहरूसहित क्रिमिया पनि ठूलो सैन्य शिविर र गोदाम हो, जसलाई रुसले आफ्नै नागरिकहरूसँग लुकाउने प्रयास गरिरहेको छ ।”आइतबार क्रिमियामा भएको हमलाका पछाडी अमेरिकामात्रै होइन बेलायतको पनि हात रहेको रुसले दाबी गरेको छ । आफ्नो वक्तव्यमा रुसले भनेको छ, यी भयानक अपराधका लागि अमेरिका–ब्रिटेनको संलग्नतामा कुनै शंका छैन । यी अपराधहरुको जवाफ निश्चित रूपले दिइने छ ।

यता दक्षिणी रूसको दागेस्तान गणतन्त्रमा पनि श्रृङ्खलाबद्ध आक्रमण भएको थियो । जसमा परि कम्तीमा १५ जना प्रहरी अधिकारीको मृत्यु भएको छ । दुई अर्थोडक्स चर्च, धार्मिक सभाघर र तटीय शहर डर्बेन्ट र दागेस्तानको राजधानी मखचकलाको ट्राफिक प्रहरी चौकीमा भएको सशस्त्र झडपमा मानवीय क्षति भएको हो । सो सशस्त्र आक्रमणमा संलग्न छ जना सशस्त्र व्यक्ति मारिएको रुसी अधिकारीद्वारा सामाजिक सञ्जालमार्फत जारी एक विज्ञप्तिमा उल्लेख छ ।

उत्तरी ककेशियन क्षेत्रमा अवस्थित दागेस्तान देशको सबैभन्दा भाषिक र जातीय विविधताभएको क्षेत्रमध्ये एक हो । आक्रमणपछि रूसको यहुदी समुदाय महासङ्घका अध्यक्ष अलेक्ज्यान्डर बोरोडाले दागेस्तानमा भएको आक्रमणपछि आउनसक्ने सम्भावित परिस्थितिलाई मध्यनजर गर्दै कुनै पनि उक्साहटमा नलाग्न स्थानीयलाई आग्रह गरेका छन् ।

स्थानीय अधिकारीका अनुसार मखचकला र डरबेन्टमा हुने सबै मनोरञ्जन कार्यक्रमहरू अर्को सूचना नहुँदासम्मका लागि रद्द गरिएको छ । सरकारी तथ्याङ्कअनुसार मार्च २२ मा मस्कोको क्रोकस सिटी हल कन्सर्ट स्थलमा भएको आतङ्कवादी आक्रमण र आगजनीमा कम्तीमा १४४ जनाको मृत्यु हुनुका साथै ५५१ जना घाइते भएका थिए । रुसमा भइरहेका यस्ता आक्रमण र तिनमा अमेरिकी हतियारकै प्रयोग भएको पाइएपछि अब रुसले कस्तो कदम चाल्ला ?

रुसले चेतवानी दिएजस्तै अमेरिका र बेलायतमाथि अब उसको जवाफ कस्तो रुपमा आउला ? आफ्ना टिप्पणी अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Advertisement

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top