×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

२५ जना सवार बस तामाकोशीमा खस्यो, कर्णाली राजमार्गमा पहिरो

१५ असार २०८१

१४ असार ,काठमाडौं।

रामेछापबाट काठमाडौँतर्फ आउँदै गरेको बस आज बिहान रामेछापको लिखु तामाकोसीमा दुर्घटनामा परेको छ। लिखु तामाकोसी गाउँपालिका– ६ खिम्ति केउरिनीस्थित बिर्ताडाँडा भन्ने ठाउँमा बा ५ ख ५६२५ नम्बरको बस दुर्घटना हुँदा १० जनाजति घाइते भएका जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कौशल न्यौपानेले बताएका छन् ।

Advertisement
Advertisement

बसमा २५ जना सवार थिए। दुर्घटनामा बसका चालक हिराधर खत्री, यात्रु सविना श्रेष्ठ, मानबहादुर श्रेष्ठ, टेकनारायण श्रेष्ठ, शंखकुमारी तामाङ, सुजाता श्रेष्ठ र झलक श्रेष्ठ घाइते भएका छन्। घाइते सबै स्थानीय हुन्। लिखु तामाकोसी– ६ का वडाध्यक्ष शिवप्रसाद न्यौपानेले घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको बताएका छन् ।

गम्भीर घाइतेलाई एम्बुलेन्स र टाटासुमोमा राखेर सदरमुकाम मन्थलीतिर लगिएको उनले बताएका छन् । सडकबाट झण्डै ३० मिटर खसेपछि बसलाई ठूलो चिलाउने रुखले रोकेको थियो । यता काठमाडौँ नागार्जुनमा बाढीले कार बगाउँदा चालकको मृत्यु भएको छ। नागार्जुन–६ रामकोटस्थित छमछमे खोलाको कल्भर्टले आज बिहान कार बगाएको हो।

कल्भर्टमा आएको बाढीले शुक्रबार राति साढे २ बजे बा.प्र. ०२७ च ०४९१ नम्बरको निशान कार बगाएर सडकबाट तल झार्दा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा कारका चालक नागार्जुन नगरपालिका ६ खरिबोटका पूर्ण दर्नालको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीले बताएका छन् ।

नागार्जुन नगरपालिका– ६ सीतापाइला सिभिल होमस्थित छमछमे खोलाको कल्भर्टले कार बगाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका दर्नाललाई उपचारका लागि प्रहरीले मनमोहन मेमोरियल अस्पताल पुर्याएको थियो। उपचारकै क्रममा आज बिहान पौने ६ बजे उनको मृत्यु भएको एसपी अधिकारीले बताएका छन् ।

बाढीले बगाएर कल्भर्टको खाडलमा झारेको कारलाई ¥याकर, क्रेन, प्रहरी र स्थानीयको सडकमा निकालेका छन्। पानी पार्ने प्रणाली मनसुन नेपाल भित्रिएयता काठमाडौँ उपत्यकामा पहिलोपटक भारी वर्षा भएको छ। मौसमविद्का अनुसार २४ घण्टाभित्र ५० मिलिमिटरभन्दा माथि वर्षा हुनुलाई ‘भारी वर्षा’ भनिन्छ।महाशाखाले शुक्रबार बिहान ७ बजेसम्म नक्सामार्फत दिएको तथ्यांकअनुसार गत २४ घण्टामा काठमाडौँको कपनमा ९८.४ र बूढानीलकण्ठमा ९२.६ मिलिमिटर वर्षा भएको छ।

उता कर्णाली करिडोरका विभिन्न ठाउँमा पहिरो खस्दा सडकमा अवरुद्ध भएको छ। करिडोरको दैलेख खण्डअन्तर्गत पाँच ठाउँमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। दैलेख प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुनिल न्यौपानेले पालेतडा–पादुका खोला बीचको खण्डका पाँच ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको बताए।

अवरुद्ध सडक खोल्न नेपाल प्रहरी र सशस्त्र प्रहरी को टोली परिचालन गरिएको छ। यसैगरी, मध्यपहाडी राजमार्गको रुकुमखण्ड पनि पहिरोले अवरुद्ध भएको छ। रुकुमपश्चिमको मुसिकोट नगरपालिका–८ किटनीमा बिहीबार साँझ खसेको पहिरोले सडकमा गाडी चल्न सकेका छैनन्।

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top