×

NEPAL TIMES UPDATES

Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026
Playing
बालेन सरकारमा को छ सबैभन्दा धनी ?यस्तो छ सम्पत्ति विवरण|| Nepal Times
Apr 13, 2026
Playing
पाकिस्तानले नै इरानविरुद्ध युद्ध लड्नु पर्न सक्ने, कसरी फस्यो पाकिस्तान? || Nepal Times
Apr 12, 2026
Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति कति छ ?अर्थमन्त्रीसँग धनको पोको|| Nepal Times
Apr 12, 2026
Playing
अम्पायरमाथि प्रश्न उठाउँदा करणलाई कारबाही || Nepal Times
Apr 12, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-29-2082 || Nepal Times
Apr 12, 2026
Playing
राप्रपा किचलो ः उपसभामुखको निहुँमा लिङदेन हटाउने तयारी || Nepal Times
Apr 12, 2026
Playing
झनै बलियो भएर फर्कियो इरान, सम्झौतामा पुग्न नसक्ने ५ कारण || Nepal Times
Apr 12, 2026
Playing
कहाँ चुक्यो बालेन सरकार? हाई–प्रोफाइल पक्राउदेखि ब्रिजकोर्स ब्यानसम्म || Nepal Times
Apr 12, 2026

आज धेरै ठाउँमा वर्षा र बाढीः सावधान रहनु

१६ असार २०८१

१५ असार,काठमाण्डौ।
यस वर्षको मनसुनी वर्षाले निम्त्याएको बाढीपहिरोले अहिलेसम्म दर्जनबढी मानिसको मृत्यु भइसकेको छ भने, सयौं विस्थापित भएका छन् । कयौं घर तथा बस्तीहरु पहिरोमा पुरिएका, बाढीले बगाएका तथा डुबानमा समेत परेका छन् । यसबीच पछिल्लो पटक गुल्मी, बागलुङ र स्याङजामा गरि पहिरोमा परेर नौ जनाको ज्यान गएको छ । गुल्मीमा पाँच, बागलुङ र स्याङजामा दुई÷दुई जनाको ज्यान गएको हो ।

गुल्मीमा एकै परिवारका पाँच जना पहिरोमा पुरिएकोमा सबैको शव भेटिएको छ । मालिका गाउँपालिका वडा नम्बर–६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर पहिरोले पुर्दा ५६ का भेषबहादुरसहित उनकी श्रीमती ४७ वर्षीया सुन्तली बिक, बुहारी ३० वर्षीया सिता बिक, नातीनीहरु सात वर्षिया सपना विक र दुई वर्षीया विपना बिकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक राजन भुजेलले जानकारी दिए ।

Advertisement
Advertisement

यस्तै बागलुङमा पहिरोले घर पुरिँदा दुई जनाको ज्यान गएको छ । गलकोट नगरपालिका–८ काँडेबाँस बिसौनीका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती विकको ज्यान गएको हो । पहिरोले घर पुरिँदा प्रेमकी बुहारी कुमारी र नाति शिशिर घाइते भएका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए । घाइतेलाई उद्वार गरी अस्पताल पठाइएको छ ।

यस्तै स्याङ्जामा पहिरोमा परेर आमाछोरीको ज्यान गएको छ । फेदीखोला गाउँपालिका–५ बाँगेमा गएराती पहिरोले घर पुर्दा सुतिरहेका ३१ बर्षीय दुर्गा जि.टी. र उनकी तीन बर्षकी छोरी निकिसा जि.टी.को ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिए । जिटीको ढुङगा माटो र टिनले छाएको एक तले घर र गोठ पुरेको हो ।

घरमाथिबाट आएको पहिरोले घर तथा गोठ पूर्ण रुपमा क्षति भएको प्रवक्ता रानाले बताए । यसैबीच दाङमा चट्याङले लागेर एक महिलाको ज्यान गएको छ । राजपुर गाउँपालिका– २ मटेरीया की ३९ वर्षीया भुमिसरा बुढामगरको चट्याङ लागेर ज्यान गएको ईलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । हिजो बेलुका आफ्नै खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर घाइते भुमिसरालाई उपचारका लागि लमही अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।

यसैबीच मध्य र पूर्वसहित देशका धेरै ठाउँमा रातिदेखि नै पानी परेको छ । पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै बागलुङको गलकोटमा १०२ मिलिमिटर पानी परेको छ । ठूलो पानी परेका ठाउँका नदी, खोलाहरुमा बाढी आएको छ । दाङ, बाग्लुङ, अर्घाखाँची, गुल्मी, पाल्पा, स्याङ्जा लगायतका ठाउँमा बाढी आएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

पर्वतको कार्किनेटा, पाल्पाको बल्ड्याङ्गढी, स्याङजाको पन्चमुल, सिन्धुपालचोकको मानेखर्क, बाँसखर्क र धाप, कपिलवस्तुको भगवानपुर र तौलिहवा, दाङको कोइलाबास र लालमटिया, बाग्लुङको गल्कोट, गुल्मीको मुसीकोट र भार्से र अर्घाखाँचीको आँपचौर वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा ठूलो वर्षा मापन भएकाले ती क्षेत्र भइ बहने ससाना खोला तथा मझौला नदीमा बहाव बढ्ने र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम हुनसक्ने भएकोले ती क्षेत्रमा हुनेले दिउँसोसम्म उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यस्तै स्याङ्जाको आँधी खोला जलमापन केन्द्रमा जल सतह उल्लेख्य बढेको र भिरकोट, वालिङ, भुमरे र अन्य तल्लो नदी तटीय क्षेत्रमा आकस्मिक बहावको जोखिम रहेकोले आज बिहानसम्म उच्च सतर्कता अपनाउन महाशाखाले भनेको छ । कपिलवस्तुको कोइली नदी बनगाई जलमापन केन्द्रमा जलसतह उल्लेख्य रुपमा बढ्दो क्रममा रहेकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहनुहुनले पनि उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाले भोलिसम्म नै मनसुनी वर्षाको उच्च जोखिम रहेकाले सावधानी अपनाउन अनुरोध गरेको छ । विभिन्न जिल्लामा मनसुनी वर्षाको उच्च खोखिम, मध्यम जोखिम र जोखिम एवम् साना नदीमा बाढीको उच्च र मध्यम जोखिम रहेकाले त्यसैअनुसार सावधानी अपनाउन एवम् पूर्वतयारीमा जुट्न सम्बन्धित निकायलाई महाशाखाले अनुरोध गरेको हो ।

भोलिसम्म बाग्मती प्रदेशका तीन जिल्ला चितवन, मकवानपुर र सिन्धुपाल्चोक र गण्डकी प्रदेशका नवलपरासी पूर्व, पर्वत, तनहुँ र स्याङ्जा चार जिल्लाका साना नदीमा बाढी जोखिम रहेकाले सतर्कता अपनाउन भनिएको छ । यस्तै लुम्बिनीका नवलपरासी पश्चिम, रुपन्देही, पाल्पा, गुल्मी, अर्घाखाँची, प्यूठान, दाङ, कपिलवस्तु र बाँकेमा उच्च जोखिम रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

Advertisement

यसैबीच पहिरोले मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । यस क्षेत्रमा शुक्रबारदेखि लगातार पानी परिरहेको छ । कालीगण्डकी करिडोर र बागलुङ–कुश्मीशेरा सडक पनि अवरुद्ध छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top