आज कहाँ कहाँ पर्दैछ ठूलो पानी ?

१८ असार, काठमाण्डौ।
मनसुनी वायुको प्रभावका कारण आज पनि धेरै ठाउँमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा निरन्तरजसो पानी परेको छ । लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ ।

Advertisement

आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा तथा कोशी र मधेस प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा अति वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मनसुनी प्रणाली पर्सि बिहीवारसम्म नै सक्रिय हुने र मौसममा सुधार नआउने भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । ठूलो पानी पर्ने ठाउँमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Advertisement

ठूलो वर्षा भइरहेका धनुषा, कैलाली, सिन्धुपाल्चोक, बर्दीयालगायतका जिल्लाका खोला र नदीमा पानीको बहाव बढेको छ । निरन्तरको वर्षाका कारण कोशी नदीमा पानीको बहाव खतरा तहमा पुगेको छ । यस्तै सिन्धुली, इलाम, मोरङ, सप्तरी, बारा, कञ्चनपुर, पोखरा आसपासको क्षेत्रमा पनि ठूलो पानी परिरहेकाले यस क्षेत्र भई बहने खोलाको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top