×

NEPAL TIMES UPDATES

Playing
विश्वको सर्वाेच्च शिखरमा लेखिएका कीर्तिमानहरु || Nepal Times
May 22, 2026
Playing
नेपालले अमेरिकालाई मैदानमा सात्तो लियो, ३१८ रनको विशाल लक्ष्य || Nepal Times
May 22, 2026
Playing
रास्वपामहासंग्राम, रवि कि बालेन ? अब कसको राज चल्छ ? || Nepal Times
May 22, 2026
Playing
Top 15 Afternoon News || May-22-2026 || Nepal Times
May 22, 2026
Playing
Iranको शक्ति देखेर America आत्तियो, गुप्तचर रिपोर्टले खलबली || Nepal Times
May 22, 2026
Playing
एमालेलाई अख्तियारको कारबाहीको डर, भीभीआईपी उपचार खर्च फर्कायो|| Nepal Times
May 22, 2026
Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026

ओलीले प्रचण्डलाई किन ढाँटे ?नयाँ समीकरणको कारण यस्तो

१९ असार २०८१

१८ असार, काठमाण्डौ।

जसरी साढे ३ महिना अघि सरकार संचालनका लागि सुविधा सम्पन्न बहुमत हुँदाहुँदै प्रधानमन्त्री प्रचण्डले कांग्रेसले पत्तै नपाई एमालेसँग नयाँ सहमति गरे त्यस्तै छनक दिनेगरी एमालेले प्रधानमन्त्रीलाई पटक पटकको भेटमा समेत कुनै जानकारी नदिई कांग्रेससँग नयाँ सरकार गठनका लागि संविधान संशोधन गर्ने गरी नयाँ सहमति गरेको छ ।

Advertisement
Advertisement

यसैले प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पटक पटक आफूलाई ढाँटेको ब्रिफिङ गरेका छन्। मंगलबार बालुवाटारमा बसेको पदाधिकारी बैठकमा प्रचण्डले एकातिर तुरूप फालेर अर्कोतिर संवाद गरिरहेको भन्दै त्यसलाई षड्यन्त्र गरेको सुनाए।

‘तुरुप एउटा फाल्ने, काम अर्को गर्ने जो भएको छ, त्यो षड्यन्त्र हो,’ प्रधानमन्त्री प्रचण्डको भनाई उदृत गर्दै माओवादी सचिव देवेन्द्र पौडेलले बताए। उनका अनुसार ओलीको यो षड्यन्त्रलाई पार्टीले प्रतिवाद गर्ने निर्णय पनि भएको छ। सोमबार बिहान तीन घण्टाभन्दा बढी प्रचण्ड र ओलीबीच भेटवार्ता भएको थियो। सो भेटघाटका क्रममा ओलीले यही गठबन्धनलाई निरन्तरता दिएर जाने र कांग्रेससँग कुनै सहमति नभएको स्पष्टीकरण दिएका थिए।

‘यदी सहमति हो भने जस्ताको तस्तै भन्नुस् भन्दा पनि दुई दिनसम्म लगातार उहाँले केहीपनि भएको छैन भनेर भन्नुभयो,’ पौडेलले भने, ‘हामी धेरै पछिसम्म मिलेर जाने भन्नुभएको थियो। राति जे सहमति भयो, त्यसले एक प्रकारको राजनीतिमा एकाथिर एउटा र अर्कोतिर अर्कोथरी भन्ने गरेको देखियो।’ त्यस्तै मंगलबार बिहान प्रचण्डलाई भेटेर ओलीले राष्ट्रिय सहमतिको सरकार बनाएर जान आग्रह गरेका थिए।

सो बारेमा पनि प्रचण्डले बैठकमा ब्रिफिङ गरेका छन् माओवादीकै अर्का सचिव दिननाथ शर्माले पनि ओलीबाट आफूलाई पटक पटक ढाँट्ने काम भएको ब्रिफिङ प्रचण्डले गरेका थिए। यता नेकपा एमालेका महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने गरी नेपाली कांग्रेससँग समझदारी भएको दाबी गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत पोखरेलले लेखेका छन्, ‘राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने र तदनुरूपका कानुनसमेत निर्माण गर्ने गरी केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन नेकपा एमाले र नेपाली कांग्रेसका बीचमा समझदारी।’ साथै, उनले राष्ट्रिय सरकारमा अन्य सहमत दलहरूलाई पनि समावेश गरिने बताएका छन्।

Advertisement

यस प्रकृयामा सहमत दलहरूलाई राष्ट्रिय सरकारमा समावेश गरिने उनले भनेका छन्। सोमबार मध्यराती (सवा १२ बजे) काङ्ग्रेस–एमालेबीच सरकार बनाउने सहमति भएको थियो। कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा हस्ताक्षर गरेका छन्। सहमति अनुशार पहिलो २ वर्ष ओली प्रधानमन्त्री बन्ने छन् भने चुनाव गराउने गरी देउवा बाँकी एक वर्ष प्रधानमन्त्री बन्नेछन् ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top