×

NEPAL TIMES UPDATES

Playing
नेपालले अमेरिकालाई मैदानमा सात्तो लियो, ३१८ रनको विशाल लक्ष्य || Nepal Times
May 22, 2026
Playing
रास्वपामहासंग्राम, रवि कि बालेन ? अब कसको राज चल्छ ? || Nepal Times
May 22, 2026
Playing
Top 15 Afternoon News || May-22-2026 || Nepal Times
May 22, 2026
Playing
Iranको शक्ति देखेर America आत्तियो, गुप्तचर रिपोर्टले खलबली || Nepal Times
May 22, 2026
Playing
एमालेलाई अख्तियारको कारबाहीको डर, भीभीआईपी उपचार खर्च फर्कायो|| Nepal Times
May 22, 2026
Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानेको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026

रोनाल्डो भर्सेस एम्बाप्पे, युरोको क्वाटरफाइनलमा महाभिड्न्त

१९ असार २०८१

१८ असार, एजेन्सी

पोर्चुगल र फ्रान्स युरोकप फुटबलको क्वाटरफाइनलमा पुगेका छन् । आज बिहान भएको खेलमा स्लोभेनियालाई हराउँदै पोर्चुगल युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको हो । फ्रान्कफर्टमा भएको खेलमा निर्धारित समय र अतिरिक्त ३० मिनेटमा पनि गोल नहुँदा खेल पेनाल्टीमा गएको थियो ।

Advertisement
Advertisement

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले अतिरिक्त समयमा पेनाल्टी चुकाउँदा खेल टाइब्रेकरसम्म पुगेको थियो । टाइब्रेकरमा गोलरक्षक कोस्टाले तीनै पेनाल्टी विफल पार्दा पोर्चुगल ३–० ले विजयी भयो । निर्धारित ९० मिनेटपछि थप गरिएको अतिरिक्त समयको पहिलो हाफको अन्तिम समयमा कप्तान रोनाल्डोले पेनाल्टीमा गोल गर्न चुकेका थिए ।

रोनाल्डोको प्रहारलाई विपक्षी कप्तान यान ओब्लाकले विफल पारेका थिए । त्यसपछि स्लोभेनियाका बेन्जामिन सेस्कोले स्लोभेनियालाई अग्रता दिलाउने सुवर्ण अवसर खेर फाले । पेपेले आफ्नै हाफमा छुटाएको बल सेस्कोले अघि बढाएर प्रहार गरेपनि कोस्टाले वन भर्सेस वनको स्थितिमा उत्कृष्ट बचाउ गरे ।

टाइब्रेकरमा स्लोभेनियाका जोसिप इलिचिचको पहिलो प्रहार डिओगो कोस्टाले विफल पारे । लगत्तै क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गरे । कोस्टाले त्यसपछि दुवै पेनाल्टी बचाउँदा ब्रुनो फर्नान्डेस र बर्नार्डो सिल्भाले गोल गर्दै जित पक्का गरे । पोर्चुगलले अब क्वाटरफाइनलमा फ्रान्सको सामना गर्नेछ ।

फ्रान्सले आजै सम्पन्न खेलमा बेल्जियमलाई १–० ले हराएको थियो । डसेलडोर्फमा भएको खेलमा बेल्जियमले गरेको आत्मघाती गोलको मद्यतमा फ्रान्सले जितेको हो । राउन्ड अफ १६ मा आज रोमानियाले नेदरल्यान्ड्स तथा अष्ट्रियाले टर्कीसँग खेल्नेछ । यी खेलको विजेताले क्वाटरफाइनलमा एक अर्कासँग खेल्नेछन् ।

क्वाटरफाइनलमा इंग्ल्यान्ड र स्विटजरल्यान्ड तथा जर्मनी र स्पेन खेल्ने पक्का भइसकेको छ । यता उरुग्वे र पानामा कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा पुगेका छन् । समूह चरणको अन्तिम खेलमा अमेरिकालाई १–० ले हराउँदै उरुग्वे शतप्रतिशत जितसहित कोपा अमेरिका–२०२४ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार बिहान अरोहेड रंगशालामा उरुग्वेलाई जित दिलाउन माथियस ओलिभेराले निर्णायक गोल गरे । ओलिभेराले ६६औँ मिनेटमा गोल गर्दै उरुग्वेलाई अग्रतामा राखेका थिए । जितसँगै तीन खेलबाट नौ अंक जोडेको उरुग्वे समूह ‘सी’को विजेता बन्दै क्वार्टरफाइनलमा पुगेको हो ।

Advertisement
Advertisement

पराजित अमेरिका प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ ।मंगलबार नै भएको अर्को खेलमा बोलिभियाविरुद्ध ३–१ को जित निकाल्दै पानामाले क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ । जितसँगै पानामा समूह ‘सी’को उपविजेता बनेको हो । पानामाले तीन खेल खेल्दा ६ अंक जोड्यो । जितविहीन बोलिभिया तालिकाको पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरियो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top