×

NEPAL TIMES UPDATES

Playing
इस्लामावाद वार्ता निष्कर्षविहीन : अमेरिकी टोली रित्तो हात फर्कियो || Nepal Times
Apr 12, 2026
Playing
२१ घण्टाको वार्तापछि Tehran को विज्ञप्ति, १६ जहाज छुटे, America दोषी || Nepal Times
Apr 12, 2026
Playing
हजारौं गीत गाएर अस्थाइन् आशा भोसले || Nepal Times
Apr 12, 2026
Playing
विद्याभण्डारीको लाइनमा राष्ट्रपति पौडेल, सरकारको सिफारिस रोक्न मिल्छ ? || Nepal Times
Apr 12, 2026
Playing
नेपाल सुरुङ युगमा प्रवेश|| Nepal Times
Apr 12, 2026
Playing
Top 15 Afternoon News || April-12-2026 || Nepal Times
Apr 12, 2026
Playing
ISLAMABAD TALKS असफल भएपछि Pakistanले के भन्यो ? || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमणबारे शिशिर खनालको खुलासा,हर्कले दिए एजेन्डा|| Nepal Times
Apr 12, 2026
Playing
Americaमाथि Iranको शंकाः कसका कारणले वार्ता भाँडियो ? || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री बालेनलाई मोदीको निम्तो#balen #modi #india #nepal
Apr 12, 2026

मेलम्चीमा बाढी ,नारायणीले झोलुङ्गे पुल बगायो, उर्लियो अरुण–तमोर

२४ असार २०८१

२३ असार, काठमाण्डौ।

अविरल वर्षाका कारण अहिले देशभर जनधनको क्षति भइरहेको छ । बाढी, पहिरो तथा डुबानले जनजीवन जोखिमपूर्ण र कष्टकर बनिरहेको छ । यसैबीच नारायणी नदीको बाढीले चितवनको भरतपुर महानगरपालिका–३ मा रहेको झोलुङ्गे पुल बगाएको छ । न्यूरोड र नगरवन जोड्ने नारायणी नदीमा रहेको झोलुङ्गे पुल बाढीले बगाएको हो ।

Advertisement
Advertisement

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार गएराति साढे ११ बजे बाढीले दुवैतर्फको पिल्लर भत्काएर पुल बगाएको हो । नारायणीमा पानीको बहाव नघटेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई सावधानी अपनाउन उनको अनुरोध छ । नारायणी नदीमा पानीको सतह बढ्दा एक सय ७१ जनालाई सुरक्षित ठाउँमा सारिएको छ ।

प्रमुख जिल्ला अधिकारी यादवका अनुसार भरतपुर महानगरपालिका–२ का २६ जना, बालकुमारी नर्सिङ कलेजको भवनमा बस्ने चार जना, भरतपुर–१७ गोब्रेनीका ५४, वडा नम्बर १ देवघाटको नदी किनारमा बस्दै आएका २८ तथा वडा नम्बर १६ गुम्बाचोकका ५९ जनालाई सुक्षित ठाउँमा सारिएको छ ।

उनीहरूलाई सुरक्षाकर्मीले डुङ्गाको सहायताले सुरक्षित ठाउँमा सारेका हुन् । उता मेलम्ची खोलामा आएको बाढीका कारण हेलम्बु गाउँपालिका चनौटेबजारमा रहेको बेलीब्रिज जोखिममा परेको छ । बाढीले बेलीब्रिज रहेको केही भाग कटान गरेको छ । २०७८ साल साउन १७ गते लेदोसहित आएको मेलम्चीको बाढीले हेलम्बुकै लाइफ लाइनका रूपमा रहेको रातो पुल बगाएपछि त्यो ठाउँमा बेलीब्रिज निर्माण गरिएको थियो ।

रातो पुल बगाएको सात महिनापछि सञ्चालनमा आएको बेलीब्रिज जोगाउने प्रयास भइरहेको छ । पुलले हेलम्बुलाई मात्र नभई मेलम्ची नगरपालिका–७ र ८, पाँचपोखरी थाङ्पाल गाउँपालिका–१ र २ का बासिन्दालाई आवतजावत गर्न सहज बनाएको छ । हेलम्बु–४ को बस्ती र विद्यालयसमेत बाढीको जोखिममा रहेका छन् ।

यस्तै राप्ती नदीमा बगेर बेपत्ता भएका दाङका दुईजनाको शव फेला परेको छ । शनिबार राप्तीमा आएको बाढीले लमही नगरपालिका–७ नयाँबस्तीका ६२ वर्षीय मणिराम चौधरी लमही नगरपालिका–८ बगरापुर गाउँबाट बेपत्ता भएका थिए । उनको शव आज खोलाको बगरमा फेला परेको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी प्रमुख लालबहादुर श्रेष्ठले जानकारी दिए ।

यस्तै दूध बिक्री गरी घर फर्कने क्रममा शनिबार बिहान लमही नगरपालिका–७ हस्नापुर घाटबाट राप्ती नदीको बाढीमा बगेर बेपत्ता भएका राजपुर गाउँपालिका–२ बेलाका १७ वर्षीय राजकुमार यादवको पनि शव फेला परेको छ । उनको शव खोलाको बगरमा फेला परेको हो ।

Advertisement

यता धनकुटास्थित अरुण नदी सिम्ले जलमापन केन्द्रमा जलसतह सतर्कताले तह पार गरेको छ र बढ्दो क्रममा छ । अतः नदीतटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले दिउँसो ३ बजेसम्मै उच्च सतर्कता अपनाउन आवश्यक छ । यसैगरी धनकुटाकै त्रिवेणीस्थित तमोर नदी जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ र बढ्दो क्रममा छ । त्यसैले उक्त नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले दिउँसोसम्मै उच्च सतर्कता अपनाउन आवश्यक छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top