×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

कैलाली–कञ्चनपुरका ६०० परिवारलाई बाढीले लखेट्यो

२५ असार २०८१

२४ असार , काठमाण्डौ।

महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजका सबै ढोका खोलिएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार महाकालीमा पानीको तह ३ लाख ४० हजार क्युसेक पुगेको छ । महाकालीमा नेपालतर्फका सबै ढोका खोलिएका हुन् । आइतबार राति पानीको स्तर ४ लाख क्युसेक पुगेको महाकालीमा अहिले भने घटिरहेको छ ।

Advertisement
Advertisement

महाकालीमा पानीको बहाव बढेपछि नेपालतर्फका सबै ढोका खोलिँदा तटीय क्षेत्र भीमदत्त नगरपालिका–११, १२ र १३ का बस्ती प्रभावित भएका छन् । यस्तै, महाकालीको पानीले दोधारा चाँदनी नगरपालिकाका बस्ती पनि निकै प्रभावित भएका छन् । ती बस्तीहरूमा पानी पसेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरिरहेका छन् । महाकाली नदीमा पानीको सतह बढेपछि शारदा ब्यारेजमा तीन दिनदेखि सवारीसाधनको आवागमनमा रोक लगाइएको छ ।

पानीले खतराको सतह नाघेपछि शनिबार साँझदेखि शारदा ब्यारेजमा रोक लगाइएको सवारीसाधन आवागमन अझै सञ्चालन भएको छैन । शारदा ब्यारेजमा महाकाली नदीमा पानीको सतह एक लाख क्युसेक नाघेपछि सवारीसाधनमा रोक लगाइन्छ । यता कैलाली र कञ्चनपुरमा ६०० परिवार बाढी र डुबानले प्रभावित भएका छन् ।

शनिबारदेखिको वर्षापछि आएको बाढी बस्तीमा पसेपछि दुवै जिल्लाका बाढी तथा डुबानबाट प्रभावित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक(डीआईजी) रबिन्द्र केसीले दुवै जिल्लाका ६०० बढी परिवारका दुई हजार बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको जानकारी दिए । आइतबार साँझदेखि वर्षा हुने क्रम बढेपछि राति प्रभावितहरुको संख्या समेत बढेको थियो ।

कञ्चनपुरका विभिन्न स्थानमा नदी तथा खोलाको भंगालोमा फसेका २९ जनाको सकुशल उद्दार समेत गरिएको डीआईजी केसीले जानकारी दिए । अहिलेसम्म कञ्चनपुरमा घरभित्र जमेको पानीमा डुबेर ७ महिनाको शिशुको मृत्यु तथा कैलाली र कञ्चनपुरमा नदीमा डुबेर दुई जना बेपत्ता भएको बाहेक थप मानवीय क्षति नभएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बाढी तथा डुबानबाट कैलालीको पूर्वी भूभाग बढी प्रभावित भएको छ । कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर बिष्टले कान्द्रा र काडा नदीका कारण भजनी नगरपालिका र जोशीपुर गाउँपालिका क्षेत्र डुबानमा परेको जानकारी दिए । उनका अनुसार भजनी नगरपालिकाका वडा नम्बर ५ र ७, जोशीपुर गाउँपालिकाका वडा नम्बर ३ र ८ तथा टीकापुर नगरपालिकाको वडा नम्बर ६ बाढी र डुबानका कारण प्रभावित भएका छन् ।

धनगढी उपमहानगरपालिकाका वडा नम्बर १८ र १९ तथा गौरीगंगा नगरपालिकाका केही वडा समेत डुबानमा परेका छन् । ती ठाउँमा पनि रातिदेखि नै उद्धारको कार्य जारी रहेको एसपी विष्टले बताए । कञ्चनपुरमा सबैभन्दा बढी भीमदत्त नगरपालिका क्षेत्र प्रभावित भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक(एसपी) चक्रराज जोशीले जानकारी दिए ।

Advertisement

जोशीले प्रभावित क्षेत्रका बासिन्दाको उद्धारको काम आइतबार रातिदेखि नै जारी रहेको बताए । यसैबीच कञ्चनपुरको वेदकोट नगरपालिका–७ मा पूर्वपश्चिम राजमार्गमा पर्ने कल्भर्ट भासिएपछि राजमार्ग अवरुद्ध भएको छ । पहिरोका कारण डडेल्धुराको साहुखर्कमा अवरुद्ध भएको भीमदत्त पन्त राजमार्ग एकतर्फी रुपमा खुलाइएको छ । यस्तै, बझाङको मालाभिर क्षेत्रमा पहिरो गएका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top