मस्कोबाट सी र बाइडेनलाई के संदेश दिदैछन् मोदी–पुटिन ?

२४ असार , विराटनगर ।
अमेरिकासंग राम्रै सम्बन्ध राखेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आजदेखि दुई दिने भ्रमणका लागि रुस गएका छन् । मोदी पुटिनको निम्तोमा २२ औँ भारत–रुस शिखर सम्मेलनका लागि गएका हुन् । पछिल्ला तीन वर्षदेखि दुवै देशबीच कुनै पनि दुई पक्षीय बैठक भएका थिएनन् । यसबीच उनको यो भ्रमण यस्तो बेला भएको छ जतिबेला उता अमेरिकामा नेटो समिट हुदै छ ।
आज मोदीले रुसमा औपचारिक भ्रमणमा रहँदा अमेरिकामा नेटो समिट जारी रहनेछ । यस्तोमा अमेरिका र युरोप मोदी र पुटिनलाई सँगै देखेर खुसी हुने अवस्था छैन । उनीहरू दुवैले पुटिनलाई युक्रेन आक्रमणका कारण युरोपमा उथलपुथल ल्याउन जिम्मेवार मान्छन् । पुटिन र रुसमाथि अनेकौं प्रतिबन्ध लगाएका छन् । पुटिनविरुद्ध पक्राउ पूर्जीसमेत जारी गरेका छन् । यस्तोमा मोदी उनलाई भेट्न जाँदा र सहकार्यका थप बाचा गर्ने हुँदा पक्कै पनि पश्चिमाको चित्त बुझ्दैन ।
यता गएको बुधबार नै रुसले मोदीको भ्रमणका क्रममा मैत्रीपूर्ण सम्बन्धलाई अझ अघि लग्ने तथा अन्तर्राष्ट्रिय र क्षेत्रीय एजेण्डामा छलफल हुने जनाएको थियो । लन्डनको किंग्स कलेजमा दक्षिण एसियाली अध्ययनका चर्चित प्राध्यापक क्रिस्टोफ जैफरलटले मोदीको रुस यात्राको भूराजनीतिक आयाम भएको बताएका छन् । उनले भनेका छन्, “भारत रुससँग आफ्नो सम्बन्ध विकसित गर्न उत्सुक छ ।
केवल सैन्य उपकरणको मामिलामा रुसमाथि निर्भर रहनुको कारणले मात्र होइन भारतले बहुध्रुवीय विश्वलाई पनि बढावा दिन खोजेको छ ।” उनले भारत सबै भागिदारका साथ आफ्नो हितलाई बढावा दिने अवस्थामा रहेको उनले बताएका छन् । प्राध्यापक जैफरलटको भनाइमा मोदीको यो यात्रा रुसको चीनसँगको साथ बढी निकट रहेको अवस्थासँग पनि जोडिएको छ । भारत र रुसबीच विशेष सम्बन्ध बनाउनाले रुस र चीनबीच मेलमिलापलाई कम गर्न सक्छ ।
मोदी २०१९मा एक आर्थिक सम्मेलनमा भाग लिन रुसको सहर भ्लादिभोस्तोकमा गएका थिए । पुटिन र मोदीको पछिल्लो भेट  २०२२ मा उज्वेकिस्तानमा एससीओको शिखर सम्मेलनमा भएको थियो । पुटिनले अन्तिम पटक २०२१ मा दिल्लीको भ्रमण गरेका थिए । मोदीले रुसको भ्रमण यस्तो समयमा भएको छ, यो बेला अमेरिका र उसका युरोपेली सहयोगी रुसको वैश्विक स्तरमा अलग–अलग गर्न प्रयास गरिरहेका छन् ।
उनीहरूले रुसमा कडा प्रतिबन्ध लगाएका छन् । उनीहरूले उच्चस्तरीय बैठकमा पनि भारी कटौती गरेका छन् । भारतले आफ्नो विदेश नीति रणनीतिक स्वायत्तता र राष्ट्रिय हितमा आधारित रहेको बताउँदै आएको छ । तर, पश्चिमी देशमा फैलिएको रुस विरोधी भावना हेर्दा के यो यात्रा भारतको रणनीतिक साझेदार अमेरिकालाई बेखुसी पार्ने खालको छ ? भन्ने प्रश्न पनि उठेको छ ।
अमेरिकाको बाल्टिमोरस्थित जोन्स हप्किन्स विश्वविद्यालयमा अप्लाइड इकोनोमिक्सका प्राध्यापक स्टिब एच हेंकेका भनाइमा रुसको भारतका साथ ऐतिहासिक सम्बन्ध छ । हेन्के राष्ट्रपति रोनाल्ड रेगनको आर्थिक सल्लाहकार परिषद्मा पनि काम गरिसकेका छन् । “प्रधानमन्त्री मोदी र भारतका विदेशमन्त्री एस जयशंकर दुवैको भनाइका आधारमा भारत सबै देशका साथ राम्रो सम्बन्ध बनाउन चाहन्छ भन्ने प्रष्ट छ,” उनी भन्छन्, “खासगरी रुसको साथ यसको कारण हो । यो एक यस्तो देश हो, जसको साथ भारतको सोभियत कालदेखि नै राम्रो सम्बन्ध छ।”
सन् १९६० को दशकदेखि १९८० को दशकसम्म भारतमा पढे÷बढेका कुनै पनि व्यक्ति सोभियत संघको प्रभावबाट मुक्त छैनन् । भारतका कैयौं स्टिल प्लान्ट रुसले स्थापित गरेका हुन् । भारतीय अन्तरिक्ष कार्यक्रममा रुसको सहयोग थियो । कठिन अवस्थामा पनि सोभियत संघ भारतको साथ उभिएको थियो । सोभियत संघले १९६५ मा भारत र पाकिस्तानबीच ऐतिहासिक तासकन्द सम्झौता गराएको थियो ।
खासगरी युक्रेनको युद्धमा भारतले रुसको निन्दा नगरेको विषयलाई लिएर पहिलादेखि नै पश्चिमाहरूले राम्रो मानेका छैनन् । त्यसैले अहिले मोदीको पुटिनसँगको सम्बन्धलाई पनि राम्रो मान्ने अवस्था छैन । यता मोदी तेस्रो पटक सत्ता सम्हालेपछि पहिलो पटक रुस भ्रमणमा पुगेका हुन् यस्तै यो कार्यकालको यो उनको पहिलो द्विपक्षीय विदेश भ्रमण पनि हो । तर एकातर्फ चीनसंग रुसको बढ्दो निकटता, अर्कोतर्फ रुसविरोधी मानिएको गुट नेटोको बैठक चलिरहेको बेला मोदीको यो भ्रमणलाई लिएरु पश्चिमाहरुले आशंका गरेका छन् ।
यसबीच भारतको विदेश मन्त्रालयले समेत मोदीको यो भ्रमणलाई द्विपक्षीय भ्रमण मात्रै हो भन्दै प्रष्ट पारेको छ । भारतीय विदेश सचिव विनयमोहन क्वात्राले मिडियासंग भनेका छन्, पीएम मोदीको यो भ्रमण द्विपक्षीय मात्रै हो । साथै विदेश मंत्रालयले मोदी–पुटिन भेटवार्तामा युक्रेन संघर्षबारे पनि कुराकानी हुने जानकारी दिएको छ । रुसले युक्रेनमा गरेको आक्रमणलाई युद्ध नभनी सैन्य कारबाही वा संघर्ष भनेको छ ।
भारतले पनि सोही शब्द प्रयोग गरेको हो । यस्तै भेटमा रुसी सेनामा भारतीयहरुलाई भर्ना गरिएको बारे पनि छलफल हुने बताइएको छ । यस्तै दुवै देशबीच व्यापार, कनेक्टिभिटी, स्पेस, तेल, एलएनजी, डिफेंस सप्लाई, भुक्तान सम्बन्धि विषयहरुमा वार्ता हुने बताइएको छ । यही समयमा उता अमेरिकामा बाइडेनको आथित्यमा नेटोको ७५ औं वर्षगाँठको अवसरमा विशेष समिट हुँदैछ । र खास कुरा के छ भने यो समिटमा यूक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेंस्की पनि सहभागि हुनेछन् ।
केही विश्लेषकहरुले मस्को वार्ता गरेर पुटिनले अमेरिकासहित उसका सहयोगीहरुलाई रुस एक्लो छैन, चीन र भारतजस्ता विश्वशक्तिहरु आफ्नो पक्षमा रहेको संदेश दिन चाहेको बताएका छन् । गत मे मा पुटिन चीनको भ्रमणमा गएका थिए । यता भारतले भने रुस र चीनबीचको निकटता रुचाएको छैन । यसमा थोरै भएपनि खेल्न सकिन्छ कि भन्ने दाउमा भारत छ । र उ चीनभन्दा आफ्नो सम्बन्ध रुसको साथमा बलियो होस् भन्ने पनि चाहान्छ ।
सोही कारण सीमानाको बलियो प्रतिद्वन्दीलाई साइजमा राख्न पनि अमेरिकाको चित्त दुखाउँदै मोदी मस्कोमा पुटिनको आथित्य स्वीकार गर्न पुगेका हुन् । यद्यपी अहिलेसम्म पश्चिमी नेताले मोदीको भ्रमणबारे कुनै टिप्पणी गरेका छैनन् । तर, विहीबार भारतका लागि अमेरिकाका राजदूत एरिक गार्सेटीले अमेरिका रुसलाई जवाफदेही बनाउन मिलेर काम गर्न भारतसँग निरन्तर सम्पर्कमा रहेको बताएका थिए ।
यसअघि युरोपेली मुलुक हंगेरीका प्रधानमन्त्री भिक्टर ओरबानले गएको शुक्रबार रुसको राजधानी मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग गरेको भेटघाटलाई लिएर युरोपेली नेताले कडा प्रतिक्रिया जनाएका छन् । युरोपेली देशले गम्भीरताका साथ युक्रेनलाई सैन्य र अन्य सहायता दिने तयारी गरिरहेको अवस्थामा युरोपेली नेताको रुसको भ्रमणलाई विश्वासघातको रूपमा युरोपेली नेताले नै व्यक्त गरिरहेका छन् ।
यस्तोमा पश्चिमी देशहरूले मस्को पुगेका मोदीलाई कसरी हेर्लान् ? आफ्ना टिप्पणी पनि अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top