२४ असार , विराटनगर ।
नेपालकालागि हिरो ब्राण्डको मोटरसाइकलको आधिकारिक वितरक सिजीमोटर्सले सोमबार विराटनगरमा माइलेज चेकअप सम्पन्न गरेको छ ।कम्पनीको विराटनगर बिक्रेता लक्ष्मी ट्रेडिङहाउस प्रा. लि. हाताबाट सुरुभई करिव २० किलोमिटरको दुरीमा मोटरसाइकल कुदाएर माइलेज चेक गरिएको हो ।
हिरो ब्राण्डको सुपर स्प्लेण्डर मोटरसाइकलका २० जनाप्रतिनिधि ग्राहकमाँझ गरिएको माईलेज चेकअपमा प्रतिलिटर ९० किलोमिटरसम्म माईलेज मापन गरिएको कम्पनीका रिजनल सर्भिस मेनेजर हेमशंकर शाहले जानकारी दिए । माईलेज चेकअपमा सबैभन्दा बढी माईलेज मापन गरिएका पहिलो, दोस्रो र तेस्रो हुनेलाई आकर्षक उपहार प्रदान गरिएको थियो ।
जसमा उपेन्द्र मुखिया प्रथम, सूर्य सिग्देल दोस्रो र दिव्यभगत तेस्रो भएको शाहले जानकारी दिए । बाँकी सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । बिजेताहरुलाई विराटनगर महानगरपालिका वडा नं.५ का वडाध्यक्ष सन्तोष न्यौपाने, लक्ष्मी ट्रेडिङ हाउस प्रा. लि का अध्यक्ष सुवास आचार्य, कम्पनीका रिजनल सेल्स मेनेजर कुन्दन भण्डारीलगायतले पुरस्कार वितरण गरेका थिए ।
साथै ग्राहकको मोटरसाइकलमा आवश्यकताअनुसार ३ देखि ७ लिटरसम्म पेट्रोल कम्पनीले निःशुल्कप्रदान गरेको थियो । कम्पनी र ग्राहकबीचको सम्बन्धलाई सुमधुर बनाउन र माईलेज कसरी बढी बनाउन सकिन्छ भनेर जानकारी दिनकालागि यस खाले कार्यक्रम गरिएको कम्पनीले जनाएको छ ।