×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पहाडको बसाईसराईबाट कोशीका मुख्यमन्त्री चिन्तित

२७ असार २०८१

२६ असार, विराटनगर ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहाडमा बसाईसराईको समस्या बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै बसाईसराई रोक्ने गरी काम गर्नुपर्नेमा जोड दिएका छन् ।

Advertisement
Advertisement

बुधबार तेह्रथुममा कर्मचारीहरूलाई निर्देशन दिँदै मुख्यमन्त्री कार्कीले नेपाल प्राकृतिक हिसाबले सुन्दर भएकाले कृषि पर्यटन मार्फत रोजगारी सिर्जना गरेर पहाडको बसाईसराई रोक्ने काम गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ’पहाडमा सडक र बाटो पुग्न थाले। तर मानिसहरू चाहिँ झोला तुम्बा बोकेर मधेश झर्न थाले। यो चिन्ताको विषय हो। यसलाई रोक्न सबै लाग्नुपर्यो।’

पहाडमा सडक र बाटो पुग्न थाले। तर मानिसहरू चाहिँ झोला तुम्बा बोकेर मधेश झर्न थाले। यो चिन्ताको विषय हो। मुख्यमन्त्रीले भने यसलाई रोक्न सबै लाग्नुपर्यो।’

यस्तै उनले तिनै तहका संरचनाका कर्मचारीले सहकार्य, सहस्तित्व र समन्वयमा काम गर्नुपर्ने बताए । मुख्यमन्त्री कार्कीले तिनै तह मिलेर काम गर्दा नागरिकलाई सहज हुने बताए ।

सबै कर्मचारी जिम्मेवार नागरिक भएकाले सोही अनुरूप नागरिक सेवामा लाग्न उनले कर्मचारीहरूलाई निर्देशन दिए ।

अर्को प्रसङ्गमा उनले असारे विकास प्रवृत्तिलाई रोक्नका लागि आगामी साउनदेखि नै कार्ययोजना बनाएर १ करोड माथिका योजना पहिलो चौमासिकमै कार्यान्वयनमा लैजाने बताए । उनले त्यसका लागि आवश्यक पर्ने विधि प्रक्रिया टुङ्ग्याएर काम चाँडै थाल्ने बताए ।

वित्तीय प्रगतिको हिसाबले कोशी प्रदेश उत्कृष्ट प्रदेश रहेको बताउँदै मुख्यमन्त्री कार्कीले आगामी वर्ष वित्तीय प्रगति बढाउने उनले बताए ।

कार्यक्रममा कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले जनताको भावना बुझेर काम गर्न कर्मचारीहरूलाई निर्देशन दिए ।

Advertisement

सो कार्यक्रममा तेह्रथुमकी प्रमुख जिल्ला अधिकारी मिरा अर्यालले जिल्लाको वस्तुस्थितिका बारेमा जानकारी गराएकी थिइन ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top