×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

देउवा र ओलीबीच २ घण्टा भेटवार्ता, एजेण्डा सरकार र मन्त्री

२८ असार २०८१

२७ असार,काठमाण्डौ।

बहुमतसहितको पुष्पकमहल दाहाल नेतृत्वको गठबन्धन सरकार ढालेर नयाँ सरकार बनाउने सहमति गरेका पहिलो र दोस्रो ठूलो दलका शीर्ष नेता नयाँ बन्ने सरकारको गृहकार्यमा जुटेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार साँझ देउवा निवास बूढानीलकण्ठमा नयाँ सरकार गठन, मन्त्रीहरुको सहभागीता लगायतका विषयमा छलफल भएको छ ।

Advertisement
Advertisement

करिब दुई घण्टा भएको छलफलमा एमालेका तर्फबाट महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल र कांग्रेसका रमेश लेखक पनि सहभागी थिए । नेकपा एमालेका अध्यक्ष ओलीले भने असार २८ गतेपछि मात्र मन्त्रालय र मन्त्रीहरूको टुंगो लाग्ने बताएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले मन्त्रालय र मन्त्रीबारे बाहिर व्यापक चर्चा भएपनि अहिले नै त्यसबारे चर्चा गर्नु हतारो हुने बताएका हुन् ।

असार २८ गते प्रधानमन्त्री पुष्ककमल दाहाल प्रचण्डले संसदमा विश्वासको मत लिँदैछन् । प्रचण्डले सो दिन विश्वासको मत अर्थात १३८ सांसदको समर्थन पाउने संभावना कम देखिन्छ । नेपाली कांग्रेस र एमालेको समझदारी अनुसार प्रचण्डले विश्वासको मत लिन असफल भएपछि एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवा आलोपालो प्रधानमन्त्री बन्नेछन् । त्यसक्रममा पहिलो पटक ओली प्रधानमन्त्री बन्नेछन् ।

तर यो सहमति तोड्ने गरी सरकार गठनको प्रक्रिया संविधानको धारा ७६ को २ अनुशार नभएर सबै भन्दा ठूलो दलको रुपमा ७६ को ३ अनुशार कांग्रेसले सरकारको नेतृत्व गर्न सक्ने विश्लेषण भईरहेको छ । प्रधानमन्त्री प्रचण्डले समेत पार्टीमा यही ब्रिफिङ गरेका छन् । उता ओलीले भने ७६ को २ अनुशार नै सरकार बन्ने बताएका छन् । बैठकमा ओलीले अघिल्लो सचिवालय बैठकबाट आफ्नो नेतृत्वमा बन्ने राष्ट्रिय सहमतिको सरकारका लागि सबै दललाई अपिल गरेको भन्दै दलहरूले समर्थन गर्ने क्रम जारी रहेको बताएका छन् ।

यसैबिच नेकपा एमालेबाट ओली नेतृत्वको सरकारमा अर्थमन्त्रीका रूपमा उपाध्यक्ष विष्णु पौडेल जाने लगभग निश्चित रहेको नेताहरूको भनाई छ । यसअघि प्रचण्ड नेतृत्वको सरकारमा पौडेललाई अध्यक्ष ओलीले भौतिक मन्त्रालयको नेतृत्व गर्दै सरकारमा जान भनेका थिए । तर, त्यसवेला पौडेलले आफू पार्टीकै काम गर्न इच्छुक रहेको बताएर सरकारमा गएका थिएनन् ।

स्रोतका अनुसार ओली यसपटक प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री भएकाहरूलाई दोहो¥याउने पक्षमा छैनन् । त्यसैले पौडेलसहित उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिव योगेश भट्टराई, विद्या भट्टराई, दीपा शर्मा, तारा लामा तामाङ र सूर्य थापा, जुली महतो, ऋषिकेश पोखरेललगायतले मन्त्री बन्ने अवसर पाउने सम्भावना रहेको एमाले भित्र चर्चा छ ।

यद्यपि नयाँ समीकरण बनेपछि नयाँ सरकार गठनका लागि छलफल निरन्तर चलिरहेको छ भने उनीहरुको तर्फबाट ककसलाई मन्त्री बनाउने भन्ने टुंगो लागिसकेको छैन । मन्त्री बन्ने दौडधुप नेपाली कांग्रेसमा समेत बढेको छ । ओली प्रधानमन्त्री बन्ने सरकारको नेतृत्व गरेर जान शीर्ष नेताहरूले सभापति देउवासँग भेटघाट गरिरहेका छन् ।

पूर्व उपप्रधानमन्त्री रहीसकेका पूर्वउपसभापति प्रकाशमान सिंहले देउवालाई भेटेर गृह मन्त्रालय लिएर सरकारमा जाने चाहना ब्यक्त गरेका छन् । देउवा पनि महाधिवेशनमा आफूलाई सहयोग गरेका सिंह प्रति गुन तिर्न सकारात्मक रहेको बताइन्छ । यसअघि उनले महाधिवेशनमा सहयोग गरेकै आधारमा कृष्ण प्रसाद सिटौलालाई राष्ट्रिय सभामा पुर्याइसकेका छन् ।

Advertisement

यद्यपि गृह देउवाका विश्वास पात्र रमेश लेखको रोजाईमा रहेको बताइन्छ । कांग्रेस भित्र शेखर कोइराला पक्षबाट मन्त्री बन्न पनि आकाक्षीहरु त्यतिनै रहेको बताइन्छ । सरकारमा पार्टीको नेतृत्वगर्ने जिम्मेवारी पाए शेखर कोइराला नै सरकार जान सक्ने बताइन्छ । सो समूहबाट गगन थापाले भने सरकारमा नजाने संकेत यसअघि नै गरिसकेका छन् । त्यो समूहबाट प्रदीप पौडेलको संभावना बढि रहेको बताइन्छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top