×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कोपा अमेरिकामा उरुग्वे तेस्रो,क्यानडा पाखा लाग्यो

३१ असार २०८१

३० असार ,एजेन्सी ।

कोपा अमेरिका फुटबलमा तेस्रो स्थानका लागि भएको खेलमा उरुग्वे विजयी भएको छ ।आज बिहान भएको खेलमा क्यानडालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हराउँदै उरुग्वे तेस्रो भएको हो । ब्याङक अफ अमेरिका स्टेडियममा भएको खेल निर्धारित ९० मिनेट २–२ गोलको बराबरी भएपछि पेनाल्टीमा पुगेको थियो ।

क्यानडाका इस्माइल कोन र जोनाथन डेभिड तथा उरुग्वेका रोड्रिगो बेन्टाङ्कर र लुइस सुवारेजले समान एक गोल गरेपछि बराबरी भयो । तर पेनाल्टीमा क्यानडा पराजित भयो । क्यानडा बुधवार भएको पहिलो सेमिफाइनलमा साविक विजेता अर्जेन्टिनासँग २–० गोलले र उरुग्वे बिहीवार भएको दोस्रो सेमिफाइनलमा कोलम्बियासँग १–० ले पराजित भएको थियो । अब उपाधिका लागि भोलि बिहान अर्जेन्टिना र कोलम्बिया खेल्नेछन् ।

यता युरोकपमा आज राती उपाधिका लागि इंग्ल्याण्ड र स्पेन भिड्दैछन् । युरोको अघिल्लो संस्करणको फाइनलमा इटालीसँग टाइब्रेकरमा पराजित हुँदा इंग्ल्यान्ड उपाधि जित्नबाट चुकेको थियो । इंग्ल्यान्ड १९६६ यता चलेको उपाधिको खडेरी तोड्न चाहन्छ । प्रशिक्षक ग्यारेथ साउथगेट नियुक्त भएयता विश्वकप र युरोमा राम्रो प्रदर्शन गरेको इंग्ल्यान्ड पुनः एकपटक उपाधि नजिक पुगेको छ ।

विश्व फुटबलमा उत्कृष्ट मध्यका एक फरवार्ड ह्यारी केन पनि आफ्नो करिअरको पहिलो उपाधि जित्ने संघारमा छन् । राष्ट्रिय टोली र क्लब फुटबलमा थुप्रै व्यक्तिगत अवार्ड हासिल गरेका केनले हालसम्म टिमका लागि भने कुनै उपाधि जित्न सकेका छैनन् । आइतबार स्पेनविरुद्ध युरो २०२४ को फाइनल केनका लागि सुवर्ण अवसर हुनेछ । केनका लागि व्यक्तिगत रुपमा यो पहिलो उपाधि हुने हुँदा विशेष रहनेछ । जारी प्रतियोगितामा ३ गोलसहित सर्वाधिक गोलकर्ताको होडमा समेत रहेका उनी टोलीलाई च्याम्पियन बनाउन चाहन्छन् ।

फाइनलको अघिल्लो दिन पत्रकार सम्मेलनमा उनले टोली तयार रहेको अभिव्यक्ति दिए । विपक्षी टोलीको कुन खेलाडी खतरा बन्न सक्छ भन्ने प्रश्नमा केनले पूरा टोली नै राम्रो रहेको बताए । ‘कुनै व्यक्ति भन्दापनि स्पेन आफैंमा राम्रो टोली छ । हो दुवै विंगर, मोराटा र ओल्मोले राम्रो खेलेका छन् तर उनीहरुको डिफेन्स पनि राम्रो छ । उनीहरु राम्रो टोली भएकै कारण फाइनलमा छन् ।’

केनले भनेजस्तै स्पेन उ त्कृष्ट लयमा पनि छ । टिममा लामिन यमल जस्ता किशोरले सनसनी मच्चाइरहेका छन्  । स्पेनले आफ्नो यात्रामा डिफेन्डिङ च्याम्पियन इटाली, आयोजक जर्मनी र उपाधिको बलियो दाबेदार फ्रान्सको चुनौती काटेको छ । तर यता जुड बेलिङ्घम र ह्यारी केनसम्मिलित इंग्ल्यान्डले पनि कम्तीको छैन । स्पेन र इंग्ल्यान्ड सन् १९९६ पछि पहिलो पटक विश्वकप वा युरोमा भिड्दै छन ।

इतिहास पल्टाउने हो भने सन् १९२९ मा दुई टोलीबीच पहिलो खेल भएको थियो । त्यसयता अहिलेसम्म २७ खेल भएको छ । त्यसमध्ये पछिल्लो प्रदर्शनमा स्पेन सुदृढ छ । तर, समग्रमा भने इङ्ल्यान्ड नै अगाडि छ । अहिलेसम्मका खेलमा इङ्ल्यान्ड १४ पटक विजयी छ भने स्पेनको पक्षमा १० जित रहेको छ । अन्य तीन खेल भने बराबरीमा टुंगिएको छ । पछिल्ला ९ खेलमध्ये स्पेन ५ पटक विजयी छ ।

सन् १९६० देखि १९८० बीच त्यस्तो समय थियो, जतिबेला इङ्ल्यान्डले स्पेनविरुद्ध लगातार ७ खेल जितेको थियो । तर, सबैभन्दा महत्त्वपूर्ण तथ्य भने इङ्ल्यान्डको पक्षमा छ । त्यो के भने युरोमा स्पेनले अहिलेसम्म इङ्ल्यान्डलाई हराउन सकेको छैन । साउथगेटको नेतृत्वमा इंग्ल्यान्डले खेलेका प्रतियोगितामा टिम अन्त्यसम्म पुगेता पनि यही तथ्य स्पेनमा भने लागू हुन्न । एक दशकअगाडि विश्व फुटबलमा राज गरेको स्पेन त्यसपछि ओरालो लागेको थियो ।

ला रोजाले सन् २००८ र २०१२ मा युरो जितेको थियो भने त्यसबीच सन् २०१० को विश्वकप । तर, त्यसपछि स्पेनले केही जित्न सकेन र ठूला प्रतियोगितामा टोलीको प्रदर्शन खस्कादो थियो । प्रशिक्षक लुइस डे ला फुन्टे आएपछि भने स्पेनले सम्हालिएर खेल्न थालेको छ । यसैक्रममा गत वर्ष यूईएफए नेसन्स लिग जितेको थियो । स्पेन अहिलेको प्रतियोगितामा लगातार सबै खेल जित्ने एक्लो टिम रहेको छ ।

फाइनलसम्मको यात्रामा स्पेनले जर्मनी र फ्रान्सको हातबाट बलियो चुनौती सामना गर्नुपरेको थियो । यसै क्रममा स्पेनले १३ गोल गरेको छ र यो इंग्ल्यान्डले गरेको ७ गोलको तुलनामा धेरै राम्रो हो । फाइनललाई लिएर डानी ओल्मो भन्छन्, ‘इंग्ल्यान्डले यो प्रतियोगितामा देखाएको छ कि यो टिम पुनरागमन रच्न सक्षम छ ।

हारको स्थितिबाट यो टिमले खेल जितेको छ । इंग्ल्यान्डले कहिले पनि हार मान्दैन ।’ त्यसैले फाइनलमा कडा प्रतिस्पर्धा हुने निश्चित छ । फाइनल नेपाली समयअनुसार आइतबार मध्यरात १२ः४५ बजे सुरु हुनेछ । खेल बर्लिनस्थित ओलम्पिक रंगशालामा हुनेछ ।

भर्खरको समाचार

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top