सेयर बजारले पार गर्यो अर्ध शतक, दुई वर्षयताकै उच्च

३० असार ८१, आइतबार

३० असार , काठमाण्डौ।

यो साताको कारोबारको पहिलो दिन आज सेयर बजारले अर्ध सतक पार गरेको छ । सत्ता समिकरणको प्रभाव सेयर बजारमा देखिएको छ । सत्ता परिवर्तन भएसगै अर्थमन्त्रीमा एमालेका उपाध्यक्ष बिष्णु पौडेल आउने चर्चाले बजार बढेको टिप्पणी पनि गरिएको छ । कारोबारको सुरुको केही मिनेटमा नै बढेर २२९० पुगेको बजारमा गिरावट देखिएको थियो ।

तर अन्तिम समयमा बजार ५२.९७ अंकले बढेर परिसूचक २२५७.५९ बिन्दुमा रोकिएको छ । आज सेन्सेटिभ इन्डेक्स र फ्लोट इन्डेक्स पनि दुई प्रतिशतभन्दा धेरैले बढेका छन् । ३०९ कम्पनीको २ करोड २० लाख ४७ हजार ३२७ कम्पनीको ७ अर्ब ६२ करोड ४ लाख ९८ हजार ५२० रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा सबै समूहको उपसूचकमा हरियाली छाएको छ । लगानीकर्ताको ध्यान बैंक, जलविद्युत कम्पनीमा बढी परेको छ । जीवन बिमा, उत्पादन तथा प्रशोधन समूहका कम्पनीमा पनि लगानीकर्ताको आकर्षण देखिएको छ । कारोबारमा २०१ कम्पनीको सेयर मूल्य बढेको छ भने ३६ वटाको घटेको छ ।

कारोबारमा रिडी पावर कम्पनी र माण्डू हाईड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । हिमाल दोलखा हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर र जानकी फाइनान्सको सेयर मूल्य पनि नौ प्रतिशतभन्दा धेरैले बढ्दा प्राइम डिबेन्चर–२०८४ चार प्रतिशत तथा बलेफी हाइड्रोपावर र एनआइसी एसिया सेलेक्ट फन्ड– ३० तीन प्रतिशतभन्दा धेरैले घटेका छन् । गत वर्ष साउन ७ गते नेप्से २२२७ बिन्दुमा पुगेको थियो ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top