NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
जेनजी अगुवा र गगनबीच डेढ घण्टा छलफल, अब पार्टी हाँक्ने विश्वको दाबी शनिबार पुस १९ , २०८२
शेखरको साथ पाइपछि देउवा पक्ष उत्साहित, विशेष महाधिवेशनमा बहुमत नपुग्ने दाबी शनिबार पुस १९ , २०८२
आज बाट श्री स्वस्थानी व्रत सुरु शनिबार पुस १९ , २०८२
भद्रपुरमा बुद्ध एयरको भयानक दुर्घटना, रनवे सकिएको पत्तै पाएन शनिबार पुस १९ , २०८२
अबको प्रधानमन्त्री को ?कस्तो प्रधानमन्त्री चाहिएको छ ? शुक्रबार पुस १८ , २०८२
Next
Prev

समाचार

बंगलादेशमा ५६ प्रतिशत आरक्षण ब्युँताएपछि

बिहिबार साउन ३ , २०८१
Reading Time: 1 min read
A A
बंगलादेशमा ५६ प्रतिशत आरक्षण ब्युँताएपछि
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

३ असार , विराटनगर।

बंगलादेशमा आरक्षणको विरोधमा जनता सडकमा उत्रिएका छन् । तीमध्ये अधिकांश विद्यार्थी छन् । उनीहरुमाथि प्रहरीले कारबाही गरिरहेको छ । सुरक्षाकर्मीको कारबाहीमा ६ जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् ।

बंगलादेश गठन भएदेखि नै ५६ प्रतिशत कोटा प्रणाली थियो। यसको बेलाबेलामा विरोध हुँदै आएको छ । २०१८ मा पनि त्यस्तै भयो। त्यसपछि विद्यार्थीको अगाडि सरकार झुक्नुपरेको थियो ।

LS Auto

त्याहाको अवस्थालाई लिएर नेपाल , भारतसहितका देशहरुले आफ्ना नागरिकलाई घर बाहिर ननिस्किन अपिल गरेका छन् । आन्दोलन चर्किदा बंगलादेश सरकारले त्यहाँका सम्पूर्ण सरकारी तथा निजी विश्वविद्यालय र शैक्षिक संस्थाहरू अर्को सूचना जारी नभएसम्मका लागि बन्द गर्ने घोषणा गरेको छ ।

बंगलादेशको राजधानी ढाकास्थित नेपाली दूतावासका अनुसार त्यहाँ तीन हजारको हाराहारीमा नेपाली छन् । तीमध्ये अधिकांश मेडिकल विद्यार्थी छन् । बंगलादेशका युवाहरू सरकारी जागिरमा आरक्षणको विरोधमा प्रदर्शन गरिरहेका छन्।

उनीहरु सडकमा आन्दोलन गरिरहेका छन् । उनीहरुलाई रोक्न सुरक्षाकर्मी पनि सक्रिय छन् । देशभर सुरक्षाकर्मीको कारबाहीमा ४ विद्यार्थीसहित ६ जनाको मृत्यु भएको छ । त्यसको विरोधमा विद्यार्थीहरुले बिहीबार देशव्यापी बन्दको घोषणा गरेका छन् ।

प्रधानमन्त्री शेख हसिनाले मानिसको मृत्युप्रति दुःख व्यक्त गरेकी छन् । उनले यस विषयमा न्यायिक छानबिन समिति गठन गर्ने बताएकी छन् । हसिनाले प्रदर्शनकारीहरूलाई देशको सर्वोच्च अदालतमा यो मुद्दा विचाराधीन भएकाले विश्वास गर्न आग्रह गरेकी छन् ।

नेपाल ,भारत जस्तै बंगलादेशमा पनि सरकारी जागिरहरूलाई आयको स्थिर र आकर्षक स्रोत मानिन्छ। लगभग ४ लाख स्नातक गरेका बंगलादेशीहरू प्रत्येक वर्ष लगभग ३ हजार सिटकाको लागि प्रतिस्पर्धा गर्छन्।

सन् १९७१ मा बंगलादेश बनेको थियो र सोही वर्षदेखि त्यहाँ ५६ प्रतिशत कोटा प्रणाली लागू भएको थियो । तर २०१८ मा त्यसलाई सरकारी सेवाबाट हटाइएको थियो ।

बंगलादेशमा भएको विरोध प्रदर्शन प्रधानमन्त्री शेख हसिनाको सरकारका लागि पहिलो ठूलो चुनौती हो। जनवरीमा विपक्षी बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले बहिष्कार गरेको चुनावमा उनले लगातार चौथो कार्यकाल जितेकी थिइन ।

बुधबार राष्ट्रका नाममा सम्बोधन गर्दै हसिनाले प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले गोली र अश्रुग्यास प्रहार गरेपछि भएको मृत्युको छानबिन गर्न उनको सरकारले न्यायिक समिति गठन गर्ने वाचा गरिन्।

उनले अगस्ट ७ मा सर्वोच्च अदालतले सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्रताका लागि लडेका परिवारका लागि ३० प्रतिशत आरक्षण पुनर्स्थापना गर्ने उच्च अदालतको फैसलाविरुद्ध सरकारको अपिलमा सुनुवाइ हुने बताइन ।

हसिनाले विद्यार्थीलाई निर्णय नआएसम्म धैर्य गर्न आग्रह गरेकी छन् ।जसरी आज बंगलादेशमा विद्यार्थी सडकमा उत्रिएका छन्, त्यसरी नै सन् २०१८ मा पनि सडकमा उत्रिएका थिए ।

त्यो प्रदर्शन अहिले भइरहेको प्रदर्शन भन्दा पनि तीव्र थियो। त्यसपछि विद्यार्थीहरूले भनेका थिए कि हामीलाई ५६ प्रतिशत आरक्षण चाहिँदैन ।

सरकारी जागिरमा ५६ प्रतिशत आरक्षणमध्ये स्वतन्त्रता सेनानीका आफन्तलाई ३० प्रतिशत, महिलालाई १० प्रतिशत, अविकसित जिल्लामा बस्ने १० प्रतिशत, आदिवासी जनजाति ५ प्रतिशत र अपाङ्गता भएकालाई १ प्रतिशत आरक्षण दिइएको छ ।

२०१८मा विद्यार्थीहरूले दशकौंदेखि पाएको आरक्षणको विरुद्ध सडकमा उत्रिए। यो प्रदर्शन ४ महिनासम्म चलेको थियो । उनीहरुको अगाडि सरकार झुक्नुपरेको थियो । सरकारले आरक्षण पूरै खारेज गरिदिएको थियो ।

अब प्रश्न उठ्छ कि जब आरक्षण समाप्त भयो तब विद्यार्थी किन सडकमा उत्रिए ? यसको कारण के हो भने जुनमा बंगलादेशको अदालतले आरक्षण दिनु पर्ने फैसला गरेको थियो । जुनसुकै आरक्षण फिर्ता लिइयो, त्यसलाई पुनः लागू गर्नुपर्छ।

अदालतको यो निर्णयविरुद्ध विद्यार्थी सडकमा उत्रिएका छन् । सुरुमा अदालतको फैसलाको विरोध ढाकामा मात्रै भएको थियो । तर जुन १७ मा ईद–उल–अधा पर्व समाप्त भएपछि ठूलो विरोध प्रदर्शन भएको थियो।

विद्यार्थीहरुले ५६ प्रतिशत आरक्षण स्वीकार नगर्ने बताएका छन्। हामी २६ प्रतिशत आरक्षण स्वीकार गर्छौं। स्वतन्त्रता सेनानीलाई ३० प्रतिशत आरक्षण दिन नहुने उनीहरुको भनाइ छ ।

उनीहरुको तर्क छ, बंगलादेशको स्वतन्त्रताका लागि लडेका मानिसहरू अहिले वृद्ध भइसकेका छन् । उनका छोराछोरी पनि ४०–५० वर्षका छन् । यस्तो अवस्थामा आफ्ना नाति नातिनालाई आरक्षण दिनुको कारण के हो ?

सबैका लागि समान अवसर हुनुपर्ने विद्याथीहर्रु बताउँछन् । मेरिट सिस्टम हुनुपर्ने उनीहरुको मुख्य माग छ ।बंगलादेशमा कोटाविरोधी आन्दोलन चर्किरपछि बंगलादेश सरकारले त्यहाँका सम्पूर्ण सरकारी तथा निजी विश्वविद्यालय र शैक्षिक संस्थाहरू अर्को सूचना जारी नभएसम्मका लागि बन्द गर्ने घोषणा गरेको छ ।

यस्तो अवस्थामा त्याहा रहेका नेपाली विद्यार्थीको सुरक्षा चिन्ता बढेको छ । बंगलादेशको राजधानी ढाकास्थित नेपाली दूतावासका अनुसार त्यहाँ तीन हजारको हाराहारीमा नेपाली छन् । तीमध्ये अधिकांश विद्यार्थी छन् ।

बंगलादेशमा रहेका तीन हजार विद्यार्थी मध्ये दुई हजार ४०० जति मेडिकल शिक्षा अध्ययनरत छन् भने बाँही कृषि र इन्जिनियरिङ पढ्नेहरु रहेका छन् । बंगलादेशमा कोटाविरोधी आन्दोलन चकिएपछि दूतावासले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थी तथा कलेज प्रशासनलाई सम्पर्क गरी उनीहरूको अवस्था बुझ्ने काम गरिरहेको जनाएको छ ।

दूतावासको अत्यावश्यक बाहेक घर बाहिर ननिस्किन आग्रह गरेको छ । ढाकास्थित नेपाली दूतावासले बुधबार एक सूचना जारी गर्दै त्यहाँ रहेका नेपाली विद्यार्थीलाई अत्यावश्यक कामबाहेक आफू बसेको स्थानबाट बाहिर ननिस्कन अनुरोध गरेको थियो ।

दूतावासले बुधबार जारी गरेको सूचनामा भनिएको थियो, “बंगलादेशमा जारी कोटाविरोधी प्रदर्शनहरूमा भएका झडपका कारण बंगलादेश सरकारको शिक्षा मन्त्रालयले सम्पूर्ण सरकारी तथा निजी विश्वविद्यालय र शैक्षिक संस्थाहरू अर्को सूचना जारी नभएसम्मका लागि बन्द रहने भनी गरेको निर्णयको सन्दर्भमा बगलादेशमा अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरूलाई सुरक्षित रहन, अत्यावश्यक कामबाहेक होस्टेल वा आफू बसेको स्थानबाट बाहिर ननिस्कन तथा आ–आफ्नो कलेज प्रशासनको निर्देशन पालना गर्नुहुन अनुरोध गरिन्छ ।”

कारणवश कलेज प्रशासनले होस्टेलबाट अन्य सुरक्षित स्थानमा जान निर्देशन दिएमा वा आफू बसेको स्थानमा सुरक्षा अवस्था प्रतिकूल भएमा दूतावासमा सम्पर्क गर्न भनिएको छ । बंगलादेशमा आरक्षणविरुद्धको आन्दोलन बारे तपाईका विचार अवश्य ब्यक्त गर्नुहोला ।

Tags: #बंगलादेशमा आरक्षणको विरोध#सुरक्षाकर्मीको कारबाही

लोकप्रीय

जेनजी अगुवा र गगनबीच डेढ घण्टा छलफल, अब पार्टी हाँक्ने विश्वको दाबी

जेनजी अगुवा र गगनबीच डेढ घण्टा छलफल, अब पार्टी हाँक्ने विश्वको दाबी

शनिबार पुस १९ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

शेखरको साथ पाइपछि देउवा पक्ष उत्साहित, विशेष महाधिवेशनमा बहुमत नपुग्ने दाबी

शनिबार पुस १९ , २०८२
आज बाट श्री स्वस्थानी व्रत सुरु

आज बाट श्री स्वस्थानी व्रत सुरु

शनिबार पुस १९ , २०८२

विचार

जेनजी अगुवा र गगनबीच डेढ घण्टा छलफल, अब पार्टी हाँक्ने विश्वको दाबी

जेनजी अगुवा र गगनबीच डेढ घण्टा छलफल, अब पार्टी हाँक्ने विश्वको दाबी

शनिबार पुस १९ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

शेखरको साथ पाइपछि देउवा पक्ष उत्साहित, विशेष महाधिवेशनमा बहुमत नपुग्ने दाबी

शनिबार पुस १९ , २०८२
आज बाट श्री स्वस्थानी व्रत सुरु

आज बाट श्री स्वस्थानी व्रत सुरु

शनिबार पुस १९ , २०८२

थप समाचार

जेनजी अगुवा र गगनबीच डेढ घण्टा छलफल, अब पार्टी हाँक्ने विश्वको दाबी
समाचार

जेनजी अगुवा र गगनबीच डेढ घण्टा छलफल, अब पार्टी हाँक्ने विश्वको दाबी

शनिबार पुस १९ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै
निर्वाचन

शेखरको साथ पाइपछि देउवा पक्ष उत्साहित, विशेष महाधिवेशनमा बहुमत नपुग्ने दाबी

शनिबार पुस १९ , २०८२
आज बाट श्री स्वस्थानी व्रत सुरु
समाज

आज बाट श्री स्वस्थानी व्रत सुरु

शनिबार पुस १९ , २०८२
भद्रपुरमा बुद्ध एयरको भयानक दुर्घटना, रनवे सकिएको पत्तै पाएन
समाचार

भद्रपुरमा बुद्ध एयरको भयानक दुर्घटना, रनवे सकिएको पत्तै पाएन

शनिबार पुस १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News : भेनेजुएलामा ट्रम्पको शासन,किमद्वारा क्षेप्यास्त्र प्रहार, राष्ट्रसंघको बैठक सोमबार

World News : भेनेजुएलामा ट्रम्पको शासन,किमद्वारा क्षेप्यास्त्र प्रहार, राष्ट्रसंघको बैठक सोमबार

00:26:22

World News: पाक सभामुखसंग जयशंकरको भेट, इरानमा विरोध चर्कियोः ७ प्रदर्शनकारीको मृ*त्यु ||Nepal Times

00:20:20

World News: नेपालीसहित हजारौँ आप्रवासी निकाल्ने ट्रम्पको निर्णयमा अदालतको रोक || Nepal Times

00:18:26

टर्कीएमा आ ईए सविरुद्ध का रबाही, भारत चौथो अर्थतन्त्र || Nepal Times

00:24:02

भेनेजुएलामा अमेरिकाको पहिलो भूमिगत आक्रमण, ट्रम्पलाई नेतन्याहुको सम्मान|| Nepal Times

00:20:57

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

रुसले सैनिकको संख्या डेढ गुणाले बढाउने

युक्रेनले पुटिनको निवासमा ९१ ड्रोन प्रहार गर्यो,ट्रम्प रिसले चुर

मङ्लबार पुस १५ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

गगन विश्वलाई छाडेर देउवाको कित्तामा उभिए शेखर

शुक्रबार पुस १८ , २०८२
जेनजी अगुवा र गगनबीच डेढ घण्टा छलफल, अब पार्टी हाँक्ने विश्वको दाबी

जेनजी अगुवा र गगनबीच डेढ घण्टा छलफल, अब पार्टी हाँक्ने विश्वको दाबी

शनिबार पुस १९ , २०८२

हालका पोस्टहरू

जेनजी अगुवा र गगनबीच डेढ घण्टा छलफल, अब पार्टी हाँक्ने विश्वको दाबी

जेनजी अगुवा र गगनबीच डेढ घण्टा छलफल, अब पार्टी हाँक्ने विश्वको दाबी

शनिबार पुस १९ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

शेखरको साथ पाइपछि देउवा पक्ष उत्साहित, विशेष महाधिवेशनमा बहुमत नपुग्ने दाबी

शनिबार पुस १९ , २०८२
आज बाट श्री स्वस्थानी व्रत सुरु

आज बाट श्री स्वस्थानी व्रत सुरु

शनिबार पुस १९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.