×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

स्पेनविरुद्ध अर्जेन्टिना फाइनलिसिमा २०२५ मा भिड्ने

४ श्रावण २०८१

४ साउन , एजेन्सी ।
२०२४ को युरोकप र कोपा अमेरिकाका विजेताहरु स्पेन र अर्जेन्टिना अब २०२५ मा आमनेसामने हुँदैछन् । यी दुवै च्याम्पियनहरुले अब २०२५ मा हुने अर्को महत्त्वपूर्ण टुर्नामेन्ट फाइनलिसिमामा एकअर्काविरुद्ध परिक्षणमा उत्रिने छन् । हालै स्पेनले आफूलाई युरोपेली च्याम्पियनसिपको इतिहासमा सबैभन्दा सफल टिम सावित गरिसकेको छ ।

युरोकप २०२४ मा उसले खेलेका सबै म्याच जित्यो । यो आफैंमा दुर्लभ थियो । साविक विजेता इटालीसहित क्रोएसिया, अल्बानिया, जर्जिया, जर्मनी, फ्रान्स र इंग्ल्याण्डलाई पाखा लगाउनु उपाधिबाहेक छुट्टै विशेष उपलब्धि थियो । आइतबार युरोकप २०२४ फाइनलमा स्पेन र इंग्ल्याण्डले महाद्वीपीय ट्रफीसँगै प्राप्त हुने प्रतिष्ठाका लागि प्रतिस्पर्धा गरे ।

Advertisement
Advertisement

सँगै धेरैलाई कमै थाहा भएको अर्को उपाधिनजिक जाने प्रयासमा पनि यी दुई टिमले प्रतिस्पर्धा गरेका थिए, त्यो हो– फाइनलिसिमा । हो, युरो च्याम्पियन स्पेनले सन् २०२५ मा हुने अर्को महत्त्वपूर्ण टुर्नामेन्ट फाइनलिसिमामा स्थान सुरक्षित गरेको छ । फाइनलसिमा एक यस्तो म्याच हो, जसमा कोपा अमेरिकाको विजेता र युरोपेली च्याम्पियनसिपमा जित्ने टिमबीच भिडन्त हुन्छ ।

यसपल्ट कोपा अमेरिका २०२४ को उपाधि अर्जेन्टिनाले जितेको छ । त्यसैले सन् २०२५ मा हुने फाइनलिसिमामा अर्जेन्टिना र स्पेनबीच उपाधि भिडन्त हुने छ । विश्वविजेता अर्जेन्टिना लगातार दोस्रोपल्ट कोपा अमेरिकाको उपाधि जितेर फाइनलिसिमाका लागि तयार छ । सन् २०२१ को युरो च्याम्पियन इटालीलाई फाइनलिसिमामा कोपा २०२१ विजेता अर्जेन्टिनाले सजिलै हराइदिएको थियो ।

यसपल्ट उसले युरोपकै सफल टिम स्पनेको सामना गर्ने छ । रोचक के भने, आफूले आदर्श मानेका अर्जेन्टिनी स्टार लियोनल मेसीलाई स्पेनिस योङस्टार लेमिन यमालले चुनौती दिनेछन् । दाहिने खुट्टामा लागेको चोटका कारण मेसीले कोपा अमेरिका २०२४ फाइनल पूरा खेल्न पाएनन् । खुट्टामा गम्भीर चोट लागेका उनी अबको डेढ महिना फुटबल खेल्ने छैनन् ।

मेसीले संन्यास लिने चर्चा पनि अहिलेलाई सेलाएको छ । त्यसैले उनले फाइनलिसिमा खेल्ने धेरैको अनुमान छ । यो मात्र होइन, उस्तै परे सन् २०२६ को विश्वकपमा समेत मेसी देखिन सक्ने अनुमान छ । यता, हालै सम्पन्न युरोबाट चम्किएका यमालले फ्रान्सविरुद्ध गोल गरेर स्पेनलाई फाइनलमा लगेका थिए । उनलाई फुटबलको नयाँ स्टारको रूपमा हेरिएको छ ।

अर्जेन्टिनासँग फाइनलिसिमा खेल्दा यमालले आफ्ना आदर्श मेसीलाई मैदानमा पाउँछन÷पाउँदैनन्, यो मेसीको हातमा छ । फाइनलिसिमा कोपा अमेरिका र युरो कप आयोजकबीच भएको सम्झौताको एक हिस्सा हो । खेलकुदको विस्तार, विकास र खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यी दुई संगठनले सहकार्य गरेका हुन् ।

फाइनलिसिमाको पछिल्लो संस्करण जून २०२२ मा लण्डनमा भएको थियो । आगामी संस्करणको ठ्याक्कै मिति तोकिएको छैन । यद्यपि, पहिलाकै जस्तो जून वा जुलाई २०२५ मा हुन सक्छ । यसपालिको खेल कहाँ खेलाइन्छ भन्ने पनि टुंगो लागिसकेको छैन । जहाँ भए पनि दुई सफल टिमबीचको प्रतिस्पर्धा निकै रोचक हुने छ ।

Advertisement

फाइनलिसिमा पहिलोपल्ट सन् १९८५ मा आयोजना गरिएको थियो, जसमा १९८४ को युरोपेली च्याम्पियनसिपको विजेता फ्रान्सको सामना सन् १९८३ को कोपा अमेरिका विजेता उरुग्वेसँग भएको थियो । म्याच फ्रान्सले २–० ले आफ्नो पक्षमा पारेको थियो ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top