×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

बंगलादेशबाट ज्यान जोगाउन नेपालीहरु भारत छिरे

४ श्रावण २०८१

४ साउन , एजेन्सी ।
बंगलादेशमा आरक्षणविरुद्ध चलिरहेको आन्दोलन झनै हिंस्रक बन्दै गएको छ । आन्दोलनका क्रममा बङ्गलादेशका विभिन्न भागमा अहिलेसम्म कम्तीमा २५ जनाको ज्यान गएको छ । सयौँ मानिस घाइते भएका छन् । देशैभर आन्दोलन हिंसात्मक बन्दा धेरै ठाउँमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको अन्राष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।आरक्षण विरोधी आन्दोलन चर्किएपछि बङ्गलादेशमा मोबाइल इन्टरनेट नेटवर्क बन्द गरिएको छ ।

प्रदर्शनकारीले सरकारी जागिरमा आरक्षण खारेज गर्नुपर्ने माग गरेका छन् । यसैबीच, प्रदर्शनका क्रममा बङ्गलादेशको राष्ट्रिय च्यानल बीटीभीको कार्यालयमा हिजो दिउँसो आगलागी हुँदा धेरै मानिस त्यहाँ फसेका थिए । आगो निभाउन समयमा दमकल पनि नआएको र सुरक्षाकर्मीले पनि आवश्यक सहयोग नगरेको बिटिभीका अध्यक्षले बताएको खबरमा उल्लेख छ ।

Advertisement
Advertisement

गएको महिना रिट निवेदनका आधारमा उच्च अदालतले सन् २०१८ मा सरकारी जागिरमा आरक्षण खारेज गर्ने सरकारको सूचनालाई अवैधानिक घोषणा गरेको थियो । अदालतको यो फैसलापछि आरक्षण विरुद्धको आन्दोलन शुरु भएको हो । विरोध बढ्दै गएपछि सरकारले यसअघि बङ्गलादेशका सबै विश्वविद्यालय, क्याम्पस र विद्यालयहरू अर्को सूचना नभएसम्मका लागि बन्द गरेको छ ।

बंगलादेशमा आन्दोलन चर्किएपछि त्यहाँ रहेका नेपाली भारतसँग बंगलादेशको सीमा जोडिएको मेघालयको दावकी एकीकृत चेकपोस्ट हुँदै भारत प्रवेश गरेका छन् । भारतीय पत्रिका हिन्दुस्तान टाइम्सका अनुसार बिहीबार साँझ ६ ः ४५ बजेसम्ममा २०२ भारतीय सिलोङबाट ८१.५ किमी टाढा रहेको सो नाकाबाट भारततर्फ छिरेका थिए । ती विद्यार्थीको सुरक्षाको आवश्यक प्रबन्ध गरिएको समाचारमा उल्लेख छ ।

सीमा पार गरेर भारत आउनेमा सबैभन्दा बढी नेपालका १०१, भुटानका ७, भारतका २३ र चारजना पर्यटक भएको प्रहरी अधिकारीलाई उदृत गर्दै समाचारमा जनाइएको छ । नेपाली विद्यार्थी भारततर्फ आएको नेपाली अधिकारीहरूले भने पुष्टि गरेका छैनन् । ती प्रहरी अधिकारीले राज्य सरकार भारतीयहरूको सुरक्षित फिर्ताका लागि बंगलादेशको हाइ कमिसन र ल्यान्डपोर्ट अथोरिटीको सम्पर्कमा रहेको समेत जनाएका छन् ।

विश्वविद्यालयका विद्यार्थीहरूले गरेको यो प्रदर्शन अहिले देशव्यापी भएको छ । प्रधानमन्त्री शेख हसिनाको सम्बोधनपछि पनि प्रदर्शन रोकिएको छैन । बुधबार प्रधानमन्त्री हसिनाले राष्ट्रका नाममा सम्बोधन गरेकी थिइन् । उनले आन्दोलनमा उत्रिएका विद्यार्थीलाई धैर्य रहन आग्रह गरेकी थिइन् । उनले अदालती प्रक्रियाबाट सबैले न्याय पाउने बताएकी थिइन् । तर उनको सम्बोधनपछि प्रदर्शन झन् देशव्यापी बनेको हो ।

बिहीबार साँझदेखि बंगलादेशका अधिकांश अनलाइन मिडियाहरूमा समाचारसमेत पोस्ट भएका छैनन् । साथै टेलिभिजन च्यानलहरू पनि सामाजिक सञ्जाल र युट्युबमा प्रत्यक्ष प्रसारणमा छैनन् । अधिकांश बंगलादेशी टेलिभिजन च्यानलहरूले युट्युबमा प्रत्यक्ष प्रसारण गर्छन् । बंगलादेशको स्वतन्त्रता आन्दोलनमा सक्रिय व्यक्तिका छोराछोरीलाई सरकारी जागिरमा दिइएको आरक्षणको विरोधमा सुरु भएको आन्दोलनले हिंसात्मक रूप लिएको हो ।

‘मुक्ति बाहिनी’ को स्वतन्त्रता संग्रामपछि बंगलादेश सन् १९७१ मा पाकिस्तानबाट अलग भएको थियो । उक्त आरक्षण प्रणालीविरुद्ध केही दिनदेखि विश्वविद्यालयका विद्यार्थीहरूले ठाउँठाउँमा ¥याली गर्दै आएका थिए । आरक्षणको विरोधमा उत्रिएका विद्यार्थीको प्रहरी र सत्तारूढ अवामी लिगको भ्रातृ संगठन बंगलादेश छात्र लिग (बीसीएल) बीच देशका विभिन्न ठाउँमा हिंसात्मक झडप भएका छन ।

छात्र लिग सरकारको योजनाको पक्षमा छ भने अन्य विद्यार्थी आरक्षणले विशेष व्यक्तिलाई मात्र लाभ पुग्ने भन्दै विरोधमा उत्रिएका हुन । आरक्षणविरोधी विद्यार्थी र बीसीएलका सदस्यबीचको झडपपछि प्रहरीले अश्रुग्यास र रबरका गोली प्रहार गरेको जनाइएको छ । बंगलादेशमा केही सरकारी पदमा महिला, जातीय अल्पसंख्यक र शारीरिक रूपमा अपांगता भएका व्यक्तिका लागि पनि आरक्षणको व्यवस्था छ ।

एकतिहाइ पदहरू भने ‘युद्धको समयका नायक’ वर्गीकृत गरिएका मानिसका सन्तानका लागि छुट्याइने गरेको छ । सरकारी जागिरमा ५६ प्रतिशत आरक्षणमध्ये स्वतन्त्रता सेनानीका आफन्तलाई ३० प्रतिशत, महिलालाई १० प्रतिशत, अविकसित जिल्लामा बस्ने १० प्रतिशत, आदिवासी जनजाति ५ प्रतिशत र अपाङ्गता भएकालाई १ प्रतिशत आरक्षण दिइएको छ ।

२०१८मा विद्यार्थीहरूले दशकौंदेखि पाएको आरक्षणको विरुद्ध सडकमा उत्रिए। यो प्रदर्शन ४ महिनासम्म चलेको थियो । उनीहरुको अगाडि सरकार झुक्नुपरेको थियो । सरकारले आरक्षण पूरै खारेज गरिदिएको थियो । तर अदालतले फेरि त्यसलाई निरन्तरता दिन आदेश जारी गरेपछि आन्दोलनमा उत्रिएका विद्यार्थीहरु उक्त व्यवस्था भेदभावपूर्ण भएको बताउँदै सरकारी जागिरमा योग्यताका आधारमा पदपूर्ति हुनुपर्ने बताउदै आएका छन् ।

Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top