४ साउन , एजेन्सी ।
विश्वभरका ४० वर्ष मुनिका प्याथोलोजिष्ट, मेडिकल ल्याब टेक्नोलोजिष्ट तथा ल्याबमा कार्यरत अनुशन्धानकर्ताहरुको छनोटमा एक नेपाली अनुशन्धानकर्ता उत्कृष्ट ४० भित्र पर्न सफल भएका छन् । विराटनगरका अश्विनीकुमार नेपाल अमेरिकन सोसाइटी फर क्लिनिकल प्याथोलोजी एएससीपीद्वारा विश्वभरी बाट ४० बर्ष मुनिका ४० शीर्ष आविष्कारकहरू सुचीमा पर्न सफल भएका हुन् ।
अब छनोट भएका शीर्ष ४० मध्येबाट शीर्ष ५ जना अनुशन्धानकर्ता भने भोटिङबाट छनोट गरिने अमेरिकन सोसाइटी फर क्लिनिकल प्याथोलोजीले जनाएको छ । अमेरिका नेपाल सोसाइटी फर मेडिकल ल्याब्रोटरी साइन्सको सचिब समेत रहेका जुनियर साइन्टिस्ट उपाधि प्राप्त नेपाललाई अब उत्कृस्ट ५ मा पार्न यही साउन ७ गतेभित्र भोटिङ गर्न सकिनेछ ।
विराटनगरमा विद्यालय शिक्षा हासिल गरी पोखरा विश्वविद्यालयबाट मेडिकल ल्याब टेक्नोलोजीमा स्नातक गरेका नेपालले विपी कोइराला स्वास्थ्य विज्ञानप्रतिष्ठान धरानबाट मेडिकल बायो क्यामेस्ट्रीमा स्नातकोत्तर गरेका थिए । २०१३ मा इरास्मस मुन्डस छात्रबृत्ति पाएर नेदरल्याण्डस् गएका उनी हाडजोर्नी विषयमा विद्याबारिधी गरी अमेरिका गएका थिए ।
उनी अहिले अमेरिकाको ओहायोस्थित कम्प्युनेट क्लिनिकल ल्याबरोटेरीका प्रमुख छ । उत्कृष्ट ५ मा पर्नेहरुलाई एएससीपीले अर्का महिना एक भव्य कार्यक्रमको आयोजना गरी सम्मान गर्ने छ । एएससीपी कार्यक्रमले ४० वर्ष मुनिका सदस्यहरूलाई उनीहरूको उपलब्धि र नेतृत्व गुणहरूका आधारमा छनोट गर्ने गर्दछ । यसले रोगविज्ञान र प्रयोगशाला चिकित्सामा महत्वपूर्ण योगदान गर्ने एएसीपीले जनाएको छ ।