NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
इरानमा फेरि बमबारी गर्ने ट्रम्पको धम्की, युरोपसंग वार्ता सुरु गर्दै इरान सोमवार साउन ५ , २०८२
अध्यक्ष बन्न मरिहत्ते गरिरहेका ओली,१४ वर्षे जेल समय घटाउनु पर्ने सोमवार साउन ५ , २०८२
नेपाल vs बंगलादेश , आजको निर्णायक खेलमा कस्तो रहला नेपालको performance ? सोमवार साउन ५ , २०८२
भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन् शुक्रबार साउन २ , २०८२
एमालेभित्र किचलो, बाहिर ‘पुराना तीन यार’को अंगालो शुक्रबार साउन २ , २०८२
Next
Prev

समाचार

फसादमा परिन् उपसभामुख, के भन्छन्, सभामुख ?

शुक्रबार साउन ४ , २०८१
Reading Time: 1 min read
A A
अमेरिकी भिसा दिन उपसभामुखको लेटर हेडबाट निवेदन
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

४ साउन, काठमाण्डौ।
प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा उपसभामुख इन्दिरा रानामगरले अमेरिकी दूतावासलाई लेखेको पत्रबारे प्रश्न उठेको छ ।

समितिको शुक्रबार बसेको बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसद्को गरिमासँग जोडिने प्रश्न उठेको बताउँदै सभामुख र उपसभामुखको धारणा मागेका थिए ।

“यो गम्भीर विषय आयो । यो संसद्को गरिमासँग जोडिएको, हाम्रो मानमर्यादासँग जोडिएको विषय आयो,” खतिवडाले बैठकमा भनेका थिए, “यो केसलाई कसरी लैजाने हो ? सभामुखले कसरी लिनुभएको छ ? उपसभामुख यहीँ हुनुहुन्छ, कसरी लिनुहुन्छ ?” खतिवडाले पत्रबारे प्रश्न उठाएपछि सभामुखले आफूले पत्रपत्रिकाबाट जानकारी पाए पनि उपसभामुखसँग संवाद नभएको बताए ।

“सभामुखज्यूले मैले पनि पत्रपत्रिका हेरेर थाहा पाएँ, यसबारे उपसभामुखसँग कुरा गर्न पाएको छैन । कुरा गर्छु भन्नुभयो,” खतिवडाले भने, “उहाँले आज कार्यव्यवस्थामा होइन, यसबारे छुट्टै छलफल गरौँला भन्नुभएको छ ।”

खतिवडाका अनुसार बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले उपसभामुखको विषयबारे बोलेनन् । “उपसभामुख त्यसममा बोल्न खोज्दै हुनुहुन्थ्यो । सभामुखले छुट्टै छलफल गरौँला भनेपछि रोकिनुभयो,” उनले भने ।

यता पदीय दुरुपयोग गरेको आरोप लगाउँदै रानाविरुद्ध संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ । उपसभामुख रानाले पदको दुरुपयोग गरी काठमाडौंस्थित अमेरिकी राजदूतावासमा गैरसंसद् व्यक्तिलाई भिसा सिफारिस गरेको आरोप लगाउँदै भक्तपुरका अर्जुन बास्कोटाले राज्य व्यवस्था समितिमा उजुरी दिएका हुन ।

उजुरीमा उपसभामुखमाथि छानबिन गरी जिम्मेवारीबाट हटाउनसमेत माग गरिएको छ । यता रास्वपाका तत्कालीन महामन्त्री मुकुल ढकालले उपसभामुख इन्दिरा राना मगरसम्बन्धी विवादबारे वैशाखतिरै पार्टी नेतृत्व जानकार रहेको बताएका छन् ।

उनले अमेरिका लैजाने आश्वासन दिएर पैसा उठाएको र जान नपाएपछि एकजना पीडितले पार्टीमा उजुरी दिएपछि आफूले नेतृत्वलाई जानकारी दिएको बताएका छन् ।

ढकालले आफूले पार्टी सभापति रवि लामिछाने‚ उपसभापति स्वर्णिम वाग्ले‚ सहकोषाध्यक्ष दिपक बोहरासहित शीर्ष नेतृत्वलाई जानकारी गराएको बताए ।

पीडितले पार्टीमा उजुरी दिएपछि आफूले पैसा फिर्ता पाएको र थप झमेलामा पर्न नचाहेकाले बयान दिन आउदिनँ भनेपछि विषय अघि नबढेको ढकालको दाबी छ ।

आफूले यसबारे गृह मन्त्रालयलाई पनि बुझ्न लगाएको उनको भनाइ छ । यता उपसभामुख इन्दिरा रानाले अमेरिकी दूतावासमा पठाएको विवादित पत्रबारे स्पष्टीकरणसहितको विज्ञप्ति जारी गर्दै आफूविरुद्ध ’नियोजित कदम’ चालिएको बताएकी छन् ।

उनले आफूले करूणाभावले उक्त पत्र लेखेको तर पत्र लेखेको डेढवर्षपछि विवादित बनाउन खोजिनुको पछि नियोजित कदम रहेको उल्लेख गरेकी छन् ।

मैले करुणाभावले सहयोग गर्न खोजेको विषयलाई उक्त पत्र लेखेको झण्डै डेढ वर्षपछि विवादित गराउन खोज्नु म विरुद्ध नियोजित कदम रहेको देखिन्छ । मलाई नजिकबाट चिनेहरु मेरो स्वभावसँग जानकारै हुनुहुन्छ ।

मेरा स्वभावगत कमजोरी धेरै होलान्, त्यसबाट फाइदा उठाउने पनि धेरै होलान् तर अनैतिक कार्य मबाट भएको छैन, हुने छैन’ उपसभामुख रानाले भनेकी छन्,’आम जीवनबाट राजनीतिमा आइपुग्दा मैले दशकौ लगाएर आर्जन गरेको प्रतिष्ठा र सेवामा समर्पित सार्वजनिक जीवन माथि लाञ्छना लगाउने कुत्सित प्रयासबाट कत्ति पनि विचलित नभइ म नेपाल र नेपालीको सेवामा निरन्तर लागिरहेको जानकारी गराउन चाहन्छु ।’

गत वर्ष २०२३ को मार्च महिनामा यूएनसिएसडब्लुको सम्मेलनसँगै समानान्तर रूपमा आयोजना हुने एनजीओसीएसडब्लु ६७ को सहभागिताको लागि आफू लगायत अन्य सहभागीलाई आएको निमन्त्रणा स्वीकार गरेको उलेल्ख गर्दै उनले अमेरिका जाने क्रममा – यात्रा गर्नुपर्ने समयावधि अत्यन्त छोटो रहेको तर राजदूतावासमा अन्तर्वार्ताको मिति लिन लामो समय कुर्नुपर्ने अवस्था रहेकोले आफूले पत्र लेखेको उल्लेख गरेकी छन् ।

’मैले मसँगै उक्त कार्यक्रममा सहभागी हुन जान निमन्त्रणा आएको र उक्त कार्यक्रममा मेरो लागि सहयोगी समेत भैदिने हुनाले अन्तर्वार्ताको लागि मिति लिइदिन अनुरोध गरेपछि मैले नेपालस्थित संयुक्त राज्य अमेरिकाको राजदूतावासलाई अन्तर्वार्ताको लागि मिति राखिदिन अनुरोध मात्र गरेको थिएँ’ उनले भनेकी छन् ।

उनले कसैलाई भिसा दिने वा नदिने स्वः निर्णय राजदूतावासले आफ्नो नीति र प्रक्रिया बमोजिम गर्ने उल्लेख गरेकी छन् । ’मैले कसैको भिसाको लागि अनुरोध पनि गरेको छैन । हैन । उक्त सम्मेलनमा सहभागी भइसकेपछि पनि म अन्य कार्यक्रमको सिलसिलामा अमेरिका लगायत अन्य मुलुकको यात्रा गरिरहेको छुु’ उनले भनेकी छन् ।

काठमाडौंस्थित अमेरिकी दूतावासलाई आफूसहित ६ जनाको भिसाको अन्तरवार्ताको समय मिलाइदिन लेखेको पत्र सार्वजनिक भएपछि उपसभामुख रानामगर विवादमा परेकी हुन् ।

उपसभामुख रानामगरले सन् २०२३ फ्रेब्रुअरी २६ मा रानाले अमेरिकाको न्यूयोर्कमा आयोजना भएको ‘एनजिओ सिएसडब्लु ६७’ कार्यक्रममा आफूसहित अन्य पाँच जना सहभागी हुन जान लागेको र व्यस्त कार्यतालिका भएकाले भिसाको अन्तरवार्ताको मिति मिलाइदिन दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि सामाजिक सञ्जाल र मिडियामा उनको आलोचना मात्र होइन राजीनामा दिने दबाब पनि बढेको छ ।

रानाले दूतावासलाई लेखेको पत्रमा आफूसहित उपेन्द्र गौतम, सुस्मा लामा, राजेश लामा तामाङ, सुजन घर्तीमगर र धनबहादुर गुरूङका लागि भिसा अन्तरवार्ताको समय तत्काल उपलब्ध गराईदिन आग्रह गरेकी छन् ।

उपसभामुख रानाले व्यक्तिगत रुपमा पत्र लेखेको र संसद् सचिवालयसँग असम्बन्धित व्यक्तिहरूलाई भिसा अन्तरवार्ताको लागि सिफारिस गरेकाले प्रश्न उठेको हो ।

उपसभामुख संवैधानिक परिषद्को सदस्यसमेत हुने र उनको यो प्रकरणले देशकै बदनाम गरेको भन्दै सरकारले नै कदम चाल्नु पर्ने आवाज समेत उठेको छ । उपसभामुख पद विशिष्ट व्यक्तिहरुकोे मर्यादाक्रममा सातौँ नम्बरमा पर्छ ।

राज्यबाट उच्च अपदस्थ ‘भीआईपी’ सुविधा लिने व्यक्ति विदेश जानुपरे भिसा प्रक्रिया सरकारी संयन्त्रले गरिदिन्छ । झापा शनिश्चरेकी राना मगर राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक संसदबाट उपसभामुख निर्वाचित भएकी हुन् ।

Tags: #फसादमा परिन् उपसभामुख#मुकुलले फेरि खोले पोल

लोकप्रीय

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इरानमा फेरि बमबारी गर्ने ट्रम्पको धम्की, युरोपसंग वार्ता सुरु गर्दै इरान

सोमवार साउन ५ , २०८२
स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

अध्यक्ष बन्न मरिहत्ते गरिरहेका ओली,१४ वर्षे जेल समय घटाउनु पर्ने

सोमवार साउन ५ , २०८२
नेपाल vs बंगलादेश , आजको निर्णायक खेलमा कस्तो रहला नेपालको performance ?

नेपाल vs बंगलादेश , आजको निर्णायक खेलमा कस्तो रहला नेपालको performance ?

सोमवार साउन ५ , २०८२

विचार

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इरानमा फेरि बमबारी गर्ने ट्रम्पको धम्की, युरोपसंग वार्ता सुरु गर्दै इरान

सोमवार साउन ५ , २०८२
स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

अध्यक्ष बन्न मरिहत्ते गरिरहेका ओली,१४ वर्षे जेल समय घटाउनु पर्ने

सोमवार साउन ५ , २०८२
नेपाल vs बंगलादेश , आजको निर्णायक खेलमा कस्तो रहला नेपालको performance ?

नेपाल vs बंगलादेश , आजको निर्णायक खेलमा कस्तो रहला नेपालको performance ?

सोमवार साउन ५ , २०८२

थप समाचार

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति
अन्तर्राष्ट्रिय

इरानमा फेरि बमबारी गर्ने ट्रम्पको धम्की, युरोपसंग वार्ता सुरु गर्दै इरान

सोमवार साउन ५ , २०८२
स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने
ताजा समाचार

अध्यक्ष बन्न मरिहत्ते गरिरहेका ओली,१४ वर्षे जेल समय घटाउनु पर्ने

सोमवार साउन ५ , २०८२
नेपाल vs बंगलादेश , आजको निर्णायक खेलमा कस्तो रहला नेपालको performance ?
खेलकुद

नेपाल vs बंगलादेश , आजको निर्णायक खेलमा कस्तो रहला नेपालको performance ?

सोमवार साउन ५ , २०८२
भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्
अन्तरबार्ता

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

शुक्रबार साउन २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Syria झडपमा 900 बढीको मृ*त्यु, बेलायतमा प्यालिस्टिनी समर्थक प*क्रा*उ || Nepal Times

World News: Syria झडपमा 900 बढीको मृ*त्यु, बेलायतमा प्यालिस्टिनी समर्थक प*क्रा*उ || Nepal Times

00:16:27

World News: India–Pakistan यु*द्धमा ५ जेट खसेको Trumpको दाबी, विहारमा चट्याङले ३३ को मृ*त्यु

00:17:55

World News:Delhiका २० स्कुल ब*मले उडाउने धम्की, Trump अलोकप्रिय अनि विरामी || Nepal Times

00:19:58

World News: इरानी राजदूत मोस्ट वान्टेड, २० राज्यद्वारा ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर

00:17:24

World News: Ukraineमा जासुसी गर्ने अमेरिकीलाई Russian पासपोर्ट, लेबनानमा फेरि ह*म*ला || Nepal Times

00:16:18

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हिजो,आज र भोलिको अन्तरद्वन्द्व

हिजो,आज र भोलिको अन्तरद्वन्द्व

मङ्लबार साउन ३ , २०७९
तीन दिनसम्म वर्षा,आज कहाँ पर्दैछ पानी ?

आज यी ठाउँमा ठूलो वर्षा, २७ जिल्लामा बाढीको खतरा

बिहिबार साउन १ , २०८२
साउनमा सोमबारको व्रत किन लिने ? यस्तो छ वैज्ञानिक कारण

साउनमा सोमबारको व्रत किन लिने ? यस्तो छ वैज्ञानिक कारण

सोमवार साउन ५ , २०७७

हालका पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इरानमा फेरि बमबारी गर्ने ट्रम्पको धम्की, युरोपसंग वार्ता सुरु गर्दै इरान

सोमवार साउन ५ , २०८२
स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

अध्यक्ष बन्न मरिहत्ते गरिरहेका ओली,१४ वर्षे जेल समय घटाउनु पर्ने

सोमवार साउन ५ , २०८२
नेपाल vs बंगलादेश , आजको निर्णायक खेलमा कस्तो रहला नेपालको performance ?

नेपाल vs बंगलादेश , आजको निर्णायक खेलमा कस्तो रहला नेपालको performance ?

सोमवार साउन ५ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.