सौर्य जहाजमा सवार थिए १७ प्राविधिक , २ शव फेला

८ साउन ८१, बुधबार

९ साउन , काठमाण्डौ ।
काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा जहाज दुर्घटनामा परेको छ । सौर्य एयरलाइन्सको जहाजमा सवार दुई जनाको शव फेला परेको छ । उद्धारकर्ताहरुले २ जनाको शव घटनास्थलमा फेला परेका छन् । जहाजमा सवारहरु केहीलाई उद्धार गरेर अस्पताल पठाइएको छ भने अन्यको खोजी कार्य जारी रहेको विमानस्थल प्रहरीले जनाएको छ ।

सौर्य एयरको जहाज प्राविधिकसहितको टोली लिएर पोखरा जान लागेको बेला दुर्घटनामा परेको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख दीपक थापाका अनुसार पोखरा उडेको जहाज धमावनमार्ग छाड्दा साथ दुर्घटनामा परेको हो । अहिले दुर्घटनामा परेको जहाजको उद्धार कार्य जारी रहेको छ ।

विमानस्थल कार्यालयका प्रमुख जगन्नाथ निरौलाले सौर्य एयरको जहाज दुर्घटनामा परेको बताए । कलसाइन अल्फा एमई रहेको जहाज दुर्घटनामा परेको जनाइएको छ । जहाज उड्न लागेका बेला सन्तुलन बिग्रिएर दुर्घटनामा परेको बताइएको छ । सौर्य एयरका एक उच्च अधिकारीले दिएको जानकारीअनुसार जहाजमा चालक दलका सदस्य र प्राविधिक रहेका थिए ।

Advertisement

प्राविधिक चेकजाँचका लागि जहाज पोखरा लैजान लागिएको थियो । उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीका अनुसार जहाजका क्याप्टेन मणि शाक्यलाई उद्धार गरेर अस्पताल पठाइएको छ । उनका अनुसार उपचारका लागि शाक्यलाई केएमसी अस्पताल पठाइएको हो । जहाज सी चेकका लागि पोखरा लैजान लागिएको थियो ।

जहाजले ग्राउन्ड छाडिसकेपछि नियन्त्रणबाहिर गएको थियो । सौर्य एयरका डेपुटी जनरल म्यानेजर उमेश आचार्यका अनुसार १७ जनाको टोली लिएर जहाज पोखरा जान लागेको थियो । अहिले दुर्घटनग्रस्त जहाजको उद्धार कार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितको टोली खटिइसकेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

सम्बन्धित समाचार

Scroll to Top