×

NEPAL TIMES UPDATES

Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026

२१ वर्ष पूरानो सौर्य इन्जिन परीक्षण गर्न नपाई ध्वस्त

९ श्रावण २०८१

९ साउन, विराटनगर ।

यातायातका दृष्टिले हवाई उडानलाई सुरक्षित मानिन्छ, तर विमान दुर्घटनाको क्रम नरोकिनुले नेपाली आकाश असुरक्षित हुँदै गएको थप पुष्टि गरेको छ । आज भएको सौर्य एयरलाइन्सको दुर्घटनाले पुनः एक पटक नेपालको हवाई सुरक्षाबारे चिन्ता र चासो बढेको छ ।

Advertisement
Advertisement

जसले सन् २०१३ देखि देशले सामना गरिरहेको युरोपेली सङ्घ ईयूको कालोसूचीबाट हट्नका लागि भइरहेका प्रयासलाई फेरि ओझेलमा पार्ने देखिन्छ । आज देशकै सबैभन्दा सुरक्षित मानिएको र सबैभन्दा धेरै स्रोतसाधन भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गबाट सौर्य एयरलाइन्स उड्ने बित्तिकै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।

पाइलट मनिषरत्न शाक्यको भने काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ । क्याप्टेन शाक्य सामान्य कुराकानी गर्ने अवस्थामा नै रहेका छन् । उनको टाउको, खुट्टा लगायतका भागमा चोट लागेको छ ।

अस्पताल स्रोतका अनुसार आकस्मिक कक्षमा राखेर उनको उपचार भइरहेको छ । उनको टाउकोको सीटी स्क्यान गरिएको छ । शाक्यलाई कन्टेनर भित्रबाट निकालिएको थियो । विमान कन्टेनरमा ठोक्किँदा अगाडिको भाग त्यसैमा अड्किएको र बाँकी भाग तल बजारिएको विमानस्थल सुरक्षा स्रोतले जानकारी दियो ।

अन्य मृतक सबैजना सौर्य एयरलाइन्सका कर्मचारी हुन् । उनीहरूको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । सबैको आजदेखि नै पोस्टमार्टम सुरु भएको छ । सबै शवको पोस्टमार्टम गरेर तीन दिन पछि मात्र आफन्तलाई शव जिम्मा लगाउन सकिने बताइएको छ।

दिउँसो करिब ११ ः११ बजे सौर्य एयरलाइन्सको ९एन–ए एम ई कलसाइनको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो। उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटना भएको थियो ।

दुर्घटना भएको जहाजले विमानस्थलमा राखिएको एक कन्टेनरलाई ठक्कर दिँदै बजारिएको तल भुईँमा बजारिएको थियो । कन्टेनरलाई ठोक्किएपछि गोठाटार नजिकैको खाँेचमा दुर्घटना भएको विमान टुक्रा टुक्रा भएको अवस्थामा फेला परेको हो ।

आगो लागेको विमानबाट धुँवाको मुस्लो निकै टाढा र धेरैबेरसम्म देखिएको थियो । विमानमा पाइलटसहित १९ यात्रु थिए । दुर्घटनाबारे जानकारी लिन गृहमन्त्री रमेश लेखकसहित उच्च अधिकारीहरुको टोली पनि त्यहाँ पुगेको थियो ।

त्यसको केही बेरपछि प्रधानमन्त्री केपी शर्मा ओली पनि पुगेका थिए । विमानमा सवार सबै सौर्य एयरलाइन्सको चालक दलका सदस्य, प्राविधिक तथा व्यवस्थापन समूहका रहेका थिए । सौर्य एयरलाइन्सले व्यवस्थापन टिमका उच्च अधिकारीहरू गुमाएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले जारी गरेको यात्रुको सूची अनुसार सौर्य एयरलाइन्सका सेफ्टी प्रमुख सागरकुमार आचार्य, सीएएमओ म्यानेजर अश्विनकुमार निरौला, मर्मत म्यानेजर यज्ञप्रसाद पौडेल, क्यूए प्रमुख दिलीप बर्माको नाम उल्लेख छ ।

अन्य ज्यान गुमाउनेमा को–पाइलट एस कटुवाल, कर्मचारीहरूमा अमित मान महर्जन, मनुराज शर्मा, सुदीप लाल जोशी, सर्वेश मरासिनी, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, सन्तोष महतो, पुन्यरत्न शाही र आरिफ रेडा रहेका छन् ।

आरिफ भने विदेशी नागरिक हुन् । यो जहाजमा सर्वसाधारण भने नरहेको बताइएको छ । तर सौर्य एयरले सबै यात्रुलाई प्राविधिक भनेपनि एक नाबालक र एक उर्जा मन्त्रालयमा कार्यरत कर्मचारी समेत सो दुर्घटनामा परेको खुलेको छ । प्रिजा खतिवडा, अधिराज शर्मा प्राविधिक मनुराज शर्माका पत्नी र छोरा हुन् ।

जहाज मर्मतका लागि पोखरा लैजादै गर्दा दुर्घटना भएको हो । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयकी प्रवक्ता जसोदा सुवेदीका अनुसार पोखराको ह्यांगरमा राखेर मर्मतका लागि उक्त विमान कम्पनीले अनुमति लिएको थियो ।

तर काठमाडौं टेकअफ गर्नेबित्तिकै सौर्यको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गनजिकै दुर्घटनामा परेको हो । सौर्य एयरलाइन्सले काठमाडौंबाट पोखरा भने नियमित उडान गर्दैन । यो २१ वर्ष ४ महिना उडिसकेको विमान भएको खुलेको छ ।

बम्बार्डियर सीआरजे २०० सिरिजको यो जहाज क्यानडाको मोन्ट्रियलमा बनेको हो । सुरुमा अमेरिकाको एट्लान्टिक कस्ट एयरलाइन्सले मे २००३ मा किनेको यो विमानको स्वामित्व अगस्ट २००४ मा अमेरिकाकै इन्डिपेन्डेन्स एयरले लिएको थियो ।

जुन २००७ सम्म इन्डिपेन्डेन्स एयरले उडाएको यो विमान त्यसपछि नाइजेरियाको एरिक एयरले किन्यो । एरिकपछि अप्रिल २००८ मा दक्षिण अफ्रिकाको साउथ अफ्रिकन एक्सप्रेसको स्वामित्वमा पुग्यो ।

करिब १० वर्ष साउथ अफ्रिकन एक्सप्रेसले उडाएको यो विमान जनवरी २०१७ मा अमेरिकाका लिजिङ कम्पनी एरोलिजले किन्यो । मार्च २०१७ मा सौर्य एयरलाइन्सले यसलाई खरिद गरेर नेपाल ल्याएको थियो ।

सौर्यले यो विमान उडाउन थालेको ६ वर्ष भइसकेको थियो । सौर्यले लिएपछि यसको कलसाइन ९ एन–एएमई राखिएको थियो । यसअघि २०७४ को फागुनमा बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आएको युएस–बंगलाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटना भएको थियो ।

त्यस क्रममा जहाज ‘ल्यान्ड’ हुनुपर्ने विन्दु काटेर गलत विन्दुबाट अवतरण गर्दा दुर्घटना भएको बताइएको थियो । उक्त दुर्घटनामा ५१ जना यात्रुको मृत्यु भएको थियो । जसमध्ये चिनियाँ, बंगलादेशीसहित नेपाली पनि थिए ।

नेपाली आकाश असुरक्षित भएको भन्दै युरोपियन युनियनले २०१३ देखि नेपाल वायुसेना कम्पनीमाथि प्रतिबन्ध लगाउँदै आएको छ । तत्कालीन पर्यटनमन्त्री प्रेम आलेले नेपाली आकाश सुरक्षित रहेको र प्रतिबन्ध फुकुवा गर्नुपर्ने भनेकै चार दिनपछि नै तारा एयरको विमान दुर्घटना भएको थियो ।

नेपालको हवाई दुर्घटनाको इतिहास हेर्ने हो भने दर्जनौं विमान दुर्घटना भएका छन् । सन् १९९१ जुन ९ मा नेपाल वायुसेवा निगमको जहाज दुर्घटनामा परेको थियो । काठमाडौँबाट लुक्लाका लागि उडानमा रहेको सो विमान दुर्घटनामा पर्दा चालक दलका तीन सदस्यसहित १४ जनाको मृत्यु भएको थियो ।

नेपालमा पहिलो हवाई दुर्घटना १९७३ अक्टोबर ६ मा भएको बताइन्छ । सोही आधारमा हेर्ने हो भने हालसम्म नेपालमा ८० को हाराहारीमा हवाई दुर्घटना भएका छन् । हवाई दुर्घटना न्यूनीकरणका लागि भन्दै पटक÷पटक छानबिन समितिसमेत गठन गरिए ।

प्रतिवेदन तयार पारिए तर कार्यान्वयन भने हुन नसक्दा पटकपटक उस्तै दुर्घटना दोहोरिने गरेको छ । नेपालमा पहिलो अन्तर्राष्ट्रिय हवाई दुर्घटना बाराको सिमरामा भएको थियो । सन् १९५५ मा कालिगा एयरको विमान दुर्घटना हुँदा दुई जनाले ज्यान गुमाएका थिए ।

यस्तै, सन् १९५६ र १९५८ भारतीय एयरलाइन्सका दुई विमान दुर्घटना भएका थिए । ती दुर्घटनामा ३४ यात्रुको ज्यान गएको थियो । यस्तै, सन् १९९२ मा थाई एयरको विमान दुर्घटना हुँदा ११३ जनाको ज्यान गएको थियो ।

सन् १९९२ मै पाकिस्तान एयरलाइन्सको विमान दुर्घटनामा प¥यो र १५७ जनाले ज्यान गुमाएका थिए । सन् १९९० मा लुफ्थान्सा एयरको विमान दुर्घटनामा प¥यो र पाँच जनाले ज्यान गुमाएका थिए ।

सन् २०१४ मा अवतरणको क्रममा टर्किस एयरको विमान दुर्घटनामा मानवीय क्षति भएन । नेपाली आकाशमा पटकपटक हुने यस्ता हवाई दुर्घटनासँगै युरोपियन युनियनले नेपाली वायुसेवा कम्पनीलाई प्रतिबन्ध लगाएको छ ।

१० वर्षदेखि अहिलेसम्म फुकुवा गरेको छैन । यस्ता दुर्घटनाबारे जाँचबुझ आयोग नै बनाए पनि नेपाली आकाश सुरक्षित बन्न सकेको छैन । यसबारे टिप्पणी अवस्य व्यक्त गर्नुहोला ।

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला ।

तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Advertisement

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top