Nepal Times
Nepal Times
3
Shares

फाइनल पुग्न बंगलादेशले भारत र श्रीलंकाले पाकिस्तानसंग खेल्ने

फाइनल पुग्न बंगलादेशले भारत र श्रीलंकाले पाकिस्तानसंग खेल्ने

१० साउन, एजेन्सी ।
एसिसी महिला एसिया कपको सेमिफाइनलमा पुग्ने चारवटै टोलीको टुंगो लागेको छ । बुधबार समूह ‘बी’ को अन्तिम खेलमा श्रीलंकाले थाइल्यान्डलाई १० विकेटले पराजित गरेसँगै अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो ।

समूह ‘ए’ बाट साबिक विजेता भारत र पाकिस्तान अन्तिम चारमा पुगेका छन् । शीर्ष स्थानमा रहेर अन्तिम चारमा पुगेको भारतले पाकिस्तानलाई सात विकेट, युएईलाई ७८ र नेपाललाई ८२ रनले पराजित गरेको थियो ।

पाकिस्तानले भने नेपाललाई नौ र युएईलाई १० विकेटले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित ग¥यो । अर्को समूहबाट श्रीलंकाले शतप्रतिशत जितसहित शीर्ष स्थानमा रहँदै अन्तिम चारको यात्रा तय ग¥यो ।

श्रीलंकाले बंगलादेशलाई सात र थाइल्यान्डलाई १० विकेटले पराजित ग¥यो । यस्तै, मलेसियालाई १४४ रनले पाखा लगायो। बंगलादेश समूह उपविजेता बन्यो । बंगलादेशले थाइल्यान्डलाई सात विकेट र मलेसियालाई ११४ रनले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का ग¥यो ।

अब फाइनल प्रवेशका लागि बंगलादेशले समूह ‘ए’ को विजेता भारत र श्रीलंकाले सोही समूहको उपविजेता पाकिस्तानसँग खेल्नेछ । सेमिफाइनलका खेल शुक्रबार हुनेछ । पहिलो सेमिफाइनलमा भारत र बंगलादेश भिड्नेछन् ।

यो खेल नेपाली समयअनसार दिउँसो २ः३० बजे सुरु हुनेछ । श्रीलंका र पाकिस्तानबीच हुने दोस्रो सेमिफाइनल खेल ७ः३० बजे सुरु हुनेछ। फाइनल खेल आइतबार दिउँसो ३ः३० बजे सुरु हुनेछ ।

नेपाल भने समूह चरणबाटै बाहिरिसकेको छ । युएईलाई पराजित गरेपनि भारत र पाकिस्तानसँग पराजित भएको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.