नेपालमै पहिलो एआई सिटी स्क्यान न्युरोले भित्र्यायो

१० साउन ८१, शुक्रबार

१० साउन, विराटनगर ।

विराटनगरस्थित न्यूरो कार्डियो एन्ड सुपरस्पेशियालिटी हस्पिटलले नेपालमा नै पहिलो पटक अत्यधुनिक प्रविधिबाट संचालित आर्टिफिसियल इन्टलिजेन्स सिटी स्क्यान भित्र्याएको छ।

न्युरोले करोडौं खर्च गरे एआई पार्वड १२८ स्लीस सिटी स्क्यान र डेक्सा स्क्यान भित्र्याएको हो ।

Advertisement

यी सेवाहरुको आज कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिग्यतामा शुभारम्भ गरिएको छ ।

यसअघि न्युरोले केही महिना अघि मात्रै नविनतम प्रविधियुक्त एमआरआई पनि भित्र्याएको थियो ।

Advertisement

यी सेवाहरु संचालनमा आएसँगै स्टेट अफ आर्ट रेडियोलोजी विभागबाट सेवाहरु प्रदान हुने न्युरो कार्डियो तथा सुपरस्पेशियालिटी हस्पिटलका अध्यक्ष समेत रहेका वरिष्ठ न्युरोलोजिष्ट डा. विरेन्द्रकुमार विष्टले जानकारी दिए ।

समय क्रमसँगै अस्पतालका सेवाहरुलाई आधुनिक र समयसापेक्ष विकास गर्दै लैजानका लागि अत्यधुनिक उपकरणहरु भित्र्याएको वरिष्ठ न्युरोलोजिष्ट डा. विष्टले बताए ।

यस्तै कार्यक्रममा नयाँ प्रविधिको सिटी स्क्यानले यस क्षेत्रका नागरिकले स्वदेशमा उच्चप्रविधिबाट स्वास्थ्य लाभ लिन सक्ने भन्दै मुख्यमन्त्री कार्कीले खुशी ब्यक्त गरे । प्

रयोगशालाको क्षेत्रमा हामी एक कदम अघि बढेको भन्दै उनले अस्पताल प्रशासनलाई धन्यवादसहित बधाई दिएका छन् ।

न्युरोमा संचालनमा आएको एआई सिटी स्क्यानले टाउको, नशा, हाड लगायतको परीक्षणसहित मुटुको एन्जियोग्राफी पनि गर्न सकिने डा. विष्टले जानकारी दिएका छन् ।

यसैगरी लो रेडिएशनको डेक्सा स्क्यानले शरीरको हाडहरुको अवस्थाको बारेमा सम्पूर्ण जानकारी प्रदान गर्ने उनले बताएका छन् । यसअघि न्युरोको अत्याधुनिक १ दशमलव ५ टेस्ला एमआआई भित्र्याएको थियो ।

यस्तै नयाँ सुविधा सम्पन्न अत्याधुनिक नयाँ भवनमा ५६ शैय्या थप गर्दै अस्पतालमा १५० भन्दा बढी शैय्याबाट सेवा सुरु गरेको थियो । यसअघि न्युरोले ० दशमलव ३५ टेस्लाको एमआरआइबाट सेवा दिइरहेको थियो ।

नयाँ एमआरआई भित्र्याएसँगै एकै अस्पतालमा दुई एमआरआइबाट सेवा दिने कोशी प्रदेशमा नौलो अभ्यास भएको न्युरो अस्पतालले जनाएको छ ।

समयको क्रमसँगै स्तरीय स्वाथ्यसेवा प्रवाह गर्न अत्याधुनिक सेवाहरु विस्तार गरिएपछि अब न्युरो अस्पताल मल्टिस्पेशियालिटी हस्पिटल अब सुपरस्पेशियालिटी अस्पताल बनेको न्युरो कार्डियो एण्ड मल्टिस्पेशियाललिटी हस्पिटलका प्रबन्ध निर्देशक राजेश भट्टराईले बताएका छन् ।

न्युरोले आफ्नो स्थापनाको २३ वर्षे यात्रामा गम्भिर प्रकृतिका रोगहरुमा विशेषज्ञ चिकित्सकहरुबाट विभिन्न २३ वटा सेवाहरु प्रदान गर्दै आएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

सम्बन्धित समाचार

Scroll to Top