×

NEPAL TIMES UPDATES

Playing
कांग्रेसले गगनका ससुराका कारण दलको नेता छान्न सकेन ? || Nepal Times
Apr 13, 2026
Playing
विश्वका कुन जलमार्गहरूमा लाग्छ टोल ट्याक्स ? होर्मुजदेखि पानामासम्म || Nepal Times
Apr 13, 2026
Playing
Netanyahuवि रुद्ध टर्कीको अदालतमा मु द्दा, ४६०० वर्षको जे ल स जाय माग || Nepal Times
Apr 13, 2026
Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026
Playing
बालेन सरकारमा को छ सबैभन्दा धनी ?यस्तो छ सम्पत्ति विवरण|| Nepal Times
Apr 13, 2026
Playing
पाकिस्तानले नै इरानविरुद्ध युद्ध लड्नु पर्न सक्ने, कसरी फस्यो पाकिस्तान? || Nepal Times
Apr 12, 2026
Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति कति छ ?अर्थमन्त्रीसँग धनको पोको|| Nepal Times
Apr 12, 2026
Playing
अम्पायरमाथि प्रश्न उठाउँदा करणलाई कारबाही || Nepal Times
Apr 12, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-29-2082 || Nepal Times
Apr 12, 2026

प्रदेश १ मा प्रदेशसभा सचिवालय स्थापनाको बाटो खुल्यो, प्रदेश सचिवको सेवा सुविधासहित नियुक्ति हुने

२ आश्विन २०७५

विराटनगर,असोज २
प्रदेश नं १ को प्रदेश सभाको काम कारबाही सुचारु रूपले सञ्चालन र व्यवस्थापन गर्ने गरी प्रदेशसभा सचिवालय स्थापनाको बाटो खुलेको छ । १ नं प्रदेशसभा बैठकमा प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश भएसँगै प्रदेशसभा सचिवालय स्थापनाको बाटो खुलेको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले मंगलबार बसेको बैठकमा विधेयक पेश गरेका हुन । विधेयक पारित भएसँगै प्रदेशसभा सचिवालय स्थापनाका लागि प्रदेश सरकारका प्रमुख सचिवले पाउने सेवा सुविधा सरह दिने गरी प्रदेशसभामा सचिव नियुक्तिको बाटोसमेत खुल्नेछ ।

Advertisement
Advertisement

सचिवको नियुक्ति भने राजनितिक नियुक्ति हुनेछ । यसरी नियुक्त हुने सचिवले प्रदेश सरकारका प्रमुख सचिवले पाएसरहको सुरु तलब पाउने छन । अहिले केन्द्र सरकारबाट पठाएका निजामति कर्मचारीले प्रदेश सभाको कार्यभार संचालन गदै आएका छन् ।

अन्य प्रदेशको हकमा यसअघिनै प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरिसकेकाले प्रदेशसभा सचिवालय स्थापनाको प्रकृया अघि वढीसकेको छ । १ नं प्रदेशमा भने ढिला गरी मंगलबार मात्र यो विधेयक प्रदेशसभा बैठकमा पेश भएको हो ।

प्रदेशसभाको कामकारवाही चुस्त र थप प्रभावकारी बनाउन सचिवालयको स्थापना, सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको गठन विधेयकमा उल्लेख छ । प्रदेशसभाको कामकारवाही चुस्त र थप प्रभावकारी बनाउन विभिन्न १२ वटा अधिकार सचिवलाई दिइने व्यवस्था विधेयकमा उल्लेख छ ।

सचिवमा नियुक्ति हुने व्यक्ति नियुक्त हुनुभन्दा ६ महिना अघिदेखि नै कुनै राजनीतिक दलको सदस्य नरहेको हुनुपर्ने छ। उमेर हदमा ४० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने छ । सचिव ५ वर्षका लागि नियुक्त हुने उल्लेख छ । यसरी नियुक्त भएको सचिवले सवारी साधन, इन्धन पाउने छन् । त्यसैगरी ५ बर्ष सेवा अवधि पुरा गरेपछि यसलाई उपदानको व्यवस्था समेत गरिएको छ ।

सचिवले सभामुखलाई सभा सञ्चालन गर्न आवश्यक सहयोग, बैठकको कार्यसूची प्रकाशन, प्रदेशसभा तथा समितिलाई विधायिकी लगाएतका अन्य कार्यमा सहयोग गर्ने छन् ।

यसैबीच विधेयकको शैदान्तिक छलफलमा भाग लिदै सांसदहरुले आर्थिक र प्रशासनिक अधिकार सम्पन्न सचिव भएको अबस्थामा निजामति कर्मचारी र राजनितिक नियुक्ति भएको सचिव वीचको समन्वयमा समस्या भएको खण्डमा प्रदेश सभा सचिवालको काम कार्वाही प्रभावित हुने सक्नेप्रति आशंका गरेका थिए ।

विधेयक माथिको सैद्धान्तिक छलफलमा सांसद अगमलाल चौधरी,उशाकला राई,नारायण वुर्जा मगर ,उमिता विश्वकर्मा र मोहमत ताहिर मिँयाले भाग लिएका थिए ।

प्रदेश सभामा पेश भएको विधेयकका बारेमा उठेका प्रश्नको जवाफ दिदै आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले संविधानले दिएको अधिकारलाई टेकेर विधेयक ल्याइएको जानकारी दिदै उनले राजनिति नियुक्ति लिएर आउने सचिव र लोकसेवा आयोग पास गरेर आउने कर्मचारीबीच स्पष्ट रुपमा निर्वाहा गर्नु पर्ने काम कतव्र्यका विषयमा प्रष्टसंग उल्लेख गरिएकाले प्रदेश सभाको कार्य सञ्चालन गर्ने विषयमा कुनै समस्या नआउने उनले बताएका थिए ।

Advertisement

प्रदेश सभामा पेश भएको विधेयकमाथिको संशोधनका लागि ७२ घण्टाको समय दिइएको छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top