सौर्यमा आफन्त गुमाएकाहरुले माग पूरा नभए शव नबुझ्ने

१० साउन ८१, शुक्रबार

११ साउन, काठमाण्डौ।

सौर्य एयरलाइन्स जहाज दुर्घटनामा घाइते भई उपचार भइरहेको क्याप्टेन मनिष शाक्यलाई न्यूरो सघन उपचार कक्ष (आईसीयू) बाट बाहिर सारिएको छ ।

क्याप्टेन शाक्यलाई बिहीबार साँझ आईसीयूबाट क्याबिनमा सारिएको काठमाडौं मेडिकल कलेजकी मेडिकल डाइरेक्टर डा. मीना थापाले बताएकी छन् ।

Advertisement

शाक्यको अनुहार, आँखा, नाक, टाउकोमा चोटहरू, ढाडको एउटा हडी र देव्रे पट्टि तीन वटा करंगहरू भाँचिएको थियो । उनलाई अहिले चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको छ ।

बिरामीका आगन्तुकलाई भेट्न दिइएको छैन । डा. थापाका अनुसार उनी खतरामुक्त छन् र स्वास्थ्यमा क्रमिक सुधार हुँदै आएको छ । यता विमान दुर्घटनामा मृत्यु भएकाहरुको आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् ।

Advertisement

बीमा, क्षतिपूर्ति लगायतका विषय सरकार र विमान कम्पनीले प्रष्ट पारेपछि मात्र शव बुझ्ने उनीहरुको अडान छ । त्रिवि शिक्षण अस्पताल, फरेन्सिक विभागले मृतकहरुको शव पहिचान गरेर पोष्टमाटम गरिसकेको छ ।

तर बीमा रकम कति र कहिले पाउने प्रष्ट हुनुपर्ने, सौर्य एयरलाइन्सले दिने क्षतिपूर्ति, मृतकका छोराछोरीको शिक्षा, आश्रित परिवारको रोगजगारी लगायतका विषयमा प्रष्ट भएपछि मात्र शव बुझ्ने उनीहरुको अडान छ ।

बुधबार भएको विमान दुर्घटनामा मृत्यु भएका सबैको शव पहिचान भएको छ । काठमाडौंबाट बुधबार बिहान ११ः११ मा पोखराका लागि उडेको ९ एन–एएमई सीआरजे विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेलगत्तै परिसरभित्रै दुर्घटना भएको थियो ।

घटनामा परेर १८ जनाको मृत्यु भएको छ भने पाइलट शाक्यको घाइते अवस्थामा उद्धार गरिएको छ । उनले विमानले सय फिट उचाई लिएपछि कन्ट्रोल गुमाएको बताएका छन् ।

दुर्घटनाको जाँचबुझ गर्न सरकारले ५ सदस्यीय छानविन समिति बनाएको छ । समितिले ४५ दिनभित्र प्रतिवेदन दिनेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top