×

NEPAL TIMES UPDATES

Playing
अदालतको इजलासमा फिल्म ’लालीबजार’, पुनः सुनुवाइ सुरु || Nepal Times
May 20, 2026
Playing
रेग्मीको बरिष्ठतम् खोसियो, सपनाको कार्यकक्ष सारियो|| Nepal Times
May 20, 2026
Playing
इ*रान यु*द्ध अन्त्य गर्न सीको ४ बुँदे प्रस्ताव, I*S*I*S* र I*S*IL का १७५ लडाकु मा*रिए
May 20, 2026
Playing
इजरायल रोजगारीमा छनोट नभएकाले नयाँ आवेदन दिनुपर्ने || Nepal Times
May 20, 2026
Playing
अन्ततः भारतले खोल्यो नेपाली चिया माथिको अवरोध || Nepal Times
May 20, 2026
Playing
‘प्रश्न किन लिनुहुन्न’ भन्दै Modi लाई प्रश्न सोध्ने पत्रकार ‘भाइरल’ || Nepal Times
May 20, 2026
Playing
मलेसियाविरुद्ध नेपालको संघर्षपूर्ण जित || Nepal Times
May 20, 2026
Playing
Top 15 Afternoon News || May-20-2026 || Nepal Times
May 20, 2026
Playing
नेपाल कालोसूचीमा पर्न लागेको हो? एपिजीको समूहले के भन्यो ? || Nepal Times
May 20, 2026
Playing
मधेशदेखि सुदूरपश्चिमसम्मः सत्ता फेरबदलको नयाँ अध्याय सुरु || Nepal Times
May 20, 2026

अंग्रेजीमा चिप्लिएका नेपालका नेता, नेपाली बोल्दा लाज ?

११ श्रावण २०८१

११ साउन , विराटनगर।

नेपालमा अन्तरिक संविधान २०६३ जारी हुनु अघिसम्म नेपालको राष्ट्रभाषा कुन हो भनेर प्रश्न गर्दा सबैको जवाफ हुन्थ्यो , देवनागरी लिपिमा लेखिने नेपाली ।

Advertisement
Advertisement

२०१९ र २०४७ सालमा जारी दुवै संविधानले नेपालीलाई नै राष्ट्रभाषा मानेका थिए । २०४७ सालको संविधानले नेपालमा बोलिने अरू मातृभाषालाई राष्ट्रिय भाषा मानेको थियो ।

२०६३ सालको अन्तरिम संविधान र २०७२ सालको संविधानमा भने नेपालमा मातृभाषाका रूपमा बोलिने सबै भाषालाई राष्ट्रभाषाको दर्जा दिइएको छ । संघमा नेपालीलाई सरकारी कामकाजको भाषा तोकिएको छ ।

प्रदेशमा नेपाली भाषाको अतिरिक्त बहुसंख्यकले बोल्ने एक वा एकभन्दा बढी मातृभाषालाई प्रदेश सरकारको कामकाजको भाषा बनाउन सकिने प्रावधान छ ।

यही व्यवस्था अनुरुप बागमती प्रदेशका तामाङ र नेवारी अर्थात नेपाल भाषा पनि सरकारी कामकाजको भाषा बनिसकेको छ । सबै भाषालाई राष्ट्रभाषाको सम्मान दिनु सराहनीय काम हो ।

यसले मातृभाषीमा भाषा प्रयोग र विकास गर्ने मनोबल बढाउँछ । भाषाको कारण उब्जेका वा उब्जन सक्ने वैमनस्यतालाई न्युनीकरण गर्छ ।

जातिको पहिचानलाई सुदृढ बनाउँछ । राष्ट्रिय पहिचानमा टेवा पु¥याउँछ । यसमा कसैको दुईमत हुन सक्दैन । तर मुलुकबाहिर विश्वमा अधिकांश ब्यक्तिहरुले बुझ्ने साझा भाषाहरुको दख्खलता पनि हुन् त्यतिनै जरुरी छ।

यहाँ हामी कुरा गरिरहेका छौं । अंग्रेजी भाषाको ।अंग्रेजी पश्चिमी जगतमा प्रख्यात भाषा हो। सुरुमा, केवल इङ्ल्यान्डमा मात्र बोलिने यो भाषा बेलायती साम्राज्य सँगसगै बिश्वब्यापीकरण भएको हो ।

यो विश्वकै सबैभन्दा धेरै स्थानमा बोलिने भाषा मध्येमा एक हो ।अंग्रेजी भाषालाई विश्वका विभिन्न देशमा अन्तराष्ट्रिय भाषाको रूपमा पनि बोलिन्छ ।

यसो भएका कारण नेपालमा पनि अंग्रेजी भाषा अन्तराष्ट्रिय भाषाका रुपमा रहिआएको छ । यसको विश्वब्यापकताले नै सर्वसाधारण जनतादेखि नीति र निर्णायक नेतृत्वमा पुगेकाहरु पनि जानी नजानी कनिकुथी भएपनि अंग्रेजीमा बोल्ने प्रयास गर्दछन् ।

अझ नेतृत्वमा रहेकाहरुले त झन अन्तर्राष्ट्रिय फोरमहरुमा अंग्रेजी बोल्नु पर्ने अवस्था रहेको छ । पछिल्लो समय धेरै देशका नेताहरुले आफ्नै भाषालाई अन्तर्राष्ट्रियकरण गर्न थालेका छन् ।

उदाहरणका लागि हाम्रै छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी रहेका छन् । उनी राष्ट्रसंघदेखि आफू मैत्रीपूर्ण भ्रमणका लागि पुग्ने देशहरुमा समेत हिन्दी भाषामा नै अधिक सम्बोधन गर्ने गर्दछन् ।

मोदीजस्तै युरोपेली र चिनियाँ नेताहरुपनि भरसक आफ्नै मातृभाषामा बोल्ने गर्दछन् । तर नेपाली नेताहरुले त्यो हिम्मत र साहस अझै जुटाउन सकेका छैनन् ।नेपालका नेताहरू अंग्रेजी राम्ररी बोल्न नजान्दा समय समयमा ट्रोलको शिकार हुर्दै आएका छन् ।

पछिल्लो समय सामाजिक संजालको ब्यापकताले झन झण भरमै त्यस्ता बोलीहरु भाइरल हुने गरेका छन् ।नेपालमा केही नेताहरूले अंग्रेजी बोल्न खोज्ने तर भाषा र उच्चारणमा भाँती नपु¥याउने वा बीचबीचमा अंग्रेजीसँगै हिन्दी र नेपाली मिसावट गरेर दिने अभिव्यक्तिले उनीहरू विवादित र आलोचित बन्न पुगेका हुन् ।

यसको पछिल्लो शिकार बनेका छन् नेपाली कांग्रेस सांसद तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा ।सांसद खतिवडाले बुधबार त्रिभुवन विमानस्थलमा भएको सौर्य एयरको विमान दुर्घटनाबारे विदेशी मिडियालाई दिएको प्रतिक्रिया सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

उक्त अन्तर्वार्तामा खतिवडाले निकै सकसपूर्वक टुटेफुटेको अंग्रेजीमा उत्तर दिएका छन् । अंग्रेजीमा बोल्ने आत्मविश्वास देखाए पनि उनले भनाइको आशयलाई राम्ररी प्रष्ट्याउन सकेका छैनन् । वाक्य पूरा गर्न नै उनलाई हम्मे परेको छ ।

पटकपटक हुने हवाई दुर्घटनाको कारणबारेको प्रश्नमा खतिवडाले दुर्घटनाका बारेमा अंग्रेजीमै बताउने प्रयास गर्दा उनी भाषा लवज र उच्चारणमा चिप्लिएका छन् । यसैका कारण उनमाथि ब्यङग गरिएको छ ।

सिंहदरबारबाट बाहिरिदै गर्दा अग्रेजीमा सोधिएको प्रश्नमा खतिवडाले भनेका छन्, ‘दिस इज भेरि ब्याड एक्सिडेन्ट इन नेपाल ‘ नेपाल गभरमेन्ट वा‘. वान्टेड टु‘..सो द्याट इन नेपाल‘. स्काइ एन्ड‘.ग्राउन्ड दी टु आर भेरि सेफ फर अस इट विल वी सो इन द वर्ल्ड ।’

पत्रकारको दुर्घटनाको कारण बारेको प्रश्नमा उनले थप भनेका छन्, ‘वी डोन्ट नो एक्चुअल्ली ह्वाट ह्यापन्ड बट मोस्ट अफ द इन्जिनियर पिपुल आर गोइङ टु सी चेक इन द्याट प्लेन सो इट ह्यापेन्ड एक्सिडेन्ट,’ ।

खतिवडाको यही अभिब्यक्तिलाई लिएर सामाजिक संजालमा विभिन्न ब्यङगात्मक टिप्पणीहरु गरिएको छ । खतिवडाले अध्ययनमा भने विश्वविद्यालयको डिग्री हासिल गरेका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका छन् ।

उनी राजनीतिपूर्व शिक्षण पेशामा समेत आवद्ध रहेका थिए ।रामहरि खतिवडाको यो अंगे्रजीले यसअघि अंग्रेजी बोलेकै कारण आलोचना खेपेका नेताहरुलाई पनि स्मरण गराएको छ । जसमा पर्दछन् नेकपा माओवादी केन्द्रका सचिव एवं तत्कालीन उद्योगमन्त्री मातृका यादव।

यदावले २०७५ सालमा आयोजित लगानी सम्मेलनमा भाषण पढ्दै गर्दा उनको उच्चारण अति अशुद्ध मात्रै थिएन, कतिपय त गलत अर्थ दिने पनि थियो । उनले प्लेस (स्थान) लाई बारम्बार प्यालेस (दरबार) भनेका थिए ।

कतिपय शब्द फड्कार्न उनलाई निकै कष्ट परेको थियो भने बारम्बार अड्किएका थिए ।उनले भनेका थिए, ‘इन नेपाल एन्ड इन पास्ट, दिस इज बिग प्रोब्लेम । बट नाउ, नट प्रोब्लेम । आई रिक्वेस्ट टु यू, यू फेथ, आइ एम रेडी टु प्रोटेक्ट द इन्टेलेक्चुअल प्रपर्टी ।’ ‘यू अल आर नो इन पास्ट यू गो इदर एन्ड दिदर फर अ वान जब । बट नाउ यू नट गो इदर एन्ड दिदर । वान स्टप । वान प्यालेस ।’

उनले यसो भन्दा हलमा हाँसो गुञ्जिएको थियो । अंग्रेजीकै कारण ब्यङ्ग खाएका अर्का नेता हुन्, राप्रपाका सांसद ज्ञानेन्द्र शाही । उनले अष्ट्रेलिया भ्रमणका क्रममा दिएको अंग्रेजी अन्तर्वार्ताको भिडियो पनि त्यस्तै भाइरल बनेको थियो ।

अस्ट्रेलियाको एक कार्यक्रममा ‘विदेशीसँग नेपाली’मा संवाद गरेका शाहीलाई कार्यक्रममा सहभागी एकजना दोभाषेले सहजीकरण गरिदिएका थिए ।

उक्त कुराकानीको भिडिओ सामाजिक सञ्जालमार्फत् सार्वजनिक भएसँगै सीए पढेको भनेका शाहीलाई अंग्रेजी बोल्न पनि नआउने रैछ भन्दै व्यङ्ग्य गरिएको थियो । त्यसपछि शाहीले अंग्रेजी जानेको पुष्टि गर्न एउटा युट्युब च्यानलमा अन्तर्वार्ता दिँदा त्यसमा पनि नराम्ररी चिप्लएका थिए ।

अंगे्रजीकै कारण व्यङ्ग्य भोगेका अर्का नेता हुन् एमालेका सचिव तथा पूर्वमन्त्री गोकर्ण विष्ट । स्विट्जरल्यान्डको जेनेभामा २०७५ सालमा भएको १०९औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीका रुपमा सहभागि भएका विष्टले अंग्रेजीमा मन्तव्य दिएका थिए ।

विष्टले अंग्रेजी राम्रोसँग बोल्न जानेन भनेर खिल्ली उडाइएको थियो । विष्टले आफ्नै लवजमा अंग्रेजी पढेका थिए । जसमा उच्चारणमा भएको सामान्य त्रुटिलाई लिएर व्यङ्ग्य गरिएको थियो ।अंगे्रजी शब्द राम्रोसँग फड्कार्न नसक्दा सभामुख समेत ट्रोलको शिकार बनिसकेका छन् ।

दुई वर्ष अघि ०७९ जेठमा बजेटसम्बन्धी छलफल गर्न डाकिएको बैठकको सुरुवातमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने क्रममा पूर्व सभामुख अग्नि सापकोटालाई अंग्रेजी शब्द उच्चारण गर्न उनलाई निक्कै सकस परेको थियो । पत्र थियो, कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्र राय यादवको भारत भ्रमण सम्बन्धी ।

पत्रको ब्यहोरामा केही अंग्रेजी शब्द यस्ता थिए, ‘‘मन्त्री यादव भारतको नयाँ दिल्ली तथा उडिसा भुवनेश्वरमा आयोजना हुने high level study mission to India on right to food and sovereignty act कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको हुँदा‘ नेपाली शब्दहरू उनले खरर पढे, तर, अंग्रेजी शब्द आएपछि सभामुखलाई सकस प¥यो ।

खास गरी एउटा शब्दले उनलाई हैरानी दिएको थियो–सोभरेन्टी । उनले चौथो प्रयासमा यो शब्द सफलतापूर्वक फड्कार्न सकेका थिए ।नेपालमा आम मानिसले प्रयोग गर्दा बुझिने राष्ट्रभाषा नेपाली नै हो ।

तर, हाम्रा कैयौं नेताहरू आफ्नो राष्ट्रभाषा नेपालीलाई बिर्सिएर जानी नजानी अंग्रेजी बोल्दा आलोचित बन्न पुगेका छन् । कनीकुथी बिगार्दै अंग्रेजी भाषा बोल्नुभन्दा आफ्नै नेपाली भाषा बोल्नु नै उनीहरूको लागि श्रेयस्कर हुने धेरैको सुझाव छ ।

तर बोल्नै पर्ने अवस्थामा चाँही के गर्ने त भन्ने प्रश्नपनि सँगै उब्जिने गरेको छ ।हो, अन्तर्राष्ट्रिय मञ्चहरुमा तथा विदेशीहरुका सामु नेपाली भाषामा भाषण गर्नु र त्यसलाई उल्था गराउनु त्यति प्रभावकारी नहुन सक्छ ।

हुन् त भाषा संवादको एक माध्याम हो यसैले झूर अंग्रेजी बोलेर हाँसोको पात्र हुनुभन्दा नेपाली नै बोल्नु कताकता राम्रो हो । अहिले सर्वसाधारणका लागि नै अंग्रेजी अत्यावश्यक बनिसक्यो । उच्च पदमा रहेका व्यक्तिहरुले त अंग्रेजी नजान्दा ठाउँ–ठाउँमा समस्या भोग्नुपर्ने हुन्छ ।

विदेशीहरुसँग बारम्बार भेटघाट र अन्तरक्रिया गरिरहनुपर्ने उनीहरुले जतिबेला पनि अनुवादकको खोजी गर्नुपर्ने परिस्थिति सहज पक्कै होइन । अंग्रेजी नजान्दा विदेशी नेताहरुसँग अनौपचारिक सम्वन्ध बढाउन पनि पक्कै सहज हुँदैन । यसका लागि तपाईका सुझाव के छन् ?

Advertisement

जानी नजानी अंग्रेजी बोलेर विवादित भएका नेताहरूको बारेमा तपाई के भन्नु हुन्छ ? आफ्ना विचार अवश्य ब्यक्त गर्नुहोला ।ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ ।यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top