×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026
Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026

सौर्यमा ज्यान गुमाएकाको शव परिवारले बुझ्न थाले

१२ श्रावण २०८१

१२ साउन , काठमाण्डौ ।

सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको शव परिवारजनले बुझ्न थालेका छन् । कम्पनीले बिमा र क्षतिपूर्ति रकम दिलाउन सक्दो सहयोग गर्ने आश्वासन दिएपछि परिवारजनले शव बुझ्न थालेका हुन् । आज विहानसम्म ११ जनाको शव परिवारले बुझेका छन् । त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि ११ जनाको शव आफन्तले बुझेका हुन् । दुर्घटनामा मृत्यु भएका एकै परिवारका तीन जनाको शव पनि परिवारले बुझेका छन् ।

Advertisement

विदेशी नागरिकको शव भने प्रक्रिया पूरा गर्नुपर्ने भएकोले केही दिन लाग्ने बताइएको छ । केही शव आफन्त विदेशबाट आउनु पर्ने भएकोले बुझाउन ढिला भएको अस्पताल प्रशासनले जनाएको छ । यसअघि अस्पतालले पहिचान सकिएको सुनाउँदै शव बुझेर लैजान मिल्ने बताउँदासम्म सौर्य एयरलाइन्सले बिमा र क्षतिपूर्तिबारे कुनै निर्णय सुनाएको थिएन ।

मृतकका आफन्तले बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेका अगाडि सौर्य एयरलाइन्सले बिमाका साथै उचित क्षतिपूर्तिको टुंगो नलगाएसम्म शव नबुझ्ने अडान सुनाएका थिए । शवको पहिचान सकिएको जानकारी पाएपछि मृतकका आफन्त तथा एयरलाइन्सका तर्फबाट मार्केटिङ प्रमुख मुकेश खनाल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाबीच पटक–पटक छलफल भयो ।

एयरलाइन्सका मार्केटिङ प्रमुख खनालका अनुसार कम्पनीले आफ्ना सहकर्मीप्रतिको दायित्व वहन गर्न पछाडि नहट्ने प्रतिबद्धता मृतकका परिवारसामु गरेका थिए । शुक्रबार नै सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलले सम्पूर्ण मृतकका परिवारजनलाई समवेदना व्यक्त गर्दै कम्पनीका तर्फबाट हुन सक्नेसम्मको साथ, सहयोग र सद्भाव रहने प्रतिबद्धतासहित विज्ञप्ति जारी गरेका थिए ।

दुर्घटनापछि सौर्य एयरलाइन्सका कुनै पनि उच्च पदस्थ अधिकारीहरू आफूहरूलाई सान्त्वना दिन नआएको र कम्पनीका तर्फका समवेदना सन्देशसमेत ननिकालेको भन्दै बिहीबार आफन्तजनले रोष व्यक्त गरेका थिए । कम्पनीका तर्फबाट बिमा र उचित क्षतिपूर्तिको आश्वासन पाएपछि शव बुझेर लैजान आफन्त तयार भएका थिए । गएको बुधवार विस्तृत परीक्षण र मर्मत (सी–चेक) गर्न काठमाण्डौबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा सौर्यकै प्राविधिक, कर्मचारीसमेत गरेर १८ जनाको ज्यान गएको थियो । विमान दुर्घटना हुँदा क्याप्टेन मनीषरत्न शाक्यलाई भने जीवितै उद्धार गरिएको थियो । शाक्यको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । यता १५ दिनअघिदेखि त्रिशूलीमा हराइरहेका बस र बेपत्ता यात्रु खोज्ने प्रयास अझै जारी छ । सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीले नारायणघाट–मुग्लिन सडकको सिमलतालमबाट बस खसेकै दिनदेखि उपलब्ध स्रोत साधनको प्रयोग गरेर बस तथा यात्रुहरुको खोजी सुरु गरेका थिए ।

पछि सरकारले हराएका बस र यात्रु खोज्न भनेर भारतसँग सहयोग मागेको थियो । भारतबाट साउन ५ गते चितवन आइपुगेको उद्धार टोली ‘एनडिआरएफ’ले नेपालको सशस्त्र प्रहरी बलसँग मिलेर भोलिपल्टदेखि नदीमा खोजी सुरु गरेको थियो । भारतीय टोली आएको ६ दिन पुगेको छ । एक साताको लागि भनेर आएको उद्धार टोलीबाट पनि अहिलेसम्म केही उपलब्धि नभएको सशस्त्र प्रहरी बलका डीएसपी शैलन्द्र थापाले बताए । केही उपलब्धि नलागेसँगै उद्धार टोली फर्किने या थप समय बस्ने भन्नेबारे छलफल भइरहेको उनले जानकारी दिए ।

भारतबाट ल्याइएको ३ सोनार डिभाइस, ४ जना गोताखोर र अन्य प्राविधिक टोलीसहित नेपाली सुरक्षाकर्मी खोजीमा निरन्तर जुटिरहेका छन्। गत असार २८ गते बिहानदेखि त्रिशुलीमा बेपत्ता बस अझै भेटिएका छैनन् । बससँगै हराइरहेका ६२ यात्रुमध्ये हालसम्म २५ जनाको शव भेटिएको छ । तीमध्ये १८ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी श्रीराम भण्डारीले जानकारी दिए ।

३७ जना अझै बेपत्ता छन्। दुवै बसमा गरी ६५ यात्रु रहेकामा ३ जना पौडिएर बाँचेका थिए । भारतीय टोली आउनुअघि पनि सशस्त्र प्रहरी र नेपाली सेनाले पनि सोनार क्यामेराकै प्रयोग गरेर खोजी गरिरहेका थिए । तर उनीहरुसँग त्यसको रेकर्ड प्रणाली थिएन । भारतीय टोलीसँग क्यामेरासँगै त्यसले देखाएका तस्वीर रेकर्ड गर्ने प्रविधि पनि छ ।

४ जना गोताखोर र एक्पर्टसहितको टोलीले सशस्त्र प्रहरी बलसँग सहकार्य गरेर सिमलतालदेखि करिब ३० किलोमिटर पर काभ्रेघाटसम्म सोनार क्यामेरा डुबाएर बस र यात्रुहरुको खोजी गरिरहेको छ । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सोनार क्यामेराले खोजी गर्दा केही स्थानमा शंकास्पद बस्तु हुनसक्ने आँकलन गरिएको बताए । ‘क्यामेराले खोजी गर्दा सिमलताल नजिकै, घुमाउने र केराबारी क्षेत्रका केही स्थानमा शंकास्पद बस्तु हुनसक्ने आँकलन गरिएको छ,’ उनले भने, ‘शनिबार दिउँसो सो क्षेत्रमा विशेष खोजी गर्दैछौं।’ प्रमुख जिल्ला अधिकारी यादवकाअनुसार संभावित स्थानमा बस रहे नरहेको पत्ता लगाउन भारतीय टोलीले ‘म्याग्नेटिक डिभाइस’ (ठूलो चुम्बक) मगाएको छ ।

‘भारतबाट ४० किलोको चुम्बक आइपुगेको छ । आज १० बजेपछि त्यो चुम्बक लगेर नदीका संभावित स्थान खसालिनेछ । बस रहेछ भने त चुम्बक टाँसिइहाल्छ,’ उनले भने, ‘चुम्बकमार्फत फलाम रहेको थाहा भएमा गोताखोरलाई पानीभित्र पठाइनेछ।’ उनले शनिबार हराएका बस खोजीका लागि अन्तिम प्रयास हुन लागेको बताए ।

असार २८ गते बिहान साढे ३ बजेतिर भरतपुर–२९ स्थित नारायणघाट–मुग्लिन सडकको सिमलतालबाट वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जान आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स त्रिशूली नदीमा खसेका थिए ।

Advertisement

गणपतिमा ३८ जना र एन्सल्समा २७ जना यात्रू रहेको अनुमान गरिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी भावेष रिमालकाअनुसार अहिलेसम्म १९ जना यात्रुको शव भेटिएको छ । सनाखत भएका शवमध्ये ५ जना भारतीयका हुन्।

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top