×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-26-2026 || Nepal Times
Apr 26, 2026
Playing
मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर || Nepal Times
Apr 26, 2026
Playing
यो साताभर वर्षाको सम्भावना || Nepal Times
Apr 26, 2026
Playing
डोजरदेखि निर्णयसम्मः बालेन सरकारको पहिलो महिनामा छिटो निर्णय, गहिरो बहस|| Nepal Times
Apr 26, 2026
Playing
१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?|| Nepal Times
Apr 26, 2026
Playing
ह्वाइट हाउसको रात्रिभोजमा गो*लीबारी, ट्रम्पको आकस्मिक उद्धार|| Nepal Times
Apr 26, 2026
Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026
Playing
बलिङ चम्किँदा यूएईमाथि नेपालको जित|| Nepal Times
Apr 25, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Apr 25, 2026
Playing
थापाथलीका सुकुमबासीः ९०%सँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनी || Nepal Times
Apr 25, 2026

टेक्ससमा लुटेराहरुले नेपालीलाई गोली हाने …

१४ श्रावण २०८१

१४ साउन , एजेन्सी ।

अमेरिकाको टेक्ससमा लुटेराहरूको समूहले नेपाली युवकको हत्या गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार टेक्ससको वेको सिटीनजिक हाइवे–३५ स्थित ग्यास स्टेसनमा काम गर्ने ३० वर्षीय दीपक वलीको हत्या गरिएको हो ।

Advertisement
Advertisement

मृतक रुकुम बाफीकोटको ३० वर्षका दीपक वली भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । वलीलाई तीन जना लुटेराको समूहले त्यहाँको समयअनुसार बिहान ५ बजे गोली हानेका थिए ।

घटनाको समयमा बन्दुक बोकेर दुई पुरुष ग्यास स्टेसनमा आएको सीसीटीभी फुटेजले देखाएको छ । त्यतिबेला वली काउन्टरमा उभिरहेका थिए । उनी भाग्न खोजेपनि गोलीबाट भने बच्न नसकेको प्रहरीले बताएका छन् ।वलीको परिवारलाई यो घटनाबारे जानकारी गराइएको प्रहरीले बताएका छन् ।

वलीकी एक श्रीमती र ५ वर्षकी छोरी रहेको बताइएको छ । उता सर्बियास्थित संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्चायोग (यूएनएसीआर)को कार्यालयले देशको दक्षिण पूर्वी भागमा सवारीसाधन दुर्घटनामा परेर अफगानिस्तान र नेपालका कम्तीमा ३० शरणार्थी घाइते भएका जनाएको छ ।

सर्बियाको स्टेट मिडिया आउटलेट आरटीएसका अनुसार, गएको शुक्रबार उक्त दुर्घटना भएको थियो । बुल्गेरियाको सीमावर्ती क्षेत्रको सहर ब्लापान्ज्काको ब्लेसमा दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका अफगानिस्तान र नेपालका शरणार्थीको उपचार जारी छ ।

तर, कति अफगानी र नेपाली अनि उनीहरू को–को भन्ने समाचारमा खुलाइएको छैन । रिपोर्टमा जनाइएअनुसार, अवैध रूपमा सर्बियाबाट युरोप छिर्ने क्रम बढेको छ । यो संख्या दैनिक करिब १५ सय हुने गरेको छ ।

सर्बिया ‘बाल्कन रुट’का निम्ति ‘ट्रान्जिट प्वाइन्ट’ मानिने गरेको छ । उक्त क्षेत्र हुँदै मध्यपूर्व, अफगानिस्तान, पाकिस्तान, नेपालका मानिस युरोप छिर्ने गरेका छन् ।

Advertisement

आप्रवासनसम्बन्धी अन्तर्राष्ट्रिय संगठन (आईओएम)का अनुसार, सन् २०२३ मा युरोप जान एक लाख मानिसले त्यो रुट प्रयोग गरेका थिए ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top