×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

मध्यपूर्व घातक युद्धतर्फ, पुटिनको आणविक चेतावनी

१४ श्रावण २०८१

१४ साउन, विराटनगर।

इजरायलको कब्जामा रहेको गोलान हाइट्समा १२ बालबालिकाको ज्यान जाने गरी भएको रकेट आक्रमणले मध्यपूर्वी एसियालाई खतरनाक युद्धतर्फ धकेलेको छ । यो आक्रमण लेबनानको हिजबुल्लाह समूहले गरेको आरोप इजरायलले लगाएको छ ।

Advertisement
Advertisement

यसैका कारण अमेरिका भ्रमणमा रहेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू तत्काल भ्रमण छोट्याएर इजरायल फर्किएका छन् । उनले हेजबुल्लाहसँग बदला लिने चेतावनी दिइसकेका छन् ।

साथै इजरायलको वार क्याबिनेट बैठकले पनि हिजबुल्लाह समूहलाई जवाफ दिने निर्णय गरिसकेको छ । हुनत गाजामा आक्रमण सुरु भएदेखि नै हिजबुल्लाह र इजरायलबीच विवाद बढ्दै गएको थियो । तर यसपटकको घटनाले युद्धलाई थप अनुमोदन गरिदिएको छ ।

योसँगै मध्यपूर्वका अरु देशसमेत सशंकित भएका छन् । टर्कीले नयाँ युद्ध सुरु नगर्न इजरायललाई चेतावनी दिएको छ । टर्कीएले इजरायलले लेबनानमा आक्रमण गरे आफ्नो सेना नरोकिने चेतावनी दिएको छ । टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले एक टेलिभिजन सम्बोधनमा विगतमा आफ्नो सेनाले लिबियामा समेत हस्तक्षेप गरेको स्मरण गर्दै इजरायलविरुद्ध पनि जाने चेतावनी दिएका हुन् ।

उनको यो चेतावनीसँगै इजरायली अधिकारीहरुले पनि जवाफी धम्की फर्काएका छन् । इजरायली विदेशमन्त्री इजरायल काट्जले एर्दोगान सद्धाम हुसेनको बाटोमा हिँड्न लागेको भन्दै सद्धाम हुसेनको अवस्था के भयो भन्ने थाहा पाउन चेतावनी दिए । यता हिजबुल्लाहलाई सहयोग गरिरहेको इरानले यदि इजरायलले इजबुल्लाहमाथि दमन गरेमा चुप लागेर नबस्ने चेतावनी दिएको छ ।

यसले गर्दा इरान र इजरायलबीच पनि द्वन्द्व बढ्ने डर छ । यस्तो शिलशिला जारी रहँदा मध्यपूर्वका अरु देशहरु पनि बाँडिएर विवादमा उत्रिने जोखिम बढेको एजेन्सीहरुले जनाएका छन् । यद्यपि हिज्बुल्लाहलाई पश्चिमा देशहरू, इजरेल, खाडी राष्ट्रहरू र अरब लीगले आतङ्कवादी संस्था भनेका छन्।

हिजबुल्लाहको पछिल्लो आक्रमणपछि अमेरिकामा रहेका इजरेली प्रधानमन्त्री लगत्तै स्वेदश फर्किएर सुरक्षा मन्त्रिपरिषद्को बैठक राखेका थिए । बैठकले प्रधानमन्त्री नेतान्याहु र रक्षामन्त्री योभ गालान्टलाई लेबनानी चरमपन्थी संगठन हिजबुल्लाहविरुद्ध कारबाही गर्न अधिकार दिएको छ ।

यता अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले पनि गोलान हाइट्समा रकेट प्रहार हिजबुल्लाहले नै गरेको संकेत रहेको बताएका छन् । शनिबारको यो आक्रमणपछि इजरायलले लेबनानमा तीव्र आक्रमण सुरु गरेको छ । हिजबुल्लाहका अखडामा बमबारी शुरु गरेको छ ।

आइतबार बिहानैदेखि इजरायलले हिजबुल्लाहका अखडामा लडाकु विमानबाट बम र मिसाइल प्रहार गरिरहेको छ । बढ्दो तनावले इजरायल र हिजबुल्लाहबीच ठूलो युद्ध शुरू हुने सम्भावना छ । यस्तोमा संयुक्त राष्ट्रसङ्घले एक विज्ञप्ति निकालेर सबै पक्षलाई संयमित हुन आग्रह गरेको छ ।

संयुक्त राष्ट्रसङ्घका दूत टोर वेनेस्ल्यान्डले घटनाको निन्दा गर्दै विश्वले अर्को युद्धको सामना गर्न नसक्ने भएकाले संयम हुन आग्रह गरेका हुन् । लेबनान सरकारले पनि नागरिकविरुद्धका सबै हिंसा र आक्रमणको निन्दा गरेको छ । हिज्बुल्लाह विश्वकै सबैभन्दा शक्तिशाली गैरसरकारी सैन्य शक्ति हो ।

यसलाई इरानले आर्थिक र हतियारलगायतका सहयोग उपलब्ध गराउँदै आएको छ । शेख हसन नस्रल्लाहले हिज्बुल्लाहसँग एक लाख लडाकु रहेको दाबी गर्दै आएका छन् । यद्यपि स्वतन्त्र आकलनमा हिज्बुल्लाहसँग २० हजार देखि ५० हजारसम्म लडाकु रहेको बताइन्छ ।

उनीहरूमध्ये कैयौँले राम्रो तालिम लिएका छन् । हिज्बुल्लाहका लडाकुहरूले सिरियाको गृहयुद्धबाट लडाइँको अनुभव पनि सँगालेका छन् । हिज्बुल्लाहसँग झन्डै १ लाख २० हजार देखि २ लाख रकेट क्षेप्यास्त्र रहेको सेन्टर फर स्ट्रटीजिक एन्ड इन्टर्न्याश्नल स्टडीज थिङ्कट्याङ्कको आंकलन छ ।

यसका अधिकांश अस्त्रहरू साना आकारका, जमिनदेखि जमिनमा प्रहार गर्ने किसिमका छन् । तर यो समूहसँग विमानभेदक र पानीजहाजभेदक क्षेप्यास्त्रहरूका साथै इजरेलको भित्री भागसम्म प्रहार गर्न सकिने निर्देशित क्षेप्यास्त्रहरू पनि रहेको ठानिन्छ । ती अस्त्रहरू गाजामा आधारित हमाससँग भएकाभन्दा पनि अत्याधुनिक हुन् ।

हिजबुल्लाहका कारण मध्यपूर्वमा फेरि अर्को युद्धको सम्भावना बढ्दा उता रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त राज्य अमेरिकाले जर्मनी वा युरोपका अन्य स्थानमा क्षेप्यास्त्र तैनाथ गर्ने आफ्नो मनसाय पुष्टि गरेमा मध्यम दूरीका आणविक हतियारको उत्पादन पुनः शुरु गर्ने चेतावनी दिएका छन् ।

उनले अहिले रुसमा यस्ता धेरै प्रणालीको विकास अन्तिम चरणमा रहेको बताए । ‘यदि संयुक्त राज्य अमेरिकाले यस्ता योजनाहरूलाई कार्यान्वयन गर्छ भने हामी आफूलाई मध्यम र छोटो दूरीको आक्रमण क्षमताको तैनाथी पहिले अपनाएको एकपक्षीय रोकबाट मुक्त भएको मान्नेछौँ’, सेन्ट पिटसबर्गमा नौसैनिक परेडका क्रममा उनले भनेका छन् ।

पाँच सयदेखि पाँच हजार पाँचसय किलोमिटरको बीचमा मार हान्न सक्ने क्षेप्यास्त्रहरू सन् १९८७ मा अमेरिका र सोभियत संघले हस्ताक्षर गरेको हतियार नियन्त्रणसम्बधी सन्धिको विषय थियो । तर वासिङ्टन र मस्को दुवैले सन् २०१८ मा मध्यम दूरीको आणविक बल सन्धिबाट फिर्ता लिए र एकअर्कामाथि उल्लंघनको आरोप लगाए ।

पछि रुसले संयुक्त राज्य अमेरिकाले विदेशमा क्षेप्यास्त्र तैनाथ नगरेसम्म यस्ता क्षेप्यास्त्रहरूको उत्पादन शुरु नगर्ने बताएको थियो । जुलाईको प्रारम्भमा वासिङ्टन र बर्लिनले जर्मनीमा टमहक क्रुज क्षेप्यास्त्रसहित लामो दूरीको अमेरिकी क्षेत्रप्यास्त्रको ‘एपिसोडिक तैनाथी’ सन् २०२६ देखि शुरु हुने घोषणा गरे ।

रुसी राष्ट्रपतिले अमेरिकाले हालैका अभ्यासमा डेनमार्क र फिलिपिन्समा टाइफन मध्यम दूरीको क्षेप्यास्त्र प्रणाली तैनाथ गरेको बताएका छन् ।‘यो अवस्थाले हामीलाई युरोपमा अमेरिकी पर्सिङ मध्यम दूरीको क्षेप्यास्त्रको तैनाथीसँग जोडिएको शीतयुद्धका घटनाहरूको सम्झना गराउँछ’, पुटिनले भनेका छन् ।

सन् १९८० को दशकमा शीतयुद्धको चरम अवस्थामा पश्चिम जर्मनीमा अमेरिकी पर्सिङ ब्यालेस्टिक क्षेप्यास्त्र तैनाथ गरिएको थियो । जर्मनी एकीकरण र सन् १९९० को दशकसम्म अमेरिकी क्षेप्यास्त्र तैनाथ भइरहे । तर शीतयुद्धको समाप्तपछि मस्कोबाट खतरा कम भएकाले संयुक्त राज्य अमेरिकाले युरोपमा तैनाथ क्षेप्यास्त्रको सङ्ख्या उल्लेखनीय रूपमा कम ग¥यो ।

अब फेरि युद्धको विगत दोहोरिने संकेत पुटिनले गरेका हुन् । यसले अहिले नै युद्ध झेलिरहेको विश्व पश्चिम र पूर्वमा गरी थप ठूला युद्धको जोखिममा परेको छ । यसबारे आफ्ना टिप्पणी अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ ।

Advertisement

यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top