हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

२५ साउन ,एजेन्सी ।

१५ वर्षसम्म बंगलादेशको नेतृत्व गरेकी शेख हसिना वाजेद देशभरबाट आफूविरुद्ध मानवसागर उर्लिएपछि देश छाडेर अहिले भारतमा शरण लिएर बसेकी छन् । अमेरिका र बेलायतमा राजनीतिक शरणका लागि पहल गरेपनि ती देशले तत्तकाल शरण नदिने जनउ दिएपछि बंगलादेशकी आइरन लेडी हसिनालाई अहिले कुन देशले शरण देला भन्ने चिन्ता छ ।

यस्तो अवस्थामा उनी भारतमै बस्छिन् कि अन्यत्र जाने योजनामा छिन् भन्ने अन्यौल छ । भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको भावी योजनाबारे अहिले कुनै अपडेट दिन नसकिने बताएका छन् । यो काम हसिनाको भएको र कहाँ जाने वा नजाने भन्ने निर्णय उनी आफैँले लिनु पर्ने पनि जायसवालले भनेका छन् ।

Advertisement

हसिनाले निर्णय गरेपछि मात्रै भारत सरकारले अगाडिको निर्णय गर्ने पनि उनले बताएका छन् । ‘विदेशमन्त्री एस जयशंकरले संसदमा शेख हसिनालाई छोटो सूचनामा भारत भ्रमणको अनुमति दिइएको बताइसकेका छन् । अहिले मसँग उनको भावी योजनाबारे बताउन केही पनि छैन । परिस्थितिहरू क्षण क्षणमा बद्लिँदै गएका छन् ।

केहि स्पष्ट हुने बित्तिकै, हामी तपाईँलाई पूर्ण जानकारी दिनेछौँ,’ जायसवालले भनेका छन् । उता बंगलादेशमा भने हसिनालाई देश छाड्न बाध्य बनाएका दुई विद्यार्थी भने अन्तरिम सरकारमा मन्त्री बनेका छन् ।हसिनानेतृत्वको सरकारले विद्यार्थी आन्दोलन दबाउन अत्यधिक बल प्रयोग गरी बेहोस अवस्थामा छाडिएका विद्यार्थीहरु नै अहिले उनको निर्वासन पछि देशको मन्त्री बनेका छन् ।

Advertisement

नोबेल पुरस्कार विजेता तथा अर्थशास्त्री मोहम्मद युनुस नेतृत्व गरेकोे बंगलादेशको १६ सदस्यीय अन्तरिम सरकारमा दुई जना नहिद इस्लाम र आसिफ महमुद आरक्षणविरुद्धको आन्दोलनका अगुवा विद्यार्थी नेता छन्। जसले बंगलादेशमा विद्यार्थी आन्दोलन चर्काउन र हसिनालाई आफ्नो देश छाड्न बाध्य पार्ने प्रमुख भूमिका निभाएका थिए । उनीहरुले नै क्याम्पसबाट आन्दोलन शुरु गरेर १५ वर्षदेखि सत्तामा बसेकी शेख हसिनाको सरकार ढालिदिएका छन् ।

तिनमा एक हुन् नाहिद इस्लाम । उनी विद्यार्थी आन्दोलनका मुख्य एवं ठूला अनुहार हुन्। उनले गत आइतबार भनेका थिए‚ ‘हामीले लाठी उठाएका छौं, यदि लाठीले काम नगरे हतियार उठाउन पनि तयार छौं।’ प्रधानमन्त्री शेख हसिनाले देशलाई गृहयुद्धमा धकेल्न चाहेको भन्दै उनले अब शेख हसिनाले पदबाट हट्ने या पदमै रहन रक्तपातको सहारा लिने तय गर्नुपर्ने बताएका थिए । नाहिद ढाका युनिभर्सिटीका विद्यार्थी हुन् ।

प्रहरीले जुलाई २० को बिहान आफूलाई गिरफ्तार गरेको आरोप लगाएका थिए तर प्रहरीले उक्त आरोपको खण्डन गरेको छ । सामाजिक सञ्जालमा सादा पोशाकमा रहेका केही व्यक्तिले नाहिदलाई गाडीमा हालेर लगेको भिडियो भाइरल भएको थियो। नाहिद बेपत्ता भएको २४ घण्टापछि एउटा पुलमुनि बेहोस अवस्थामा भेटिएका थिए । उनले आफूलाई बेहोस नहुन्जेलसम्म फलामको रडले कुटेको दाबी गरेका छन् ।

घाइते नाहिदलाई पुनः जुलाई २६ मा उपचारको क्रममा रहेका बेला अस्पतालबाटै गुप्तचर निकाय (डिटेक्टिभ ब्रान्च)को टोलीले नियन्त्रणमा लियो । प्रहरीको कुटाइबाट घाइते भएका नाहिदको अनुहारले प्रदर्शनकारीलाई थप भड्काइदियो र उनीहरू हिंस्रक भएर सडकमा उत्रिए । यस्तै अका विद्यार्थी जो मन्त्री बनेका छन्, आसिफ महमुद । उनी पनि ढाका युनिभर्सिटीका विद्यार्थी हुन्।

उनी जुनमा आरक्षणविरुद्ध भएको देशव्यापी आन्दोलनको हिस्सा बने । २६ जुलाईमा गुप्तचर डिटेक्टिभ ब्रान्चले हिरासतमा लिएका व्यक्तिहरूमा आसिफ पनि थिए । जुलाई २७ मा थप दुईजना विद्यार्थीलाई नियन्त्रणमा लिइयो, परिवारले भेट्न खोज्दा पनि उनीहरुलाई भेट्न दिइएन । २९ जुलाईमा हिरासतमा रहेका विद्यार्थीहरूसँग परिवारलाई भेट्न दिनुअघि नाहिद, आसिफ र उनका साथीहरूले विरोध प्रदर्शन फिर्ता लिने कुरा गरेको भिडियो सार्वजनिक गरियो ।

प्रहरीले कुटपिट गरेर उनीहरूलाई जबरजस्ती भिडियो बनाउन लगाएका रिपोर्टहरूको दाबी छ । आसिफलाई एउटा इन्जेक्सन दिइयो, जसले उनी केही दिनसम्म बेहोस थिए । अगस्त १ मा विद्यार्थी पक्राउको विरोधमा भएको प्रदर्शनपछि उनीहरुलाई हिरासतमुक्त गरियो । आसिफले अगस्त ३ मा विद्यार्थीहरूलाई घरमा नबसी आफ्नो नजिक भइरहेको प्रदर्शनमा संलग्न हुन अपिल गर्दै फेसबुकमा पोस्ट हाले ।

प्रधानमन्त्री हसिनाले बंगलादेश छाडेपछि आसिफले पुनः सञ्चारमाध्यममार्फत देशमा मार्सल ल अर्थात् शैन्य शासनलाई स्वीकार नगर्ने बताएका थिए । यस्तै यो आन्दोलनको अगुवा गरेका तेस्रा विद्यार्थी नेता हुन्, अबु बकर मजूमदार । उनले भने अन्तरिम सरकारमा स्थान पाएका छैनन् । उनी ढाका युनिभर्सिटीमा भूगोल विभागका विद्यार्थी हुन् । द फ्रन्ट लाइन डिफेन्डरका अनुसार उनी नागरिक अधिकार र मानव अधिकारसम्बन्धमा कार्यरत छन् ।

जुन ५ मा उच्च अदालतले आरक्षणका सन्दर्भमा गरेको फैसलापछि बकरले आफ्ना साथीहरूसँग मिलेर भेदभावविरुद्ध विद्यार्थी आन्दोलन शुरु गरे । उनले स्वतन्त्रता सेनानीका आफन्तलाई सरकारी जागिरमा आरक्षण दिने व्यवस्थाको खुलेर विरोध गरे । अबुलाई जुलाई १९ को साँझ केही व्यक्तिले लिएर गएका थिए र दुई दिनपछि जहाँबाट उठाइएको थियो त्यही उनलाई छाडियो ।

पछि अबुले प्रहरीले आफूलाई एउटा कोठामा बन्द गरेर आन्दोलन फिर्ता लिन दबाब दिएको मिडियालाई बताए । यो प्रस्तावलाई अस्वीकार गरेपछि आफूलाई कुटपिट गरिएको उनको भनाइ छ । घाइते अबु उपचारका क्रममा रहेका बेला जुलाई २६ मा पुनः पक्राउ परे । उनलाई शान्ति भंग गरेको आरोपमा पक्राउ गरिएको थियो ।

गत महिना विरोध प्रदर्शनको नेतृत्व गरेका ६ जनालाई गुप्तचर शाखाको टोलीले सुरक्षित राख्ने नाममा ६ दिनसम्म बन्धक बनाएर राखेपछि प्रदर्शन भड्किएको थियो । अस्पतालमा उपचार गराइरहेका घाइते नाहिद, आसिफ र मजुमदार लगायतलाई पक्राउ गरी जबरजस्ती आन्दोलन फिर्ता लिन दबाब दिँदै भिडियो बनाइएपछि आक्रोशित प्रदर्शनकारीहरू भड्किएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top