NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ट्रम्प विरु द्ध उर्लिए अमेरिकी, देशैभर ‘नो किङ्स’ प्रदर्शन आइतवार कार्तिक २ , २०८२
पाकिस्तान र अफगानिस्तानबीच फेरि यु द्ध विराम आइतवार कार्तिक २ , २०८२
ठूला नेता देश छाडेर भाग्ने दाउँमा, गृहमन्त्री रोक्ने उपाय खोज्दै आइतवार कार्तिक २ , २०८२
रास्वपामा कुलमान ल्याउने प्रस्तावले भाँडभैलो,सुमनापछि अब तोसिमा ? आइतवार कार्तिक २ , २०८२
नेपाली टोली यूएईमा, अनिलको पुनरागमन आइतवार कार्तिक २ , २०८२
Next
Prev

समाचार

हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

शुक्रबार साउन २५ , २०८१
Reading Time: 1 min read
A A
हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२५ साउन ,एजेन्सी ।

१५ वर्षसम्म बंगलादेशको नेतृत्व गरेकी शेख हसिना वाजेद देशभरबाट आफूविरुद्ध मानवसागर उर्लिएपछि देश छाडेर अहिले भारतमा शरण लिएर बसेकी छन् । अमेरिका र बेलायतमा राजनीतिक शरणका लागि पहल गरेपनि ती देशले तत्तकाल शरण नदिने जनउ दिएपछि बंगलादेशकी आइरन लेडी हसिनालाई अहिले कुन देशले शरण देला भन्ने चिन्ता छ ।

यस्तो अवस्थामा उनी भारतमै बस्छिन् कि अन्यत्र जाने योजनामा छिन् भन्ने अन्यौल छ । भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको भावी योजनाबारे अहिले कुनै अपडेट दिन नसकिने बताएका छन् । यो काम हसिनाको भएको र कहाँ जाने वा नजाने भन्ने निर्णय उनी आफैँले लिनु पर्ने पनि जायसवालले भनेका छन् ।

LS Auto

हसिनाले निर्णय गरेपछि मात्रै भारत सरकारले अगाडिको निर्णय गर्ने पनि उनले बताएका छन् । ‘विदेशमन्त्री एस जयशंकरले संसदमा शेख हसिनालाई छोटो सूचनामा भारत भ्रमणको अनुमति दिइएको बताइसकेका छन् । अहिले मसँग उनको भावी योजनाबारे बताउन केही पनि छैन । परिस्थितिहरू क्षण क्षणमा बद्लिँदै गएका छन् ।

केहि स्पष्ट हुने बित्तिकै, हामी तपाईँलाई पूर्ण जानकारी दिनेछौँ,’ जायसवालले भनेका छन् । उता बंगलादेशमा भने हसिनालाई देश छाड्न बाध्य बनाएका दुई विद्यार्थी भने अन्तरिम सरकारमा मन्त्री बनेका छन् ।हसिनानेतृत्वको सरकारले विद्यार्थी आन्दोलन दबाउन अत्यधिक बल प्रयोग गरी बेहोस अवस्थामा छाडिएका विद्यार्थीहरु नै अहिले उनको निर्वासन पछि देशको मन्त्री बनेका छन् ।

नोबेल पुरस्कार विजेता तथा अर्थशास्त्री मोहम्मद युनुस नेतृत्व गरेकोे बंगलादेशको १६ सदस्यीय अन्तरिम सरकारमा दुई जना नहिद इस्लाम र आसिफ महमुद आरक्षणविरुद्धको आन्दोलनका अगुवा विद्यार्थी नेता छन्। जसले बंगलादेशमा विद्यार्थी आन्दोलन चर्काउन र हसिनालाई आफ्नो देश छाड्न बाध्य पार्ने प्रमुख भूमिका निभाएका थिए । उनीहरुले नै क्याम्पसबाट आन्दोलन शुरु गरेर १५ वर्षदेखि सत्तामा बसेकी शेख हसिनाको सरकार ढालिदिएका छन् ।

तिनमा एक हुन् नाहिद इस्लाम । उनी विद्यार्थी आन्दोलनका मुख्य एवं ठूला अनुहार हुन्। उनले गत आइतबार भनेका थिए‚ ‘हामीले लाठी उठाएका छौं, यदि लाठीले काम नगरे हतियार उठाउन पनि तयार छौं।’ प्रधानमन्त्री शेख हसिनाले देशलाई गृहयुद्धमा धकेल्न चाहेको भन्दै उनले अब शेख हसिनाले पदबाट हट्ने या पदमै रहन रक्तपातको सहारा लिने तय गर्नुपर्ने बताएका थिए । नाहिद ढाका युनिभर्सिटीका विद्यार्थी हुन् ।

प्रहरीले जुलाई २० को बिहान आफूलाई गिरफ्तार गरेको आरोप लगाएका थिए तर प्रहरीले उक्त आरोपको खण्डन गरेको छ । सामाजिक सञ्जालमा सादा पोशाकमा रहेका केही व्यक्तिले नाहिदलाई गाडीमा हालेर लगेको भिडियो भाइरल भएको थियो। नाहिद बेपत्ता भएको २४ घण्टापछि एउटा पुलमुनि बेहोस अवस्थामा भेटिएका थिए । उनले आफूलाई बेहोस नहुन्जेलसम्म फलामको रडले कुटेको दाबी गरेका छन् ।

घाइते नाहिदलाई पुनः जुलाई २६ मा उपचारको क्रममा रहेका बेला अस्पतालबाटै गुप्तचर निकाय (डिटेक्टिभ ब्रान्च)को टोलीले नियन्त्रणमा लियो । प्रहरीको कुटाइबाट घाइते भएका नाहिदको अनुहारले प्रदर्शनकारीलाई थप भड्काइदियो र उनीहरू हिंस्रक भएर सडकमा उत्रिए । यस्तै अका विद्यार्थी जो मन्त्री बनेका छन्, आसिफ महमुद । उनी पनि ढाका युनिभर्सिटीका विद्यार्थी हुन्।

उनी जुनमा आरक्षणविरुद्ध भएको देशव्यापी आन्दोलनको हिस्सा बने । २६ जुलाईमा गुप्तचर डिटेक्टिभ ब्रान्चले हिरासतमा लिएका व्यक्तिहरूमा आसिफ पनि थिए । जुलाई २७ मा थप दुईजना विद्यार्थीलाई नियन्त्रणमा लिइयो, परिवारले भेट्न खोज्दा पनि उनीहरुलाई भेट्न दिइएन । २९ जुलाईमा हिरासतमा रहेका विद्यार्थीहरूसँग परिवारलाई भेट्न दिनुअघि नाहिद, आसिफ र उनका साथीहरूले विरोध प्रदर्शन फिर्ता लिने कुरा गरेको भिडियो सार्वजनिक गरियो ।

प्रहरीले कुटपिट गरेर उनीहरूलाई जबरजस्ती भिडियो बनाउन लगाएका रिपोर्टहरूको दाबी छ । आसिफलाई एउटा इन्जेक्सन दिइयो, जसले उनी केही दिनसम्म बेहोस थिए । अगस्त १ मा विद्यार्थी पक्राउको विरोधमा भएको प्रदर्शनपछि उनीहरुलाई हिरासतमुक्त गरियो । आसिफले अगस्त ३ मा विद्यार्थीहरूलाई घरमा नबसी आफ्नो नजिक भइरहेको प्रदर्शनमा संलग्न हुन अपिल गर्दै फेसबुकमा पोस्ट हाले ।

प्रधानमन्त्री हसिनाले बंगलादेश छाडेपछि आसिफले पुनः सञ्चारमाध्यममार्फत देशमा मार्सल ल अर्थात् शैन्य शासनलाई स्वीकार नगर्ने बताएका थिए । यस्तै यो आन्दोलनको अगुवा गरेका तेस्रा विद्यार्थी नेता हुन्, अबु बकर मजूमदार । उनले भने अन्तरिम सरकारमा स्थान पाएका छैनन् । उनी ढाका युनिभर्सिटीमा भूगोल विभागका विद्यार्थी हुन् । द फ्रन्ट लाइन डिफेन्डरका अनुसार उनी नागरिक अधिकार र मानव अधिकारसम्बन्धमा कार्यरत छन् ।

जुन ५ मा उच्च अदालतले आरक्षणका सन्दर्भमा गरेको फैसलापछि बकरले आफ्ना साथीहरूसँग मिलेर भेदभावविरुद्ध विद्यार्थी आन्दोलन शुरु गरे । उनले स्वतन्त्रता सेनानीका आफन्तलाई सरकारी जागिरमा आरक्षण दिने व्यवस्थाको खुलेर विरोध गरे । अबुलाई जुलाई १९ को साँझ केही व्यक्तिले लिएर गएका थिए र दुई दिनपछि जहाँबाट उठाइएको थियो त्यही उनलाई छाडियो ।

पछि अबुले प्रहरीले आफूलाई एउटा कोठामा बन्द गरेर आन्दोलन फिर्ता लिन दबाब दिएको मिडियालाई बताए । यो प्रस्तावलाई अस्वीकार गरेपछि आफूलाई कुटपिट गरिएको उनको भनाइ छ । घाइते अबु उपचारका क्रममा रहेका बेला जुलाई २६ मा पुनः पक्राउ परे । उनलाई शान्ति भंग गरेको आरोपमा पक्राउ गरिएको थियो ।

गत महिना विरोध प्रदर्शनको नेतृत्व गरेका ६ जनालाई गुप्तचर शाखाको टोलीले सुरक्षित राख्ने नाममा ६ दिनसम्म बन्धक बनाएर राखेपछि प्रदर्शन भड्किएको थियो । अस्पतालमा उपचार गराइरहेका घाइते नाहिद, आसिफ र मजुमदार लगायतलाई पक्राउ गरी जबरजस्ती आन्दोलन फिर्ता लिन दबाब दिँदै भिडियो बनाइएपछि आक्रोशित प्रदर्शनकारीहरू भड्किएका थिए ।

Tags: #हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी

लोकप्रीय

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्प विरु द्ध उर्लिए अमेरिकी, देशैभर ‘नो किङ्स’ प्रदर्शन

आइतवार कार्तिक २ , २०८२
पाकिस्तान र अफगानिस्तानबीच फेरि यु द्ध विराम

पाकिस्तान र अफगानिस्तानबीच फेरि यु द्ध विराम

आइतवार कार्तिक २ , २०८२
ठूला नेता देश छाडेर भाग्ने दाउँमा, गृहमन्त्री रोक्ने उपाय खोज्दै

ठूला नेता देश छाडेर भाग्ने दाउँमा, गृहमन्त्री रोक्ने उपाय खोज्दै

आइतवार कार्तिक २ , २०८२

विचार

थप समाचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
अन्तर्राष्ट्रिय

ताजा समाचार

ठूला नेता देश छाडेर भाग्ने दाउँमा, गृहमन्त्री रोक्ने उपाय खोज्दै

आइतवार कार्तिक २ , २०८२
रास्वपामा कुलमान ल्याउने प्रस्तावले भाँडभैलो,सुमनापछि अब तोसिमा ?
ताजा समाचार

रास्वपामा कुलमान ल्याउने प्रस्तावले भाँडभैलो,सुमनापछि अब तोसिमा ?

आइतवार कार्तिक २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मोरोक्कोको जेनजी आन्दोलन उग्र, गाजामा फेरि यु*द्ध || Nepal Times

World News: मोरोक्कोको जेनजी आन्दोलन उग्र, गाजामा फेरि यु*द्ध || Nepal Times

00:12:58

World News:एन्ड्रयूले त्यागे ’ड्यूक अफ योर्क’, चीनमा ९ शीर्ष जनरल निष्कासित

00:14:00

World News:हसिनालाई मृ त्युद ण्डको माग,ह मा सलाई समाप्तै गर्नुपर्ने|| Nepal Times

00:21:02

World News:Iranमाथि प्रतिबन्ध रुसद्वारा अस्वीकार, आफ्नै फोटोमा भड्किए ट्रम्प|| Nepal Times

00:19:54

स्टारशिपको ११औँ परीक्षण सफल, भारतमा गुगलको १५ अर्ब डलर लगानी|| Nepal Times

00:14:27

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

रास्वपामा कुलमान ल्याउने प्रस्तावले भाँडभैलो,सुमनापछि अब तोसिमा ?

रास्वपामा कुलमान ल्याउने प्रस्तावले भाँडभैलो,सुमनापछि अब तोसिमा ?

आइतवार कार्तिक २ , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ

ओलीको राजीनामा माग्दै उषाकिरणले झाँको झारिन,गैरेले पनि मागे राजीनामा

शुक्रबार अशोज ३१ , २०८२
विश्वकपको ढोका खोल्दै नेपाल, विश्वभरबाट प्रशंसा

२०२६ टी २० विश्वकपमा नेपाल भर्सेस भारत ?

बिहिबार अशोज ३० , २०८२

हालका पोस्टहरू

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्प विरु द्ध उर्लिए अमेरिकी, देशैभर ‘नो किङ्स’ प्रदर्शन

आइतवार कार्तिक २ , २०८२
पाकिस्तान र अफगानिस्तानबीच फेरि यु द्ध विराम

पाकिस्तान र अफगानिस्तानबीच फेरि यु द्ध विराम

आइतवार कार्तिक २ , २०८२
ठूला नेता देश छाडेर भाग्ने दाउँमा, गृहमन्त्री रोक्ने उपाय खोज्दै

ठूला नेता देश छाडेर भाग्ने दाउँमा, गृहमन्त्री रोक्ने उपाय खोज्दै

आइतवार कार्तिक २ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.