विराटनगर : संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान दिवस मनाउने बेला नआएको बताएका छन् ।
असोज ३ गतेलाई संविधान दिवसको रुपमा मनाउने कि कालो दिवसको रुपमा मनाउने बिषयमा फोरमभित्र मतभेद चुलिएको बेला पार्टी अध्यक्ष यादवले संविधान दिवस मनाउने बेला नआएको बताए ।
सप्तरीको राजविराजमा पत्रकारहरुसँग यादवले भने – कालो दिवस मनाउँदैनौँ, संविधान दिवस मनाउने बेला भएको छैन ।
फोरमको तदर्थ समितिले असोज ३ गते कालो दिवसका रुपमा मनाउने भन्दै विरोधका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।
प्रदेश नं २ मा कार्यकर्ताहरुले कालो दिनको रुपमा मनाउन तयारी समेत गरेको बताईएको छ ।
पत्रकारहरुले राखेको जिज्ञासामा उनले भने फोरमका कार्यकर्ताहरु संविधान दिवसको अवसरमा कुनै विरोधका कार्यक्रम गर्ने छैनन् ।यो समाचार आजको उदघोष दैनिकमा छापिएको छ ।