×

NEPAL TIMES UPDATES

Playing
विपक्षीले गरे जवरजस्तीको संसद् अवरोध, नियमावलीमा छैन् व्यवस्था|| Nepal Times
May 13, 2026
Playing
संसद्मा पुग्यो न्यायालयको विषय || Nepal Times
May 13, 2026
Playing
ओडीआई ब्याटिङ वरियताको शीर्ष १०० मा आसिफ र दीपेन्द्रको प्रवेश|| Nepal Times
May 13, 2026
Playing
ट्रम्प ८ वर्षपछि चीनमा उत्रिदा जे देखियो, छोराबुहारीसहित १७ ब्यापारी|| Nepal Times
May 13, 2026
Playing
आफ्नै कारण संसद्मा हंगामा हुँदा प्रधानमन्त्री बालेन कहाँ थिए ?|| Nepal Times
May 13, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-30-2083 || Nepal Times
May 13, 2026
Playing
इरानका धेरै मिसाइल लन्च साइट सुरक्षित, अमेरिकी १३ हजार अट्याक फेल || Nepal Times
May 13, 2026
Playing
सेनासँग किन टक्कर लिदैछन् बादल ? || Nepal Times
May 13, 2026
Playing
Americaले ४ लक्ष्मणरेखा नाघ्न नहुने, ट्रम्प–सी भेट अघि जी२को चर्चा || Nepal Times
May 13, 2026
Playing
रास्वपाले जेठ १० गतेसम्म विधान लेख्ने, महाधिवेशनमा २५ सय सहभागी हुने || Nepal Times
May 13, 2026

हसिनाले बंगलादेश छाड्नु पर्ने कारण यस्तो रहेछ ?सबै षडयन्त्र अमेरिकी

२७ श्रावण २०८१

२७ साउन, एजेन्सी ।

जनआन्दोलनपछि आफ्नो सुरक्षा चुनौती बढेपछि देश छाडेर भागेकी बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफूले देश छाड्नु परेको कारण बारे मुख खोलेकी छन् । बंगलादेशबाट निर्वासित भई भारतमा शरण लिइरहेकी हसिनाले देश छाडेको झन्डै एक सातापछि अमेरिकाले आफूलाई सत्ताबाट हटाएको आरोप लगाएकी छन् ।

Advertisement
Advertisement

सेन्ट मार्टिन टापु नछोडेकाले सत्ताबाट हटाउने योजना बनाइएको उनले बताएकी छन् । यस टापुको अधिग्रहणले अमेरिकालाई बंगालको खाडीमा प्रभाव स्थापित गर्न मद्दत पु¥याउने थियो। उनले बंगलादेशका जनतालाई कट्टरपन्थीबाट भ्रममा नपर्न सचेत गराएकी छन् । शेख हसिनाले आफ्ना नजिकका सहयोगीहरूमार्फत पठाएको सन्देशमा यस्तो बताएको इकोनोमिक टाइम्सले उल्लेख गरेको छ ।

इकोनोमिक टाइम्सले यस्तो सन्देश हसिनाबाट आफूहरुलाई प्राप्त भएको समेत बताएको छ । विद्यार्थीहरुको चर्को विरोधपछि शेख हसिनाले अगस्ट ५ मा पदबाट राजीनामा दिएकी थिइन् । उनी भारतमा सुरक्षित स्थानमा बस्दै आएकी छिन् । सन्देशमा हसिनाले भनेकी छन् ‘मैले शवको जुलुस नहेर्नुस् भनेर राजीनामा दिएको हुँ ।

उनीहरू विद्यार्थीको शवमाथि सत्तामा आउन चाहन्थे, तर मैले त्यसो हुन दिइनँ। मैले प्रधानमन्त्री पदबाट राजीनामा दिएँ । अवामी लिगका नेतृ समेत रहेकी हसिनाले भनेकी छन्, ’यदि मैले सेन्ट मार्टिन टापुको सार्वभौमसत्ता त्यागेको भए र अमेरिकालाई बंगालको खाडीमा आफ्नो प्रभुत्व स्थापित गर्न दिएको भए म सत्तामा रहन सक्थेँ। म मेरो देशका जनतालाई आग्रह गर्दछु, कृपया कट्टरपन्थीहरूको भ्रममा नपर्नुहोस् ।

हसिनाले आफू देशमा बसेको भए धेरै मानिसको ज्यान जाने र धेरै स्रोतसाधन नष्ट हुने भएकाले जिद्दी नगरेको बताएकी छन् । मैले देश छोड्ने धेरै कठिन निर्णय लिएँ। म तिम्रो (बंगलादेश) नेता भएँ किनभने तिमीले मलाई चुन्यौ, तिमी मेरो शक्ति हौ। उनले अवामी लिगका नेताहरुको हत्याको निन्दा गर्दै आफू छिट्टै स्वदेश फर्किने आश्वासन दिएकी छन् । उनले आफ्नो सन्देशमा भनेकी छन्, ‘धेरै नेताको हत्या भएको खबर सुन्दा निकै दुःख लागेको छ । श्रमिकलाई दुव्र्यवहार भइरहेको छ ।

उनीहरुको घरमा तोडफोड र आगजनी भइरहेको छ । सर्वशक्तिमान अल्लाहको कृपाले म चाँडै फर्कनेछु। अवामी लिग बारम्बार उठेको छ । म सधैं बंगलादेशको भविष्यको लागि प्रार्थना गर्नेछु । बंगलादेशको आरक्षण आन्दोलन र विद्यार्थीहरूको विरोधको सन्दर्भमा हसिनाले भनेकी छन्, ’म बंगलादेशका युवा विद्यार्थीहरूलाई दोहोर्याउन चाहन्छु। मैले तिमीलाई कहिले रजाकार भनिनँ । तिमीलाई उत्तेजित गर्नका लागि मेरा शब्दहरू घुमाइएको थियो।

पुरा भिडियो हेरिदिनु हुन अनुरोध गर्दछु । षड्यन्त्रकारीहरूले तपाईंको निर्दोषताको फाइदा उठाएर देशलाई अस्थिर बनाउन प्रयोग गरेका छन्। बंगलादेशमा आरक्षण विरोधी आन्दोलन सुरु हुनुअघि नै शेख हसिनाले संसदमा अमेरिकाले आफ्नो देशमा सत्ता परिवर्तनको रणनीति बनाइरहेको बताएकी थिइन् । पार्टी नेताहरुको बैठकमा हसिनाले अमेरिकाको नाम नलिई बङ्गालको खाडीमा सैनिक अड्डा बनाउन दिएमा सरकारलाई कुनै समस्या नहुने बताएकी थिइन् ।

हसिनाले बंगालको खाडीलाई रणभूमि बन्न नदिने पनि बताइन् । इकोनमिक टाइम्सले जागिर कोटाको बिरूद्ध आन्दोलन गरिरहेकाहरू वास्तवमा विदेशी तत्वहरूको हातबाट नियन्त्रित रहेको जसले वास्तवमा बंगलादेशमा शासन परिवर्तनको षड्यन्त्र गरिरहेको उल्लेख गरेको छ । हसिनाका निकट अवामी लिगका नेताहरूले ढाकाको शासन परिवर्तनको लागि अमेरिकालाई दोष दिएका छन् ।

उनीहरुले गएको मेमा ढाकाको भ्रमण गरेका एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञले नै यो सबै षडयन्त्रको नेतृत्व गरेको आरोप लगाएका छन् । नेताहरूले अमेरिकी कूटनीतिज्ञहरूले हसिनालाई चीनविरुद्ध उभिन दबाब दिएको समेत आरोप लगाएका छन् । हसिनाले विद्यार्थी आन्दोलन चल्दै गर्दा चीनको भ्रमण गरेकी थिइन । त्याहा भएका सम्झौताहरु अमेरिकी योजना अनुरुप नभएपछि झनै अमेरिकी अधिकारी रुष्ट भएको समेत अवामी लिगका नेताहरुको दाबी छ ।

अमेरिकी राजदूत पिटर हास बंगलादेश नेसनलिस्ट पार्टीको पक्षमा रहेको समेत आरोप लगाएका छन् । उनको कार्यकाल गत जुलाईमा सकिएको थियो । अमेरिकी सरकारले मानवअधिकार र निर्वाचन प्रक्रियालाई लिएर ढाकाको लगातार आलोचना गर्दै आएको छ। फेरि हसिना भारतमा निर्वासन भएलगत्तै उनको अमेरिकी भिसा रद्द गरिदिएको छ । हसिनाका छोरा भने परिवारसहित अमेरिकामा नै बस्दै आएका छन् ।

Advertisement

हसिनाले देश छाडेपछि बंगलादेशमा अन्तरिम सरकार बनेको छ । जसलाई देशमा सुरक्षा वहाल राख्दै निर्वाचन गराउनु पर्ने म्यान्डेड दिइएको छ । चुनाव घोषणा हुना साथै हसिना स्वदेश फर्किने उनका छोरा सजिव वाजेद जोयले समेत बताइसकेका छन् । पछिल्लो समय बंगलादेशमा समेत हसिनालाई स्वदेश फर्काउन भन्दै प्रर्दशन सुरु भएको छ ।

Advertisement

भर्खरको समाचार

विद्यालयमा लाग्यो नयाँ नियम, बिदा घट्यो, खाजा र प्रार्थना समय नयाँ

Sikshya mantralaya

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

क्यालिफोर्नियाकी मेयर नै चिनियाँ एजेन्ट, आफैले गरिन् स्वीकार

ZYbBf806FnigaeMXWRonMccO6UZ2ukc8gLuQiCuWk3F0R91fnD0P28Konn655g_I21_iIgCqCl9WNCZkNv1et94VK7RcBLXQjSF5rvK6C4vlPbZuRd9Hn-EvpcP-kDpamWP6Q0k2guJMscea44meh8a0ARTg2zu-n8isdVKQ66CUR9Dq57zy45jSZdEg5n9W

संसद्मा दुई तिहाइ नजिकको सरकारमाथि विपक्षी भारी

0a282586-2f03-4924-a629-bd67ca872b11

शिक्षा क्षेत्रमा बालेन–सस्मित ’म्याजिक’: तोडियो रेकर्ड

Exam-Board

प्रधानमन्त्री बालेनको पोसाक र मर्यादाःसमाचार टिप्पणी

677108931_958688953417789_3450960544499223528_n

हाल कस्तो छ मुलुकको अर्थतन्त्र?

????????????????????????????????????

आज अधिकांश स्थानमा वर्षा जारी

mausam-2075-12-18-768x388

संसद्मा बालेनको Walkout कि रामचन्द्रको Knockout ?

698876326_975596528393698_4871626423866380974_n

कर घट्ने, कमाइ बढ्ने? सरकारको नयाँ गेमप्लान, घर बसेरै ‘डलर कमाउने’

nepali paisa

सम्बन्धित खबरहरु

Scroll to Top