विराटनगर : प्रदेश सरकारको दैनिक कामकाजमा कर्मचारी अभाव भएको भन्दै प्रदेश १ को मन्त्रीपरिषद् बैठकले थप ६ सय १३ कर्मचारी माग गरेको छ ।
मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले प्रदेश सरकारलाई ४ हजार ३ सय ३४ कर्मचारी चाहिने भन्दै प्रदेश सरकारका लागि कर्मचारीको नयाँ सांगठनिक संरचना स्वीकृत गरेको हो ।
सरकारका प्रवत्ता एवम् आन्तिरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री कार्यालयसहित ७ वटा मन्त्रालय, प्रदेश सभा प्रदेश कोष नियन्त्रक कार्यालय र मुख्य न्यायाधिबत्ताको कार्यालयमा आवश्यक थप कर्मचारीको दरबन्दी तेरिजलाई प्रमाणित गरी संघिय सरकार समक्ष पठाईने जानकारी दिए ।
प्रदेश २ मा हाल ३ हजार ७ सय २१ कर्मचारी दर्बन्दी भएपनि यो संख्या प्रदेशका सबै संरचनामा आवश्यक कर्मचारीको ५० प्रतिशत मात्रै भएको कार्कीले बताए ।,यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।