झन्डै शतप्रतिशत मत पाएका रुवाण्डाका राष्ट्रपति, जसले लिए चौथोपटक शपथ

२८ साउन ८१, मंगलबार

२९ साउन, विराटनगर । राष्ट्रपतीय निर्वाचनमा झन्डै शतप्रतिशत मत पाएका रुवाण्डाका नवनिर्वाचित राष्ट्रपति पाउल कागामेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

६६ वर्षीय कागामेले गत १५ जुलाईमा भएको राष्ट्रपतीय निर्वाचनमा ९९.१८ प्रतिशत मत पाएका थिए । रुवाण्डाका करिब ९० लाख जनताले कागामेको पक्षमा मतदान गरेका थिए ।

रुवाण्डाबासीले उनलाई चौथोपटक राष्ट्रपतिका रूपमा निर्वाचित गरेका हुन् । यसअघि उनी सन् २००३, २०१० र २०१७ को राष्ट्रपति चुनावमा निर्वाचित भएका थिए ।

Advertisement

सत्तारुढ रुवाण्डा प्याट्रियोटिक फ्रन्ट (आरपिएफ) को प्रतिनिधित्व गर्ने कागामेले करिब-करिब शतप्रतिशत मत पाउँदा उनका प्रतिद्वन्द्वी रुवाण्डाको विपक्षी डेमोक्र्याटिक ग्रीन पार्टीका फ्रान्क हबिनेजा र स्वतन्त्र उम्मेदवार फिलिप मपेइमानाले क्रमशः ०.५० प्रतिशत र ०.३२ प्रतिशत मत प्राप्त गरेका थिए ।

रुवाण्डाको राजधानी किगालीस्थित अमाहोरो स्टेडियममा आयोजित एक समारोहमा शपथ ग्रहण गर्दै उनले शपथ दिनलाई नवीकरण र कृतज्ञताको दिनको रूपमा वर्णन गरे ।

विगत तीन दशकमा रुवाण्डाको प्रगतिलाई प्रतिविम्बित गर्दै कागामेले अपेक्षाभन्दा धेरै उपलब्धि हासिल भएको उल्लेख गर्दै कागामेले विगत ३० वर्षदेखि काम अघि बढेको र अब भविष्यतर्फ पनि ध्यान केन्द्रित भएकोमा जोड दिए ।

कागामेले विशिष्ट परिस्थिति र नागरिकका अपेक्षाहरू पूरा गर्न राजनीतिक र शासन प्रणालीलाई अनुकूलन गर्ने आवश्यकतालाई विनम्र स्वीकार गर्न आह्वान गरे ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top