२९ साउन, विराटनगर । नेपाली बजारमा मंगलबार (आज) सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । आज नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको नयाँ दरभाउ अनुसार सुनको मूल्यले अहिलेसम्मको सबै कीर्तिमान भंग गरेको हो ।
महासंघका अनुसार आज सुनको मूल्य एक लाख ५० हजार आठ सय रुपैयाँ कायम भएको हो । सोमबार तोलामा एक लाख ४८ हजार ७०० रुपैयाँ कायम भएको सुनको मूल्य एकै दिन २१ सय रुपैयाँले बढेर ऐतिहासिक मूल्य कायम भएको हो ।
यो मूल्य अहिलेसम्मकै उच्च भएको महासंघले जनाएको छ । यसअघि सुनको मूल्य एक लाख ५० हजार रुपैयाँसम्म कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य मंगलबार तोलामा १ हजार ७४० रुपैयाँ कायम भएको छ ।