२९ साउन, विराटनगर ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले मंगलबार घिसिङविरुद्ध अख्तियारमामा उजुरी दिएका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै खरेलले ‘एन्टिकरप्सन नेटवर्क’को तर्फबाट सम्पूर्ण प्रमाणसहित उजुरी दिएको जानकारी दिएका छन् ।
आफ्नो उजुरीमा राज्यलाई करोडौँ रुपैयाँ घाटा हुनेगरी पिपिए गरेको उल्लेख गर्दै उनले ऊर्जा उत्पादक कम्पनीसँग विद्युत खरिदका लागि पिपिए गर्दा उक्त घोटाला भएको जिकिर गरेका छन् ।