प्रधानमन्त्री ओलीको सराहनीय काम : काममा फर्किए दुवै हात नभएका गणेश

२९ साउन ८१, बुधबार

३० साउन, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै हात नभएका गणेश राईलाई आफ्नो सचिवालयमा पुनः नियुक्त गरेका छन् । प्रधानमन्त्री ओलीले खोटाङको जन्तेढुंगा गाउँपालिका-३ मा जन्मिएका राईलाई कम्प्युटर अपरेटरमा नियुक्त गरेका हुन् ।

यसअघि ओलीले आफू पहिलो पटक २०७२ असोज २४ गते प्रधानमन्त्री हुँदा राईलाई सचिवालयमा नियुक्त गरेका थिए । त्यसबेला उनले सहरी विकास मन्त्रालयअन्तर्गतको डिभिजन कार्यालय काठमाडौंमा नियुक्ति पाएका थिए । तर, ओली बाहिरिएसँगै राई पनि सेवाबाट बाहिरिए ।

२०७४ सालमा ओली दोस्रोपटक प्रधानमन्त्री नियुक्त भएपछि पुन: राईलाई प्रधानमन्त्री कार्यालयमा बोलाए र नियुक्ति दिए । २०७४ यता तत्कालीन प्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारको पालामा पनि राई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत थिए ।

Advertisement

पछिल्लो समय भने दरबन्दी काटिएसँगै उनले सेवाबाट बाहिरनु परेको थियो । तर, फेरि वर्तमान प्रधानमन्त्री ओलीले उनलाई तेस्रो पटक आफ्नो सचिवालयमा काम गर्ने अवसर दिएका हुन् ।

परिवारमा ६ भाइमध्ये गणेश साहिँला हुन् । जन्मजात दुवै हात नभएपछि थुप्रै प्रश्नको सामना गर्दै आएका उनी कक्षा १२ सम्मको अध्ययन गाउँमा सकेर दिक्तेल पुगेका थिए ।

Advertisement

दिक्तेलस्थित एक कम्प्युटर सेन्टरबाट कम्प्युटर सिकेर उनी २०७२ सालमा अध्ययनकै सिलसिलामा काठमाडौं प्रवेश गरे । अनेरास्ववियुका विद्यार्थी नेताबाट ओलीसँग भेट भएपछि उनको जीविक सहज बनेको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top