यसकारण दर्शकबिनै खेल्ने छन्, पाकिस्तान र बंगलादेशले दोस्रो टेस्ट

३० साउन ८१, बिहीबार

३१ साउन, विराटनगर ।

Advertisement

पाकिस्तान र बंगलादेशबीच अगस्ट ३१ देखि हुने दोस्रो टेस्ट दर्शकबिना खेलाइने भएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले मैदान निर्माणाधीन अवस्थामा रहेका कारण उक्त खेल दर्शकविना नै खेलाउने निर्णय गरेको हो ।

दुई एसियन राष्ट्रबीचकाे दोस्रो र अन्तिम टेस्ट कराँचीमा हुन लागेको छ । कराँचीको नेसनल स्टेडियममा निर्माण कार्य भइरहेकाले पाकिस्तान र बंगलादेशले दर्शकबिनै खेल्नुपरेको हो ।

Advertisement

पाकिस्तानले यस सिजन घरेलु मैदानमा सातवटा टेस्ट खेल खेल्नुपर्नेछ ।

यी दुई देशबीचकाे पहिलो सिरिज अगस्ट २१ मा रावलपिन्डीमा हुने छ । दोस्रो टेस्ट भने सारेर कराँची पुर्‍याइएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top