काठमाडौंबाट ब्राउनसुगरसहित पक्राउ परे मोरङका तीन युवा

३० साउन ८१, बिहीबार

३१ साउन, विराटनगर । 

काठमाडौंबाट ब्राउनसुगरसहित मोरङका तीन युवासहित आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौं महानगरपालिका-३१ कोटेश्वरबाट ३३.७६ ग्राम ब्राउनसुगरसहित आठ जनालाई प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरूमा मोरङको कानेपोखरी गाउँपालिका-५ घर भई हाल ललितपुर इमाडोल बस्ने २१ वर्षीय रेमन राई, बेलबारी नगरपालिका-९ घर भई हाल कालोपुल बस्ने ३३ वर्षीय अमितकुमार चौधरी र बेलबारी-४ घर भई हाल ललितपुरको ग्वार्को बस्ने ३६ वर्षीय प्रमोद राई रहेका छन् ।

यस्तै, पाँचथर मिक्लाजुङ-४ का २८ वर्षीय मेहरमान भुजेल, फिदिम-१ घर भएका २७ वर्षीय टिम्पल तामाङ, फाल्गुनन्द-५ घर भएका २९ वर्षीय भीमकुमार चेम्जोङ, ललितपुर-१२ का २७ वर्षीय रफिस अवाले र काभ्रेपलाञ्चोकको नमबुद्ध-२ का १९ वर्षीय रिसफ श्रेष्‍ठ पक्राउ परेका हुन् ।

मंगलबार साँझ ६:२० बजेतिर कोटेश्‍वरमा शंकास्पद गतिविधि गरिरहेको अवस्थामा पक्राउ परेका उनीहरूका साथबाट ३३.७६ ग्राम ब्राउन सुगर, ८ ट्याब्लेट ट्रामाडोल, एक थान मोटरसाइकल, एक थान स्कुटर र ५५ हजार नगद बरामद गरिएको छ ।

 

भर्खरको समाचार

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

सम्बन्धित समाचार

Scroll to Top