NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ शुक्रबार भदौ ६ , २०८२
भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग शुक्रबार भदौ ६ , २०८२
पूरा अन्टार्कटिका क्षेत्रमा सुनामीको चेतावनी शुक्रबार भदौ ६ , २०८२
ओलीले विश्वासको मत लिनुपर्छ कि पर्दैन? फैसलाहुँदै शुक्रबार भदौ ६ , २०८२
Next
Prev

समाचार

स्पानिस ला लिगाको नयाँ सिजन आजदेखि सुरु

बिहिबार साउन ३१ , २०८१
Reading Time: 1 min read
A A
स्पानिस ला लिगाको नयाँ सिजन आजदेखि सुरु
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

साउन ३१ ,एजेन्सी ।

स्पानिस जायन्ट रियल मड्रिडले यूईएफए सुपर कपको उपाधि जितेको छ । फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेले डेब्युमै गोल गरेपछि च्याम्पियन्स र ला लिगा विजेता रियलले युइएफए सुपर कपको उपाधि जितेको हो । रियलले इटालियन क्लब एटलान्टालाई २–० ले पराजित गर्दै कीर्तिमानी छैटौंपटक सुपर कपको उपाधि जित्न सफल भएको हो । रियलको जितमा एमबाप्पेसँगै फेडे भाल्भेर्डेले गोल गरे ।

एमबाप्पे यसै समरमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट फ्रि ट्रान्सफरमा म्याड्रिडमा अनुबन्ध भएका थिए । वार्सा पोल्यान्डमा बिहीबार राति भएको खेलमा रियलले एटलान्टाविरुद्ध आफ्नो पहिलो रोजाईकै टोली उतारेको थियो । फेडे भाल्भर्डेले गोलको सुरुवात गरेको ९ मिनेटपछि डेब्यु खेल खेलिरहेका एमबाप्पेले गोल गर्दै रियललाई च्याम्पियन बनाए ।

भिनिसियस जुनियरको पासमा रोड्रिगोको प्रहार क्रसबारमा लागेर फर्कदा रियलले पहिलो हाफमा अग्रता लिन सकेन । थिबाउट कोर्टुवाले दोस्रो हाफको सुरुमै मारियो पासालिकको हेडरलाई उत्कृष्ट बचाउ गर्दे रियललाई खेलमा कायम राखे । त्यसपछि ५९औं मिनेटमा भाल्भेर्डेले गोल गर्दै रियललाई १–० को अग्रता दिलाए । उनले भिनिसियस जुनियरको पासमा गोल गर्न सफल भएका थिए ।

६८औं मिनेटमा एमबाप्पेले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । भिनिसियसले एक खेलाडीलाई बिट गर्दै जुड बेलिङहमबाट आएको पासमा पछिल्लो ग्यालेक्टिकोको लागि डेब्यु गरिरहेका एमबाप्पे चुकेनन् । एम्बाप्पे क्लबका लागि आफ्नो प्रतिस्पर्धात्मक डेब्युमा गोल गर्ने पहिलो म्याड्रिड खेलाडी हुन् । १२ महिनाअघि बेलिङहमले एथलेटिक बिल्बाओविरुद्धको खेलमा गोल गरेका थिए ।

त्यसअघि सन् २०१६ मा मार्को एसेन्सियोले सेभियाविरुद्ध सुपर कपमा गोल गरेका थिए । रियल म्याड्रिडको यो छैटौं सुपर कप उपाधि हो । यसअघि रियलले सन् २००२, २०१४, २०१६, २०१७ र २०२२ मा उपाधि जितेको थियो । बार्सिलोनाले पाँचपटक उपाधि जितेको छ । प्रशिक्षक कार्लाे एन्सेलोटीले पाँचपटक जितेका छन् । एन्सेलोटीले २००३ र २००७ मा एसी मिलानबाट यो उपाधि जितेका थिए ।

उसको पाँच सुपर कप जित कुनै पनि प्रशिक्षकको लागि सबैभन्दा धेरै हो, बुधवारको जितले उसले पेप गार्डियोला (चार) लाई पछि पारेको छ । यता अल ताओनलाई हराउँदै अल नासर साउदी सुपर कपको फाइनलमा पुगेको छ । साउदीको प्रिन्स सुल्तान बिन अब्दुल अजिज स्टेडियममा गएराति भएको सेमिफाइनलमा अल ताओनलाई २–० गोलले हराउँदै अल नासर फाइनलमा पुगेको हो ।

अल नासरका लागि खेलको ८ औं मिनेटमा एहन अहमद र खेलको ५७ औँ मिनेटमा पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोले गोल गरे । यो गोलसँगै रोनाल्डो लगातार २३ सिजनमा कम्तीमा एक गोल गर्ने पहिलो खेलाडी बनेका छन् । अल नासरका मार्सेलो ब्रोजोभिच खेलको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । अब अल नासरले उपाधिका लागि फाइनलमा अल हिलालसँग खेल्नेछ ।

अल हिलालले अल एहेलीलाई ट्राइब्रेकरमा ४–१ गोलले हराउँदै फाइनलमा पुगेको थियो । फाइनल खेल पर्सि शनिवार हुनेछ । यसैबीच स्पानिस ला लिगाको नयाँ सिजन २०२४–२५ आज देखिबाट हुँदैछ । सिजनको पहिलो खेलमा एथ्लेटिक विल्वाओ र गेटाफे आमनेसामने हुँदैछन् । यो खेल एथ्लेटिक क्लबको मैदान सान माम्स बारियामा नेपाली समय अनुसार राति १०ः४५ बजे सुरु हुनेछ ।

दुवै टोली जितबाट नयाँ सिजनको सुरुआत गर्ने लक्ष्यमा छन् । २० टोली सहभागी लिगमा साविक विजेता रियल मड्रिड उपाधि रक्षा गर्ने अभियानमा हुनेछ । रियललाई बार्सिलोना र छिमेकी एट्लेटिको मड्रिडले चुनौती दिनेछ । लेगानेस, भाल्लाडोलिड र स्पानयोल दोस्रो श्रेणीबाट बढुवा हुँदै यस सिजन ला लिगा खेल्दैछन् । अघिल्लो सिजन ला लिगा खेलेका अल्मेरिया, ग्रानाडा र क्याडिज भने रेलिगेसनमा परेका थिए ।

Tags: #एमबाप्पेको ‘डेब्यु#रियाललाई उपाधि#स्पानिस ला लिगा

लोकप्रीय

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

शुक्रबार भदौ ६ , २०८२
नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२

विचार

थप समाचार

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ
ताजा समाचार

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

शुक्रबार भदौ ६ , २०८२
नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?
अन्तर्राष्ट्रिय

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग
अपराध

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२
सिन्धुपाल्चोक भूकम्प : कहाँ–कहाँ भयो क्षति ? २३ परकम्प
अन्तर्राष्ट्रिय

पूरा अन्टार्कटिका क्षेत्रमा सुनामीको चेतावनी

शुक्रबार भदौ ६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: स्कुलमा कार ब*म आ*क्र*मण,महासागरमा आयो इरानी सेना || Nepal Times

World News: स्कुलमा कार ब*म आ*क्र*मण,महासागरमा आयो इरानी सेना || Nepal Times

00:22:52

World News: संविधान संसोधन विधेयकले भारतमा हं*गा*मा, वि*द्रो*हीद्वारा १४० सर्वसाधारणको ह*त्या

00:20:28

World News: भारतले ९७ लडाकु विमान किन्दै, लिपुलेकबाट चीनसंग फेरि व्यापार शुरु गर्ने || Nepal Times

00:20:36

World News: चिनियाँ विदेशमन्त्री भारतमा, मुम्बई डुब्यो, बोलिभियामा ढल्यो समाजवादी किल्ला||NepalTimes

00:14:58

World News: पाकिस्तानमा बाढीको महाविनाश, २०३६ अघि रुस शुक्रमा पुग्ने || Nepal Times

00:14:14

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

बुधबार भदौ ४ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२

हालका पोस्टहरू

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

शुक्रबार भदौ ६ , २०८२
नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.