NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Empresário compra da Arena e Grêmio avança para gestão total do estádio शुक्रबार पुस ११ , २०८२
Osvojite 20 000.000 RSD i 200 FS शुक्रबार पुस ११ , २०८२
Estrela Bet Entrar: Como Fazer Login na Conta e Começar a Apostar शुक्रबार पुस ११ , २०८२
Jogos E Apostas Online Em Um Só Lugar शुक्रबार पुस ११ , २०८२
10 Daftar Link Slot Gacor Nuke Gaming Cendanabet शुक्रबार पुस ११ , २०८२
Next
Prev

समाचार

नेपालका नेताको एउटा उदाहरणीय काम

बिहिबार साउन ३१ , २०८१
Reading Time: 1 min read
A A
नेपालका नेताको एउटा उदाहरणीय काम
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

 ३१ साउन , काठमाण्डौ।

बुधवार प्रतिनिधि सभाबाट टीआरसी (संक्रमणकालीन न्याय सम्बन्धि) विधेयक पारित भएसँगै के सत्तारुढ के प्रतिपक्ष सबै दलका सांसदहरुले यसको मुक्तकण्ठले प्रशंसा गरेका छन् । शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन अन्तराष्ट्रिय जगतका लागि समेत अन्तिम कानूनी कवचका रुपमा रहेको टीआरसी विधेयक पास भएपछि सबैले खुशी ब्यक्त गरेका छन् ।

कसैले नेपालको शान्ति प्रक्रियाको काम विश्वमै उच्चकोटीको रहेको टिप्पणी गरेका छन् भने केहीले नेपालको शान्ति प्रक्रियाको काम विश्वले नै सिक्नु पर्ने एक उदाहरण बनेको बताएका छन् । नेपालका नेता सदैव आलोचनाको केन्द्रमा रहदै आएपनि शान्ति पक्रिया टुंग्याउने सवालमा विश्वकै शान्ति प्रक्रियाका लागि अघि बढाउने उच्च स्तरको अनुकरणीय दस्तावेजको रुपमा टीआरसी विधेयक आएको भन्दै नेताहरुले लिएको सुझबुझपूर्ण निर्णयप्रति धेरैले खुलेर प्रशंसा गरेका छन् ।

एक सिक्काका दुई पाटा भनेझै विधेयक सदनबाट बहुमतले पारित भएपनि केही सांसदले भने नेपालको शान्ति प्रक्रियालाई धोका दिइएको टिप्पणी गरेका छन् । उनीहरुले जनयुद्धका राजनीतिक मुद्दालाई हत्या गरेर शान्ति प्रक्रिया पूरा नहुने बताएका छन् । सङ्क्रणकालीन न्याय प्रक्रिया विश्वकै नमुना र नेपालको मौलिक प्रक्रियामा टुङ्गोमा पु¥याउने दाबी शीर्ष नेताहरूले गरेका छन् । उनीहरूले गरेको प्रतिबद्धता पूरा हुन अब ४ वर्ष कुर्नैपर्ने हुन्छ ।

हालसम्म विश्वका करिब ४० भन्दा धेरै देशमा यस्ता आयोग गठन भएका छन् । जहाँ केही सफल भएका छन् भने धेरै असफल भएका छन् । पेरु, अर्जेन्टिना, चेक गणतन्त्र, युगान्डा लगायत देशमा यस्ता संयन्त्रका काम सन्तोषजनक नभएको देखिन्छ । दक्षिण अफ्रिका र कोम्बोडियाको उदाहरण सबैभन्दा सफल भनिए पनि हालसम्म त्यहाँका पीडित न्यायकै लागि संघर्षरत छन् ।

अफ्रिकामा रंगभेदी शासन अन्त्यपछि नेल्सन मन्डेलाको अग्रसरतामा स्थापित सत्यनिरुपण आयोग केही सफल भएको मानिन्छ । उक्त आयोगमा दक्षिण अफ्रिकाको रंगभेदविरोधी युद्धक्रममा भएका मानवअधिकार उल्लङ्घनका १४ हजार घटना दर्ता भएका थिए । आयोगले ती घटना अनुसन्धान गरी विभिन्न सशस्त्र समूहमा संलग्न ८ सय जनामाथि कानुनी कारबाही सिफारिस गरेको थियो ।

आयोगसमक्ष माफी माग्नेको संख्या ६ हजार २४१ भए पनि १ हजार १६७ ले पूर्ण र १४५ ले आंशिक माफी पाएका थिए । उता कोलम्बिया सरकार र वामपन्थी फार्क विद्रोहीबिच सन् २०१६ मा ऐतिहासिक शान्ति सम्झौता भएको थियो । शान्ति सम्झौतापछि कोलम्बियामा ५२ वर्षदेखिको गृहयुद्ध समाप्त भएको थियो ।

कोलम्बियामा ५२ वर्षसम्म चलेको गृहयुद्धका क्रममा साढे २ लाख मानिसको मृत्यु भयो भने ६० लाखभन्दा बढी मानिस विस्थापित भएका थिए यही शान्ति सम्झौता गराएको भन्दै कोलम्बियाका राष्ट्रपति ज्वान म्यानवेल सान्तोसलाई नोवेल शान्ति पुरस्कार दिइएको थियो । नेपालमा पनि पूर्व राजा ज्ञानेन्द्र शाहले शान्ति प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले दलहरुले उनको नाम नोबेल शान्तिका लागि सिफारिस गर्न सुझाएका छन् ।

तत्कालीन अवस्थामा वीस्तृत शान्ति सम्झौता हुँदा भने तत्कालीन प्रधानमन्त्री गिरीजाप्रसाद कोइराला र प्रचण्डको नाम नोबेल शान्तिका लागि सिफारिस गर्ने वहस भएको थियो । तर कसैको नामपनि नेपाल सरकारले सिफारिस गरेको थिएन । कोलम्बियामा भएको सम्झौतामा द्वन्द्वकालमा गरिएका अपराधहरूमा मुद्दा चलाउन विशेष अदालतहरू गठन गरिएको थियो ।

दुई चुनावहरूमा कोलम्बियाको संसदमा फार्क विद्रोहीहरूलाई दश÷दश स्थान दिने लगायतका प्रावधान राखिएको थियो । शान्ति प्रक्रिया असफल भएका देशहरुमा भने श्रीलंकासहित रुवान्डा, पाराग्वे, दक्षिण अफ्रिका, अर्जेन्टिना, बोलिभिया, उरुग्वे, जिम्बावे, चिली, चाँद, ग्वाटेमाला, हाइटी, फिलिपिन्स, सियरालियोन, युगान्डा, ब्राजिल, पूर्वी टिमोर, इथियोपिया, होन्डुरस लगायत देशहरु रहेका छन् ।

यी देशहरुमा कतिपय मुद्धा अन्तराष्ट्रिय अदालत हेगमा पुगेका छन् भने कतिपय देशमा भएका सम्झौता कार्यान्वयनमा आनाकानी गरिएका छन् । धेरै देशले आममाफी भन्दा कारबाहीमा जोड दिएपछि असफल भएका उदाहरण रहेका छन् । अब नेपालमा प्रतिनिधि सभाबाट टीआरसी विधेयक पारित भएको छ । तर यो प्रक्रिया अन्तर्गत अझै धेरै काम गर्न बाँकी छ । भर्खर दलहरू ऐन संशोधन गर्न तयार भएका हुन् भने आयोगका पदाधिकारी नियुक्ति, उजुरीमाथि छानबिन, अदालत गठन र मुद्दा चलाउने कुरा बाँकी नै छन् ।

यी अझै पेचिलो हुनसक्ने अवस्था देखिन्छ । २०५१ साल फागुन १ गतेदेखि २०६३ साल मंसिर ५ गतेसम्म राज्य पक्ष र तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बिच भएको सशस्त्र द्वन्द्वको क्रममा मानव अधिकारको गम्भीर उल्लङ्घन तथा मानवताविरुद्धको अपराधमा संलग्न व्यक्तिहरूको सत्य अन्वेषण गर्न र समाजमा मेलमिलापको वातावरण निर्माण गर्न दुई आयोग गठन गर्ने ऐनमा उल्लेख छ । नेपालमा सशस्त्र युद्धपछि विस्तृत शान्ति सम्झौता भएको १८ वर्ष पुगिसकेको छ ।

Tags: #उदाहरणीय काम#टीआरसी#शान्ति प्रक्रिया#संक्रमणकालीन न्याय सम्बन्धि विधेयक

लोकप्रीय

Empresário compra da Arena e Grêmio avança para gestão total do estádio

शुक्रबार पुस ११ , २०८२

Osvojite 20 000.000 RSD i 200 FS

शुक्रबार पुस ११ , २०८२

Estrela Bet Entrar: Como Fazer Login na Conta e Começar a Apostar

शुक्रबार पुस ११ , २०८२

विचार

Empresário compra da Arena e Grêmio avança para gestão total do estádio

शुक्रबार पुस ११ , २०८२

Osvojite 20 000.000 RSD i 200 FS

शुक्रबार पुस ११ , २०८२

Estrela Bet Entrar: Como Fazer Login na Conta e Começar a Apostar

शुक्रबार पुस ११ , २०८२

थप समाचार

Arena Total Apostas

Empresário compra da Arena e Grêmio avança para gestão total do estádio

शुक्रबार पुस ११ , २०८२
MaxBet

Osvojite 20 000.000 RSD i 200 FS

शुक्रबार पुस ११ , २०८२
EstrelaBet

Estrela Bet Entrar: Como Fazer Login na Conta e Começar a Apostar

शुक्रबार पुस ११ , २०८२
Esporte Net

Jogos E Apostas Online Em Um Só Lugar

शुक्रबार पुस ११ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

00:16:18

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

00:24:45

अमेरिकामा ३० भारतीय पक्राउ, टर्कीएमा लिबियाका सेना प्रमुखको मृत्यु || Nepal Times

00:19:34

जर्मनीको आकाशभर शं कास्पद ड्रोन, नयाँ यु द्धपोत निर्माण गर्ने ट्रम्पको घोषणा|| Nepal Times

00:27:15

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२

हालका पोस्टहरू

Empresário compra da Arena e Grêmio avança para gestão total do estádio

शुक्रबार पुस ११ , २०८२

Osvojite 20 000.000 RSD i 200 FS

शुक्रबार पुस ११ , २०८२

Estrela Bet Entrar: Como Fazer Login na Conta e Começar a Apostar

शुक्रबार पुस ११ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.