×

NEPAL TIMES UPDATES

Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026
Playing
हिजबुल्लाहले पायो रुसी हति यार, Israelले रोक्न नसक्ने, फेरि खत रनाक खेल || Nepal Times
May 04, 2026
Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026
Playing
आज कोशीसम्मै वर्षा, हुरीबतास र चट्याङबाट बच्नु, बीपी राजमार्ग बन्द|| Nepal Times
May 04, 2026
Playing
Cambodia मा कठोर कानुन लागूः ५ लाख डलर जरिबाना र आ जीवन कैद || Nepal Times
May 04, 2026
Playing
बालेन सरकारले भारतसँग मल किन्ने, तर भारतले नै थापेको छ अड्को|| Nepal Times
May 04, 2026

हिलाम्य रंगशालाले धुर्मुस–सुन्तलीलाई सम्झायो, कता हराए त उनीहरू ?

३२ श्रावण २०८१

३२ साउन, विराटनगर ।

कलाकारिता क्षेत्रबाट समाजमा छुट्टै पहिचान बनाएका कलाकार हुन्, धुर्मुस–सुन्तली । हास्य कलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरेको यो, धुर्मुस–सुन्तलीको जोडीले टेलिश्रृंखला ‘मेरी बास्सै’ बाट नामसँगै राम्रो आय–आर्जन गरे ।

Advertisement
Advertisement

करिब २० वर्षअघिको सो हास्य टेलिसिरियलबाट चर्चा कमाएका उनीहरू फिल्म, म्युजिक भिडियो, विज्ञापन लगायतमा कलाकारितामै जमिरहेका थिए । २०७२ सालको विनाशकारी भूकम्प अगाडिसम्म धुर्मुस–सुन्तलीको जोडी अभिनय वा मनोरञ्जनभन्दा बाहिर थिएन ।

जतिबेला उनीहरूको सक्रियता कलाकारितातिर थियो, त्यसबेलासम्म स्याबासीका पात्र थिए । भूकम्पपछि उनीहरूले कलाकारितासँगसँगै समाज सेवा रोजे । चन्दा संकलन गरेर भूकम्पका कारण क्षतिग्रस्त घर बनाउन उनीहरूले कम्मर कसे ।

यसका लागि धुर्मुस–सुन्तली फाउन्डेसन नामक संस्था दर्ता गरेर उनीहरूले विभिन्न स्थानमा नमुना बस्ती निर्माण गरे । बाढी प्रभावितको उद्दारमा खटे, राहत बाँडे । त्यसबेलासम्म पनि उनीहरूलाई देश–विदेशबाट सुभेच्छा, धन्यवादसँगै चन्दा पनि आउँथ्यो ।

तर, वीर अस्पताल सरसफाइ अभियानमा उनीहरूमाथि केही प्रश्नहरू उठे । त्यसलाई चित्तबुझ्नेगरी समाधान गरेर उनीहरू गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका काममा जुटे । यसबाट उनीहरूले सुरुवातका दिनमा नसोचेको साथ सहयोग र स्यावासी पाए ।

तर, जसै काम अघि बढ्दै जाँदा उनीहरूले सोचेअनुसारको साथ सहयोग जुट्न छाड्यो । अनि काम अलपत्र पारेर उनीहरू बाहिरिए । त्यसयता उनीहरू न कलाकारिता क्षेत्रका हुन पाए न समाज सेवातिरका ।

कलाकारितामा ‘कमब्याक’ गर्नेगरी निरन्तर स्टेज कार्यक्रम गरिरहे पनि उनलाई रंगशाला निर्माणका खातिर आफूले जुटाएको खर्चको राफसाफ गर्ने ठूलो चुनौती छ ।

अहिले उनीहरूको प्रसंग काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फुटबलको चर्चाले उठाएको छ । मंगलबार भुटानी क्लब पारो एफसी र नेपालको ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइजबीच खेलको चर्चा सकारात्मकभन्दा धेरै नकारात्मक थियो ।

कारण थियो रंगशालाको अवस्था ।अविश्व चर्चित मिडफिल्डर केइसुके होन्डासहितको पारो एफसीले दशरथ रंगशालाको मैदान हेरेर अपमानजनक टिप्पणी गरे । टिप्पणी पनि किन नगरुन्, पारो र चर्च ब्वाइजका खेलाडीहरू फुटबल खेलाडी जस्तो नभएर धानखेतमा काम गरिरहेका बाउसेजस्ता देखिन्थे ।

यो दृश्य हेर्नेहरू नेपालमा रंगशाला नभएको अभावमा सरकार र सरोकारवालाहरूमाथि आक्रोश पोखिरहेका थिए । रंगशालाको अवस्था यस्तो छ कि आइतबारदेखि सुरु हुने साफ अन्डर २०को खेल पनि दरशरथ रंगशालाबाट एन्फा कम्प्लेक्समा सारिएको छ ।

नेपालमा गतिलो रंगशालाको अभाव खड्किनु, अनि धुर्मुस–सुन्तलीलाई नसम्झिनु । त्यो त हुनै सक्तैन । धानखेतजस्तो दशरथ रंगशालामा अन्तर्राष्ट्रियस्तरको ‘गेम’ भइरहँदा धेरैले धुर्मुस–सुन्तलीलाई सम्झिए । कसैले सकारात्मक दृष्टिकोणले त कसैले नकारात्मक ।

सामाजिक सञ्जालमार्फत् धेरैले भिन्नाभिन्नै दृष्टिकोणबाट उनीहरूलाई सम्झिए । केहीले धुर्मुस–सुन्तलीले चितवनमा निर्माणाधीन रंगशालालाई पूर्णता दिन सकेको भए आज यो दिन देख्न पर्थेन होला ! सम्म भने । केहीले भने दशरथ रंगशालाको स्तरोन्नति गर्न पनि धुर्मुस–सुन्तली फाउन्डेसनलाई नै दिनुपर्ने भन्दै मजाक उडाए ।

सायदः यसै चिन्ता, चासो र चर्चाले गर्दा हो कि युरोप भ्रमणमा रहेकी सुन्तलीले आफ्नो पोस्टमा कमेन्ट गर्न नमिल्ने बनाइन् । बिहीबार बिहानको पोस्टमा पनि रंगशालाकै विषयलाई लिएर प्रतिक्रियाहरू आउन थालेपछि कुञ्जनाले ‘कमेन्ट अफ’ गरेको हुनसक्छ ।

धुर्मुस–सुन्तली दुवै जना कलाकारितामा फर्किने योजना बुन्दै युरोपको भ्रमणमा छन् । पछिल्लो एक वर्षयता स्टेज कार्यक्रम गर्न थालेका धुर्मुस र सुन्तलीले एक महिनाअघि मात्र ‘हंगामा’ बोलको म्युजिक भिडियोमार्फत् पर्दामा पुनरागमन गरिसकेका छन् ।

Advertisement

अब, टेलिसिरियल, फिल्ममा पनि फर्किएर पहिलेजस्तै दर्शकको साथ पाउने उनीहरूको धोको छ । यसलाई दर्शकले कसरी लिन्छन् त्यो भने हेर्न बाँकी नै छ ।

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top